Skip to main content

Posts

Showing posts from October, 2017

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम