आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोको नयाँ एप


आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ ।

आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ ।

हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ ।


हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रोइड एपका प्रयोगकर्ता बढेसँगै, आइफोन एपमा खासै नयाँ अपडेट आएको थिएन । गतवर्ष एन्ड्रोइडका लागि नयाँ एप सार्वजनिक गरेपछि भने हाम्रो पात्रो टिम आइफोन एपमा दत्तचित्त भएर लागेको थियो । शंकर उप्रेतीका अनुसार, नयाँ आइफोन एपमा, लगभग जिरो लेभल देखि नै सबै कोड नयाँ लेखिएको छ, पहिलेको एपमा प्रयोग भएको कोड अप्टिमाइज नभएका कारण, स्लो हुने समस्या थियो ।

हाम्रो पात्रोको नयाँ एप, आइफोनका साथै आइप्याड र एप्पल वाचमा पनि उपलब्ध छ । आइफोनमा झैँ, अब आइप्याडमा पनि हाम्रो पात्रोको नयाँ एप चलाउन सकिन्छ भने एप्पल वाचमा पात्रोको साथ साथै समाचार पढ्न/हेर्न सकिन्छ, रेडियो पनि घडीबाटै कन्ट्रोल गर्न सकिन्छ ।


२०१६ मा हाम्रो पात्रोले हाम्रो न्युज म्यागेजिन, लुडो, भाइबर च्याटवोट र पडकास्ट गरि चारवटा प्रडक्ट ल्याएको थियो । करिब ७० लाख प्रयोगकर्ताले हाम्रो पात्रो सहित विभिन्न एप्स/सर्भिसहरु चलाउँछन् ।

आइफोनको लागि हाम्रो नेपाली किबोर्ड
एन्ड्रोइडमा १० लाख भन्दा बढि पटक डाउनलोड गरिएको हाम्रो नेपाली किबोर्ड अब आइफोनमा पनि आउने भएको छ। हाम्रो पात्रोको अनुसार अबको ५-६ महिनामा आइफोन प्रयोगकर्ताहरुले हाम्रो पात्रोको नेपाली किबोर्ड प्रयोग गर्न सक्नेछन् । आइफोनका लागि हाम्रो नेपाली किबोर्ड सर्वाधिक माग गरिएको किबोर्ड हो ।

हाम्रो पात्रोको आइफोन एप
हाम्रो पात्रोको एन्ड्रोइड एप

0 प्रतिक्रिया :

Post a Comment