नेपाल पून:निर्माणका लागि ह्याक द क्वेक - आइडिया कम्पिटिसन #HackTheQuake

भूकम्प लगत्तै गर्नुपर्ने उद्दार, राहत वितरण आदि कामहरु सकिएकोछ । अब हामीलाई पुरानै स्थितिमा फर्कनको लागि, महाभूकम्प पछि सृजित समस्याहरुको दीर्घकालिन समाधान खोज्नुपर्ने बेला आएकोछ । केही हप्ता अघिसम्म सबैको ध्यान उद्दार र राहतमा केन्द्रित थियो, तर अब समस्यालाई कसरी अवसरको रुपमा लिने, कस्तो पून: निर्माण गर्ने भनेर सोच्ने बेला आएकोछ ।

इन्डोनेसियामा २००४ मा आएको सुनामी तथा हाइटीमा आएको विनाशकारी भूकम्प पछि ति देशहरु पून:निर्माण गर्न 'इनोभेटिभ' आइडिया कम्पिटिसिन गरिएकोथियो । सोही शैली पच्छ्याउँदै, नेपालमा पनि भूकम्पबाट सृजित समस्याहरुको पहिचान गरि, त्यसको दीर्घकालिन समाधान खोज्न, पूल्चोक इन्जिनियरिङ क्याम्पस अल्मुनाई तथा जानकी टेक्नोलोजीको अगुवाइमा 'ह्याक द क्वेक - आइडिया कम्पिटिसन' सुरु भएकोछ ।


शुद्ध खानेपानी, अस्थायी-स्थायी घर/आवास, सूचना, विद्युत, अत्यावश्यक स्वास्थ्योपचार सेवा आदि विभिन्न विषयमा कसरी दीर्घकालिन काम गर्न सकिन्छ भनेर आफ्ना 'आइडिया'हरु पेश गर्न सकिनेछ । उत्कृष्ट ३ आइडिया/योजनका प्रस्तावकलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

आइडिया भन्ने वित्तिकै एकदमै नयाँ हुनैपर्छ भन्ने हैन, पहिले देखि चलिआएका कुराहरुबाट नै वैज्ञानिक ढंगले दीर्घकालिन समाधान निकालौँ भन्ने 'ह्याक द क्वेक' को उदेश्य हो । जस्तो अहिले अस्थायी/स्थायी आवासका बारेमा दिनहुँ नयाँ आइडियाहरु देखिएकोछ, गाउँका घरहरुमा पहिले देखि नै प्रयोग हुँदै आएको बाँसलाई अहिले नयाँ आवासका लागि उत्तम विकल्पको रुपमा अघि सारिएकोछ । यस्ता धेरै किसिमका कुराहरु हामी बिचमै छन्, यी कुराहरुलाई नयाँ ढंगले कसरी प्रयोग गर्न सकिन्छ, कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा योजना/आइडियाहरुको अपेक्षा यसमा गरिएकोछ । यसबाट निस्किएका उत्कृष्ट आइडियाहरुलाई सरकार तथा अन्य निकायसँग मिलेर अघि बढाउने योजना रहेकोछ ।

तपाईसँग पनि कुनै आइडिया छ भने, १५ जुनसम्ममा, ह्याक द क्वेकमा रजिष्ट्रर गर्न सक्नुहुन्छ ।

0 प्रतिक्रिया :

Post a Comment