बुजाङ भ्यालीका मन्दिरहरु

तपाई अब दोस्रो देखि चौधौँ शताब्दीमा प्रवेश गर्दैहुनुहुन्छ भन्ने आशय लेखिएको स्वागतव्दारबाट भित्र प्रवेश गरियो । दोस्रो देखि चौधौँ शताब्दी भन्ने बित्तिकै मन यसै रोमाञ्चित भइसकेको थियो । पहाडको फेदीमा रहेको बुजाङ पुरातात्विक संग्राहलयको हातामा पुग्दा, सोचेको भन्दा बेग्लै समय र परिवेशमा पुगियो । शान्त, हरियाली, शताब्दीऔँ लामो ईतिहास बोकेको संग्राहलय लगभग खाली थियो, मान्छेको भिडभाड थिएन । तर त्यहाँ देखिएका र भेटिएका पुरातात्विक वस्तुहरुले भने एउटा अनौठो किसिमको तरङ्ग छाडिरहेको थियो।


मलेसियामा एक हप्ते लामो बसाइका क्रममा, जुनको अन्तिम साता बुजाङ भ्यालीमा रहेको पुरातात्विक संग्राहलय गइएको थियो । कम्बोडिया, थाइल्यान्ड लगायत देशमा पुराना हिन्दू मन्दिरहरु छन् भन्ने सुनेको थिँए, तर मलेसिया मुस्लिम देश भएका कारण मैले यस किसिमको संग्राहलयको आशा राखेको थिँइन । मैले हिन्दुहरुको बारेमा बखान गर्न खोजेको होइन, तर हिन्दु धर्मको प्रवाह धेरै पहिले देखि नै रहेको थाहा पाउँदा छक्क परियो, अनि छाती पनि ढक्क फूल्यो । दोस्रो शताब्दी देखि चौधौँ शताब्दीको बिचमा बनेका मन्दिरहरुका भग्नावशेष, त्यस समयमा प्रयोग हुने सामाग्रीहरु (ढुंगाको जाँतो आदि), ढुंगाका मुर्तीहरुलाई यस संग्राहलयमा संरक्षण गरेर राखिएको छ । प्राचिन सम्पदाहरुमा बुजाङ भ्याली धनी रहेछ, जहाँ हिन्दु धर्मका सयौँ वर्ष अगाडि बनेका मठमन्दिरका भग्नावशेषहरु यत्रतत्र छन् ।

मलाई बुजाङ भ्यालीको ईतिहास थाहा छैन, अत: बाँकी कुराहरु यता विकिपेडियामा हेर्नुहोला, मैले भने सम्झना स्वरुप केही फोटोहरु र भिडियो ल्याएको छु। मैले अहिलेलाई यत्ति भन्न चाहेँ, हामीले हाम्रो आफ्नो इतिहास भुल्नु हुँदैन ।





















Download Aakar Post Android App

0 प्रतिक्रिया :

Post a Comment