बिएस्सी सिएसआइटी प्रवेश परिक्षा'को तयारी मोबाइल एपबाट

विद्यार्थी जिवनमा 'परिक्षा' सँधैको हाँउगुजी हो । त्यो भन्दा नि ठूलो तनाव त प्रवेश परिक्षाले दिन्छ । एसएलसीबाट प्लसटु अनि प्लस'टु बाट ब्याच्‌लर'मा छलाङ हान्नुपर्ने बेला विद्यार्थी तनावमा देखिन्छन् । के पढ्ने, कति पढ्ने, कस्तो प्रश्न सोधिन्छन्, कताबाट सोधिन्छ, कसरी सोधिन्छ भनेर विद्यार्थीहरु (विशेषत आइटी/ईन्जिनियरिङ र मेडिकलका) तनावमा हुन्छन् ।


विद्यार्थीहरुले भोग्ने यस्तै समस्याहरुलाई सम्बोधन गर्न नेपाल सिएसआइटी एसोसियसन र अस्कल'का विद्यार्थीहरुले, बिएस्सी सिएसआइटी (BScCSIT) पढ्न तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरेर, प्रवेश परिक्षा तयारीको लागि मोबाइल एप निर्माण गरेको छ । अब ब्याच्‌लरमा आइटी पढ्न जुर्मुराए'का विद्यार्थीहरुलाई सिएसआइटी इन्ट्रान्स एपले सहयोग गर्नेछ ।

सिएसआइटी इन्ट्रान्स एपमा प्रवेश परिक्षा'को मोडल प्रश्नपत्रहरु तथा अघिल्लो वर्षका प्रश्नपत्रहरु राखिएको छ, जहाँबाट विद्यार्थीहरुले सजिलै ती परिक्षाहरुमा नि:शुल्क भाग लिन पाउँछन् । प्रश्नहरुको जवाफ दिँदै जान सकिन्छ, जवाफ दिइसकेपछि, आउने स्कोरको आधारमा तत्काल आफ्नो जवाफ सही भयो कि भएन भनेर थाहा पाउनसकिन्छ ।

एप्‌मा प्रश्नपत्रहरुको अलावा, स्कोर बोर्ड, सूचना तथा सिएसआइटी पढाई हुने कलेजहरुको सम्पर्क ठेगाना छ । स्कोर बोर्डमा, सबैभन्दा धेरै अंक ल्याउने १० जनाको नाम र नम्बर राखिएकोछ, जसबाट आफूले कति अभ्यास गरियो, कति अभ्यास गर्नुपर्ने रहेछ भनेर, विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना जगाउँछ । त्यस्तै सूचना तथा समाचार खण्डमा, सिएसआइटी सम्बन्धी गतिबिधीहरु, विभिन्न ठाउँमा हुनलागेका प्रवेश परिक्षा सम्बन्धी जानकारी राखिएकोछ।

विद्यार्थीहरुमाझ छलफल चलाउनको लागि, एप् भित्रै फोरमको पनि व्यवस्था गरिएकोछ । सिएसएस आइटीको फेसबुक पेजलाई नै 'स्मार्ट तरिकाले' फोरम'को रुपमा एपमा प्रयोग गरिएकोछ, अत: फोरम प्रयोग गर्नको लागि फेसबुक आवश्यक पर्छ ।

मटेरियल डिजाइनमा रहेको एप्‌मा फरक खण्डहरु जनाउ दिन भिन्न रंगहरुको प्रयोग गरिएकोछ । कतिपय 'म्याथमेटिकल' प्रश्न र उत्तरमा 'टेक्स्ट'को सट्टा 'फोटो'को प्रयोग गरिएकोछ, जसले प्रयोगकर्तालाई असहज महशूस गराउनसक्छ । पहिलो पटक एप् खोल्दा सुरुमै आफ्नो नाम, ईमेल राख्नुपर्ने हुन्छ, एप्‌को बारेमा केही थाहा नभइ साइनअप गर्नुपर्दा असहज लाग्छ। साइनअप गरिसकेपछि भने, एप्‌का फिचरहरु देखाइन्छ । मेरो विचारमा, सुरुमा एप्‌को फिचर देखाइसकेपछि, साइनअप गर्न लगाए, प्रयोगकर्तालाई सहज महसुस हुने थियो । फोरम र एप्‌को लागि फरक - फरक साइन अप गर्नुपर्छ, जुन नसुहाउँदो देखिन्छ ।

सिएसआइटी इन्ट्रान्स एप् गुगल प्लेस्टोरमा उपलब्ध छ । यसअघि नै IOE तथा IOM को प्रवेश परिक्षाको लागि मेरो एन्सर अनि लोकसेवा आयोगको परिक्षाको तयारीको लागि एप् आइसकेको छ।

आकारपोष्ट एप् डाउनलोड गर्नुस्

0 प्रतिक्रिया :

Post a Comment