माइक्रोसफ्टको पहिलो ल्यापटप - सर्फेस बुक सार्वजनिक

न्युयोर्कमा आयोजना गरिएको, "माइक्रोसफ्ट विन्डोज १० डिभाइसेज" कार्यक्रममा, माइक्रोसफ्टले "सर्फेस बुक" ल्यापटप सार्वजनिक गरेको छ । सर्फेस बुक'लाई माइक्रोसफ्ट आफैँले बनाएको पहिलो ल्यापटप भनेको छ।


१३.५ इन्च डिस्प्ले, ग्लास ट्रयाकप्याड, ब्याकलिट किबोर्ड आदि सहित आएको सर्फेस बुकलाई एप्पलको म्याकबुक प्रो, ल्यापटप सँग तुलना गरिएको छ । माइक्रोसफ्टका अनुसार, इन्टेलको नयाँ कोर प्रोसेसर, एनभिडियाको ग्राफिक्स सहित आएको सर्फेस बुक, अहिलेसम्मकै सबैभन्दा छिटो चल्ने (फास्टेस्ट) ल्यापटप हो । माइक्रोसफ्टले, सर्फेस बुक'को ब्याट्रि १२ घन्टा टिक्ने दावी गरेको छ । सर्फेसबुक ल्यापटपको मुल्य १५ सय डलर राखिएकोछ ।

हार्डवेयर र सफ्टवेयरको मामला'मा सँधै मजाक बनाइने, माइक्रोसफ्टले यस पटक भने सबैलाई चकित बनाइदिएकोछ । सर्फेस बुक, सर्फेस प्रो ४, सर्फेस पेन, नयाँ लुमिया फोन, डिस्प्ले डक, होलोलेन्स आदिको सार्वजनि गरिएसँगै माइक्रोसफ्टको चर्चा चुलिएकोछ ।

सर्फेस बुक'को भिडियो हेर्नुस् !


आकारपोष्ट एप् डाउनलोड गर्नुस्

0 प्रतिक्रिया :

Post a Comment