Skip to main content

Posts

Showing posts with the label Amol

चौथो दिन बिहान मेरो आँखा खुल्दा साथीहरु हल्ला गरिरहेका थिए। हल्ला किन भएको रहेछ भनेर बाहिर निक्लदा लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु होटल अगाडि नै हाँसिरहेको देखेँ। हिमाललाई आफ्नो त्यति नजिक मैले पहिला कहिलेपनि देखेको थिइन। जता हेर्यो त्यतै लोभलाग्दो रमाईलो। समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा जस्तै रहेछ। पर्यटनलाई नेपालको आर्थिक विकाशको मेरुदण्ड बनाउन सकिन्छ भन्ने त सुनेको थिएँ तर किन भनेका रहेछन भन्ने कुरा मलाई घान्द्रुक पदयात्राले प्रष्टसँग बुझाइदियो। घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमाल !      फोटो: प्रेम शेर्पा आज घान्द्रुकबाट पोखरा पुग्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार हामीले विहानको खाजा, नास्ता खाएर करिब ११:३० बजेतिर घान्द्रुक घुम्दै नयाँपुल जाने यात्रा प्रारम्भ गर्यौं। भाङ्ग्रा लगाएका गरुङ्गहरु कमै देखिए घान्द्रुकमा। पदयात्राको अन्तिम दिन थियो आज। बाटामा पर्ने गुरुङ्ग संग्राहलय र विभिन्न किसिमका पुराना घरहरु हेर्दै हामी ओरालो झर्न थाल्यौं नयाँपुलतिर...

तेस्रो दिन विहानको ४:०० बजे लगाइएको समय सुचक आवाजले ब्युँझाउनु भन्दा तीन धण्टा अगाडीनै मेरो निर्दा खल्बलि सकेको थियो। रातभरी जाडो, गर्मी दुवै भइरह्यो; कहिले सिरक कम भएर त कहिले धेरै भएर। मलाई घोरेपानीमा बसेको ठाँउ अझै राम्रो लागेको थिएन। जेहेन-तेहेन ४: ५० मा म र शेखर भएर अरु साथीहरुलाई पछाडी नै छाडी सूर्योदय छुट्ला भन्ने डरले पुनहिल तिर हिडिहाल्यौ। विशेष गरेर मलाई र शेखरलाई सूर्योदय कुनैपनि हालतमा छुटाउन मन थिएन। त्यसैले अलि अल्छी गरिरहेका साथीहरुलाई छाड्नु पर्यो। रात पुरै नसकिएकाले उज्जयालो भइसकेको थिएन। हामीसँग बाटोमा चाहिने वा भनौ अध्यारोमा चाहिने बत्ति केहीपनि थिएन। तर हाम्रो यात्रा जुनको प्रकाशले सजिलो बनाइदियो। घोरेपानिमा तेसैत जाडो बढी हुने अझ तेसमापनि हामी हिमालतिरै लम्किरहेकाले होला जाडो एकदमै बढी भइरहेको थियो। जाडोले मेरा दाँतहरु बजिरहेका थिए। केही समयको उकालो चढाइपछि भने जाडो कम हुन थाल्यो, जीऊ तातेकाले। अलिमाथि पुगेपछि मानिसका हुलहरु सलबलाएको देखिन थाल्यो। सबै उकालो चढीरहेका थिए। हामी लम्किरहेको दिशाको ठ्याक्क पछाडी आकाशमा लाली लाग्न सुरु भइसकेको थियो। लाली बढ्दै जाँदा मल...

दोस्रो दिन विहान खाजा खाएर सबै जाना घोरेपानि यात्राको लागी तयार हुँदा ८:०० बजिसकेको थियो। होटलमा आफूले खाएको र सुतेको पैसा तिरियो। पोखरामा २००० रुपैयाँ खर्च भएको थियो। तिखेढुङ्गामा रु.२०० मात्र खर्च भयो। खर्च भएको पैसाको भिन्नता देख्दा हासो लाग्यो। सबै प्रकारले सर्वसुलभ पोखरा र नयाँपुलबाट एकदिनको खच्चर ढुवानीबाट सामान ल्याउनु पर्ने तिखेढुङ्गा। अच्चमको भिन्नता। तिखेढुङ्गाबाट घोरेपानी ६ घण्टाको ठाडो उकालो हो भन्ने थाहा थियो मलाई। समुन्द्र सतहबाट १५४० मिटर उचाईमा रहेको तिखेढुङ्गाबाट २७५० मिटरमा रहेको घोरेपानि पुग्दै थियौं हामी। उकालो जति भएपनि घोरेपानि हाम्रो गन्तब्य भएकाले हामी उकालो चढ्न तर्फ लाग्यौं। ढुङ्गा छापेर बनाइएको सिंडी जस्तो बाटोभरि सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरको मलमूत्र देखिन्थ्यो। कहिले काहिँ उकालो चढ्दै गर्दा ओरालो झरिरहेका खच्चरलाई बाटो छोड्दा ‘जनावर’को बाटो नछेक्नुनै उत्तम हो भन्ने पाठ सिकियो। उकालो ठाडो थियो। अगाडी बढ्न निकै गाह्रो भइरहेको थियो। मलाई बल्ल आफूले भारि झोला बोकिएछ भन्ने भान भयो। झोलालाई कर्तब्य ठानि बोकेर हिडिरहें म। कहिं थकाई मार्थे, कहिँ पान...

पहिलो दिन आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ। बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा...

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई...