Skip to main content

Posts

Showing posts from October, 2015

नेपालमा तराईको आन्दोलन कारण देखाउँदै, भारतले अघोषित नाकाबन्दी गरेका कारण, पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभाव भएको समयमा, भारतीय दुतावासले नेपाल आयल निगमसँग डिजल-पेट्रोल माग गरेको समाचार बाहिर आएपछि, नेपाली ट्विटर प्रयोगकर्ताहरुले ट्विटर मार्फत नै दुतावासलाई तेल दिने अभियान चलाएका थिए । भारतको अघोषित नाकाबन्दीको कारण, पेट्रोलियम पदार्थ नेपाल नभित्रिएको तर भारतीय दुतावासले तेलको माग गरेपछि, नेपाली ट्विटर प्रयोगकर्ताले व्यंग्यको रुपमा सुरु गरेको #DonateOilToIndianEmbassy ह्यासट्याग, बुधबार दिउँसो संसार भरि ट्रेन्ड भएको थियो । अतिथीलाई स्वागत सत्कार गर्ने प्रचलन भएको भन्दै, दुतावासले माग गरेपछि, हामीले तेल दिनुपर्छ भन्दै, ट्विटरमा भारतीय दुतावासलाई तेल दिन आग्रह गरिएको थियो । ट्विटरमा आग्रह गरिएको केही समयमै करिब २ सय युवाहरु स्वतस्फुर्त रुपमा भारतीय दुतावास अगाडी लैनचौरमा, प्लेकार्ड तथा पेट्रोल लिएर उपस्थित भएका थिए । #BackOffIndia लेखिएको प्लेकार्ड सहित भेला भएका युवाहरुले भारतको नाकाबन्दीको सांकेतिक विरोध गरेका थिए । यो ब्लग तयार गर्दासम्म, ट्विटरमा #

न्युयोर्कमा आयोजना गरिएको, "माइक्रोसफ्ट विन्डोज १० डिभाइसेज" कार्यक्रममा, माइक्रोसफ्टले "सर्फेस बुक" ल्यापटप सार्वजनिक गरेको छ । सर्फेस बुक'लाई माइक्रोसफ्ट आफैँले बनाएको पहिलो ल्यापटप भनेको छ। १३.५ इन्च डिस्प्ले, ग्लास ट्रयाकप्याड, ब्याकलिट किबोर्ड आदि सहित आएको सर्फेस बुकलाई एप्पलको म्याकबुक प्रो, ल्यापटप सँग तुलना गरिएको छ । माइक्रोसफ्टका अनुसार, इन्टेलको नयाँ कोर प्रोसेसर, एनभिडियाको ग्राफिक्स सहित आएको सर्फेस बुक, अहिलेसम्मकै सबैभन्दा छिटो चल्ने (फास्टेस्ट) ल्यापटप हो । माइक्रोसफ्टले, सर्फेस बुक'को ब्याट्रि १२ घन्टा टिक्ने दावी गरेको छ । सर्फेसबुक ल्यापटपको मुल्य १५ सय डलर राखिएकोछ । हार्डवेयर र सफ्टवेयरको मामला'मा सँधै मजाक बनाइने, माइक्रोसफ्टले यस पटक भने सबैलाई चकित बनाइदिएकोछ । सर्फेस बुक, सर्फेस प्रो ४, सर्फेस पेन, नयाँ लुमिया फोन, डिस्प्ले डक, होलोलेन्स आदिको सार्वजनि गरिएसँगै माइक्रोसफ्टको चर्चा चुलिएकोछ । सर्फेस बुक'को भिडियो हेर्नुस् ! ➤ आकारपोष्ट एप् डाउनलोड गर्नुस् ।