Skip to main content

Posts

Showing posts from April, 2016

गोरु किनबेच हुने बजार भएका कारण, सायद बरहथवा नाम रहन गएको होला । पूर्व-पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित बरहथवा बजार (हाल नगरपालिका) मा हप्ताको दुई दिन बजार लाग्छ। राजमार्गबाट जम्मा १२ किलोमिटर भएपनि, यो बाटो छिचोल्न गाडीमा लगभग ४५ मिनेट देखि १ घन्टासम्म लाग्छ। सम्भवत सर्लाही जिल्लामा सबैभन्दा धेरै कारोबार हुने ठाउँ बरहथवा हो, तर मैले थाहा पाएदेखि बरहथवाको रुप लगभग उस्तै छ । केही नयाँ घर बनेका छन्, गाविस नगरपालिकामा परिणत भएको छ, केही थान बोर्डहरुमा मधेस सरकार थपिएको छ तर बाँकी कुरामा खासै केही फेरबदल देखिएको छैन । सम्भवत: पहिलो पटक बस मैले यहीँ बरहथवामा नै देखेँ हुँला, चढेँ हुँला । बिहानै दूध बोक्ने टायरमा बसेर २ घन्टाको यात्रा पछि, बरहथवा पुगेर धेरै पटक बस चढिएको छ । बरहथवा वरिपरिको भू-भाग/वस्ती कृषीको लागि उर्वर मानिन्छ, अनाज बेच्ने देखि लिएर, दैनिक उपभोग्य वस्तु किन्ने/बेच्ने, गाइवस्तु किनबेच आदि सबैको लागि बरहथवा नै एकमात्र बजार हो। बरहथवा बजारमा दुईवटा चलचित्र हल पहिले देखि नै छन्, सायद पहिलो फिल्म पनि यहीँ हेरियो होला । पहिलो पटक फोन पनि यहीँ देखियो होला । प