एन्ड्रोइड फोन कुन किन्ने? गुगल गर्नुस्

तपाई एन्ड्रोइड फोन किन्ने सोच्दैहुनुहुन्छ, तर तपाईलाई कुन फोन किन्ने थाहा छैन । बजारमा यति धेरै अप्सन् छन् कि, कहिलेकाँही कुन फोन लिँदा आफूले अधिकतम् फाइदा लिन सकिन्छ भनेर थाहा पाइँदैन । कसैलाई क्यामेराको आवश्यकता फोनले पुरा गरिदियोस् लाग्छ, त कसैलाई राम्रो म्युजिक सिस्टमको। कसैलाई धेरै स्टोरेज चाहिएको छ, त कसैलाई राम्रो प्रोेसेसर भएको फोन । कोही फेसबुक, ट्विटर, विच्याट, भाइबर आदिका लागि मोबाइल रोज्छन् त कोही गेमिङको लागि । नयाँ मोबाइल किन्ने बेला, यो किनौँ कि त्यो किनौँ भइन्छ, अनलाइनमा रिभ्युहरु पनि खोजिन्छ, अनि फोन किनिन्छ । हाम्रो यही फोन खोज्ने र रोज्ने तरिकालाई गुगल'ले सहज बनाउने कोशिस गरेको छ, एन्ड्रोइड साइटमार्फत । गुगल'ले केही हप्ता पहिलेबाट एन्ड्रोइडको साइटमा नयाँ पेज सञ्चालनमा ल्याएको छ, जसमा गएर आफ्नो आवश्यकता अनुसारको फोन छान्न सकिन्छ ।


एन्ड्रोइड साइटको यो पेजबाट फोन खोजिकार्य सुरु हुन्छ । तपाईलाई म्युजिक, क्यामेरा, सोसल मिडिया, वेब ब्राउजिङ आदि इत्यादी के के चाहिएको हो, छानिसकेपछि, गुगलले तपाईलाई तपाईको आवश्यकता अनुसारको फोनहरु देखाउँछ । सामसुङ, एचटिसी, एलजी, मोटोरोला लगायतका ठूला ब्रान्डका फोनहरु साइटमा उपलब्ध छन् ।


अन्तिम पेजमा फोन देखिइसकेपछि भने, मूल्य अनुसार फोन छान्न सकिने सुविधा पनि छ । साथै, उपलब्ध फोनहरुको बारेमा 'साइड बाइ साइड कम्पेरिजन' पनि गरिएको हुन्छ ।

Install Aakar Post from Google Play.

0 प्रतिक्रिया :

Post a Comment