४ सय रुपैँयामा स्मार्टफोन


भारतीय कम्पनी रिङ्गिङ बेल्सले करिब ४ सय नेपाली रुपैँया (२५१ आइसी) मूल्य पर्ने स्मार्टफोन "फ्रिडम २५१" सार्वजनिक गरेको छ। सुन्दा अपत्यारिलो लाग्ने यो खबर साँचो हो, रिङ्गिङ बेल्सले बिहिबार एक कार्यक्रमका बिच आफ्नो नयाँ स्मार्टफोन "फ्रिडम २५१" नयाँ दिल्लीमा सार्वजनिक गरेको हो ।

४ इन्चको डिस्प्ले (९६०x५६०) भएको फोनमा, १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ। १ जिबी र्याम र ८ जिबी इन्टरनल स्टोरेज रहेको फोनमा ३.२ मेगापिक्सलको क्यामेरा छ । फोनमा १४५० मिलिएम्पियर आओर ब्याट्रि राखिएको फोनमा, दुईवटा थ्रिजी सिम लाग्छ । साइटमा राखिएको विवरण र मुल्य अनुसार हेर्दा, यसलाई सस्तो र राम्रो स्मार्टफोन मान्न सकिन्छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टम ५.१ ललिपप रहेको फोनमा फेसबुक, ह्वाट्सएप, युट्युब लगायत भारतलाई लक्षित गरि बनाइएका एप्सहरु राखिएकाछन् । "फ्रिडम २५१" स्मार्टफोन शुक्रबार बिहान देखि अनलाइन बुकिङ गरेर भारतमा किन्न सकिन्छ। यसरी बुकिङ गरिएको फोन जुनसम्म'मा प्रयोगकर्ताको हातमा पुर्याउने कम्पनीको लक्ष्य रहेकोछ । भारत सरकारको 'मेक इन इन्डिया' कार्यक्रम अन्तर्गत यो फोन ल्याइएको समाचारहरुमा जनाइएको छ । उनीहरुले भने अनुसार, फोन प्रयोगकर्तासम्म पुग्छ पुग्दैन, फोनले बजार लिन्छ कि लिन्न भविष्यले बताउला तर अहिलेलाई चाँहि यही भिडियो हेरेर फोनबारे थप जानकारी लिऔँ ।

0 प्रतिक्रिया :

Post a Comment