काठमाडौँमा घर मर्मत सेवा सहज बनाउँदै - होम रिपेयर एप


घरमा प्लम्बिङ, इलेक्ट्रिकल रिपेयरिङ, फर्निसिङ आदि गर्नुपर्दा, यो विषय सँधै टाउको दुखाइ हुन्छ। मर्मत सम्हार गर्ने मान्छे कहाँ, कता खोज्ने? यस्तै विविध घरायसी समस्याहरुलाई समाधन गर्न, घर मर्मत सेवा सजिलो, छिटो-छरितो र भरपर्दो बनाउन 'डोरस्टेप्स'को 'होम रिपेयर एप' आइपुगेकोछ । घरमा धारा, इन्भर्टर, टेबल - कुर्सी, झ्याल - ढोका आदि बिग्रियो भने के गर्ने भनेर अलमल पर्दै हुनुहुन्छ भने, अब ढुक्कसँगले  रिपेयर लेखेर २२०० मा एसएमएस (SMS REPAIR to 2200) पठाउनुस् ।

तपाईले फोन वा एसएमएस मार्फत रजिष्ट्रर गरेपछि, होम रिपेयर एपका एक्सपर्टले तपाईको घरमा आएर निशुल्क समस्याको जाँच गर्छन् । आफूले दिने सेवा भए, होम रिपेयर एपका एक्सपर्टले नै मर्मत सम्हार गरिदिन्छन्, आफ्नो भन्दा बाहिरको काम भए, अरुलाई रिकमेन्ड गरिदिन्छन् ।

होम रिपेयर एप, व्यक्ति/घर र अफिसको लागि गरि दुईवटा छुट्टाछुट्टै स्किममा उपलब्ध छ । होम रिपेयरले घरको लागि बार्षिक २,००० रुपैँयाको 'प्रिपेड' सर्भिस पनि सुरु गरेकोछ, जसमा वर्षभरिमा ३,००० रुपैयाँ बराबरको सेवा पाइने कम्पनीको दाबी छ । निरिक्षण निशुल्क गरिदिँदै आएको कम्पनीले, सेवालाई भने 'कम्प्लेक्सिटि र समय'को हिसाबले शुल्क लिने गरेकोछ।

गौरव घिमिरे, दिपिल साउद र अजनलाल श्रेष्ठले सुरु गरेको होम रिपेयर एपले हाललाई काठमाडौँ उपत्यका भरि सेवा दिँदै आएकोछ । कम्पनीमा प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर सहित आठजना कर्मचारी छन् ।  डोरस्टेप्सले छिट्टै नै एन्ड्रोइडका लागि 'होम रिपेयर एप' सार्वजनिक गर्दैछ ।


घरमा मर्मत गर्नुपर्यो? 01-5532225 वा 9801195400 फोन गर्नुस अथवा REPAIR टाइप गरेर 2200 मा SMS पठाउनुस् । थप जानकारीको लागि होम रिपेयर एपको वेवसाइट हेर्नुस् ।

तस्विर: होम रिपेयर एप
➤ आकारपोष्ट एन्ड्रोइए एप प्लेस्टोरमा उपलब्ध छ। 

0 प्रतिक्रिया :

Post a Comment