ट्विटर डिएमको १४० क्यारेक्टर लिमिट हट्यो

ट्विटरको एउटा विशेषता, ट्विट तथा डिएम'मा १४० क्यारेक्टर मात्र लेख्न सकिनेथियो । तर आजबाट भने डिएम'मा १४० क्यारेक्टर भन्दा धेरै लेख्न सकिने भएको छ।

सन् २००६ मा सुरु भएको ट्विटर, एसएमएस'को फर्म्याट पच्छ्याउँदै ट्विट र म्यासेजमा १४० क्यारेक्टरको लिमिट राखिएको थियो, सुरुका दिनमा ट्विटरलाई वेबएप् भन्दा पनि मोबाइल एसएमएस'को रुपमा बुझिएको थियो, भन्नको मतलब ट्विटहरु एसएमएसबाट अपडेट गर्नमिल्थ्यो (अहिले नि मिल्छ), र वेबमा चाँहि फलो गरेिएका सबै साथीका अपडेटहरु/ट्विटहरु एकै ठाउँमा पढ्न मिल्थ्यो । समयसँगै ट्विटर वेबएप्‌को रुपमा विस्तार भयो, तर १४० को क्यारेक्टर लिमिट भने यथावत नै राखियो । (पढ्नुस् ट्विटरको ईतिहास - ह्याचिङ ट्विटर)

मेसेजिङ/च्याट एप्‌मा आएको बाढीसँगै, ट्विटरलाई नयाँ प्रयोगकर्ता ल्याउन र टिकाइराख्न ठूलो चुनौती थपिएकोछ । ट्विटरको १४० क्यारेक्टर लिमिट विशेषता भएपनि, डिएम'मा धेरै कुरा भन्न नपाउनु, दोहोरो सम्वाद/च्याट फररररर गर्न नपाउनु आदि समस्या रहेको थियो । म र साथीहरु ट्विटरमै छौँ भनेपनि केही लामो म्यासेज पठाउनुपर्यो वा च्याट गर्नुपर्यो भने, अरु एप् चलाउनुपर्ने बाध्यता थियो । च्याट एप्‌हरुले गरेको प्रगतिको अनुपातमा, ट्विटरले 'डिएम' (Direct Message) बाट लाभ लिन नसकेको/समयानुकुल सुधार नगरेको, प्राइभेट म्यासेजिङलाई वेवास्ता गरेको, वा भनौँ "माल पाएर पनि चाल नपाएको" आरोप लाग्दै आएको थियो । डिएम'मा लिमिटेसन भएको कुरा धेरै पहिले देखि नै उठ्दै आएको भएपनि, यो वर्ष देखि भने ट्विटरले अलि गम्भिर भएर सोचेको भान हुन्छ । ट्विटरले गत फ्रेबुअरीमा 'ग्रुप डिएम' तथा भिडियो ट्विटको सुविधा ल्याएको थियो ।


आजबाट भने, डिएमको १४० क्यारेक्टर लिमिट हटेको छ, अब अन्य च्याटिङ एप् जसरी नै ट्विटरको डिएम'बाट मनलागे जति कुरा गर्न सकिन्छ । वेब, एन्ड्रोइड, आइओस, ट्विटडेक लगायत सबै भर्सनको नयाँ ट्विटर एप्‌मा यो सुविधा आजैबाट उपलब्ध भएकोछ तर सबैले एक्कैचोटि भने यो सुविधा पाउँदैनन्, ट्विटरले बिस्तारै सबैलाई यो सुविधा उपलब्ध गराउने छ । एसएमएसबाट डिएम पठाउने/पाउने हकमा भने अझै १४० क्यारेक्टर लिमिट नै लागु हुन्छ ।

आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस्

0 प्रतिक्रिया :

Post a Comment