गुगलप्लस फोटो बन्द हुने


गुगलप्लसको फोटो सर्भिस 'गुगलप्लस फोटो' गुगलले अगष्ट महिना देखि बन्द गर्ने भएको छ। नझुक्किनुहोला, गुगलले आफ्नो सोसल साइट गुगलप्लसको फोटो सर्भिस बन्द गर्न लागेको हो, गत मे देखि सञ्चालनमा आएको गुगल फोटो यथावत नै रहनेछ। गुगल फोटोमा अनलिमिटेड फोटो अपलोड गर्ने सुविधा छ।

गुगलप्लस फोटो र गुगल फोटोका कारण, प्रयोगकर्ताहरु झुक्किने तथा गुगलले आफ्नो इन्जिनियरिङ दुई तिर फोकस गर्नुपर्ने कारण देखाउँदै गुगलप्लस फोटो बन्द गर्न लागेको हो । गुगलप्लसको फोटो सर्भिस पहिलेबाट नै उत्कृष्ट थियो, त्यसै फोटो सर्भिसको आधारमा गुगल'ले गुगुल प्लस भन्दा बाहिर, गुगल फोटो भनेर छुट्टै फोटो सर्भिस गत मे'मा सुरु गरेको थियो । गुगल फोटोमा अनलिमिटेड फोटो राख्ने सुविधा त छ नै, त्यसबाहेक फोटो सर्च गर्ने सुविधा पनि छ। गुगलप्लस फोटो बन्द भनेर नआत्तिनुहोला, तपाईका फोटोहरु गुगल फोटोमा सुरक्षित रहनेछन् ।

Download Aakar Post Android App

0 प्रतिक्रिया :

Post a Comment