भारतीय दुतावासलाई ट्विटर मार्फत तेल दिने अभियान #DonateOilToIndianEmbassy

नेपालमा तराईको आन्दोलन कारण देखाउँदै, भारतले अघोषित नाकाबन्दी गरेका कारण, पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभाव भएको समयमा, भारतीय दुतावासले नेपाल आयल निगमसँग डिजल-पेट्रोल माग गरेको समाचार बाहिर आएपछि, नेपाली ट्विटर प्रयोगकर्ताहरुले ट्विटर मार्फत नै दुतावासलाई तेल दिने अभियान चलाएका थिए ।


भारतको अघोषित नाकाबन्दीको कारण, पेट्रोलियम पदार्थ नेपाल नभित्रिएको तर भारतीय दुतावासले तेलको माग गरेपछि, नेपाली ट्विटर प्रयोगकर्ताले व्यंग्यको रुपमा सुरु गरेको #DonateOilToIndianEmbassy ह्यासट्याग, बुधबार दिउँसो संसार भरि ट्रेन्ड भएको थियो । अतिथीलाई स्वागत सत्कार गर्ने प्रचलन भएको भन्दै, दुतावासले माग गरेपछि, हामीले तेल दिनुपर्छ भन्दै, ट्विटरमा भारतीय दुतावासलाई तेल दिन आग्रह गरिएको थियो । ट्विटरमा आग्रह गरिएको केही समयमै करिब २ सय युवाहरु स्वतस्फुर्त रुपमा भारतीय दुतावास अगाडी लैनचौरमा, प्लेकार्ड तथा पेट्रोल लिएर उपस्थित भएका थिए । #BackOffIndia लेखिएको प्लेकार्ड सहित भेला भएका युवाहरुले भारतको नाकाबन्दीको सांकेतिक विरोध गरेका थिए ।


यो ब्लग तयार गर्दासम्म, ट्विटरमा #DonateOilToIndianEmbassy लेखिएका ७० हजार भन्दा ट्विट गरिएको छ। नेपाली र अंग्रेजी भाषामा गरिएको ट्विटहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य केही भारतीय ट्विटर ह्यान्डलहरुलाई 'मेन्सन' गरिएकोछ । भारतको कारण, ट्विटरमा नेपालबाट ट्रेन्ड भएको यो तेस्रो पटक हो । भूकम्प पछि, भारतिय सञ्चार माध्यमका विरुद्ध #GoHomeIndianMedia र हप्ता दिन अघि मात्रै भारतको रवैया विरुद्ध #BackOffIndia ट्विटरमा ट्रेन्ड भएको थियो ।












आकारपोष्ट एप् डाउनलोड गर्नुस्

0 प्रतिक्रिया :

Post a Comment