हाम्रो पात्रोमा तिहार विशेष ई-कार्ड


नेपाली ईन्टरनेट प्रयोगकर्ताहरुका आवश्यकता र चाहना बमोजिम स्मार्ट तथा जीवनउपयोगी सुविधाहरु निरन्तर थप्दै गएको हाम्रोपात्रोले तिहारको अवसरमा नयाँ र्इ-कार्डहरु सार्वजनिक गरेको छ । हाम्रोपात्रोको मोबाइल एप्स तथा वेबसाइट मार्फत विभिन्न सात भाषामा तिहारको शुभकामना ई-कार्डहरु बनाएर आफ्ना साथीभाइ, आफन्तलाई अाफ्नो फोटोसहित अनलाइनमा सेयर गर्न सकिन्छ ।

ई-कार्ड कसरी बनाउने?
हाम्रोपात्रो ई-कार्डमा आफ्नो फोटो राखेर शेयर गर्नको लागि हाम्रोपात्रो वेबसाइट तथा एप्समा पहिले फेसबुकबाट लगइन गर्नुपर्छ । फेसबुक मार्फत लगइन गरिसकेपछि, वेबसाइट वा एप्समा भएका मन परेको कार्ड छान्नुपर्छ । अाफूलार्इ मनपरेको शुभकामना सन्देश सहितको कार्ड छनाैट गरे पश्चात् प्रयोगकर्ताको फेसबुकमा भएको प्रोफाइल तस्बिर उक्त कार्डमा बस्नेछ र तत्कालै फेसबुकमा सेयर गर्न सकिनेछ।





यमपञ्चकको विशेष पाँचदिने दैनिकीसहितको गतिविधि सुहाउँदो ईकार्डसहरु पहिलो चरणमा नेपाली, नेवाः, भोजपुरी, मैथिली, पश्चिमी थारू, तामाङ र अंग्रेजी भाषामा उपलब्ध छन् । तपाई यी भाषा बाहेक अन्य कुनै भाषामा ई-कार्डहरु चाहनुहुन्छ भने 'हाम्रोपात्रो'को फेसबुकमा अथवा ईमेल मार्फत् जानकारी दिन वा सुझाव, प्रतिक्रिया लेखि पठाउन सक्नुहुनेछ ।


शुभ दिपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना ।

हाम्रो पात्रो ई-कार्ड (वेबसाइट)
हाम्रो पात्रो एप्स (एन्ड्रोइड)

0 प्रतिक्रिया :

Post a Comment