ह्यासट्यागको इतिहास [INFOGRAPHIC]


केही महिना अघि देखि नेपालीमा लेखिएका ह्यासट्याग पनि ट्विटरमा देखिन थालेकोछ । पहिले नम्बर/पाउन्ड सिम्बोल भनेर चिनिने # लाई ट्विटरमा प्रयोग गर्न थालेसँगै ह्यासट्याग भन्ने गरियो । ट्विटरमा एउटै विषयमा कुरा गर्दा # सिम्बोल सँगै उक्त विषय/शब्द लेखौँ भनेर गरिएको ट्विटबाट ट्विटर ह्यासट्यागको थालनी भएको थियो ।

ओपन सोर्स एडभोकेट्, क्रिस मेसिना (Chris Messina) ले सन् २००७ को अगस्टमा ट्विटर ह्यासट्यागको सुरुवात गरेकाथिए । न्युयोर्क टाइम्सका अनुसार क्रिसलाई 'ह्यासट्यागको गडफादर' (hash godfather) भन्ने गरिन्छ ।

ट्विटरमा ह्यासट्यागको सुरुवात सन् २००७ मा भएपनि, यसको व्यापक प्रयोग हुन भने केही समय लागेको थियो। ट्विटरको ह्यासट्यागको शैलीलाई इन्स्टाग्राम, गुगलप्लस, फेसबुक आदिले पनि अनुसरण गरिसकेकाछन् । ट्विटरमा चलाइने 'क्याम्पेन', 'ट्विट च्याट' आदिमा ह्यासट्यागको विशेष महत्व रहन्छ । जनमत बुझ्नका लागि पनि ह्यासट्याग महत्वपूर्ण माध्यम  हो । अघिल्लो हप्तामात्रै  डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै ट्विटरमा #IamwithDrKC भनेर दश हजार भन्दा धेरै ट्विट गरिएकोथियो ।

ट्विटर ह्यासट्यागको बारेमा यहाँ (ट्विटर ह्यासट्यागको रामकहानी) पहिले नै उल्लेख गरिसकेकोछु । यसब्लगमा चाँही ह्यासट्याग कहाँ, कसले, कसरी प्रयोग गरिरहेकाछन् भनेर अफरपपले बनाएको इन्फोग्राफिक राख्दैछु ।


पहिलो तस्विर: Mashable इन्फोग्राफिक: Offerpop
[आकारपोष्ट एन्ड्रोइड एप गुगल प्ले तथा एप्सझोलामा उपलब्ध छ]

0 प्रतिक्रिया :

Post a Comment