Skip to main content

Posts

Showing posts from January, 2015

कसो-कसो कता-कता मलाई जिन्दगीको बाटो देखाईदिने ति पुराना दिन याद आयो .. धेरै दिनपछि , सम्झनाका तरेलीहरुमा , चाैर-बिचको बाटो धुसुरका मुन्टाहरुले बढार्दै गाईबाच्छा खेलेको याद आयो .. सर्कस हेर्न   क्लास बंक गरेको भोलिपल्ट , ब्ल्याकबोर्डमा  इक्वेसन सल्भ गर्न लाउने , गणित सरको याद आयो .. “किटा ! प्राक्टिस पुगेन है तेरो” भन्दै ट्वाकसिङ् लाउने , अंकगणित सरको याद आयो .. गाईबस्तु चराउन जाँदा , अंगेरि खाएर कालोनिलो भएको एकअर्काको मुख हेर्दै , गलल्ल हाँसेको याद आयो .. दाँई गर्ने गोरु धपाउदै परालमा गुडुल्कि खेलेको याद आयो , आहा ! कस्तो मिठो हुन्थ्यो मस्याम र चिउराको खाजा , साँधेको गुन्द्रुकसँगै खाएको याद आयो ... के याद आएन भन्नु धेरै कुरा झल्झलि याद आयो मलाई जिन्दगीको बाटो देखाइदिने ति पुराना दिनको याद आयो ... Contributed by: A friend! Image courtesy: 4to40.com

पृथ्वी जयन्ती तथा एकता दिवसको शुभकामना। नयाँ नेपालको निहुँमा केही वर्ष यता, पृथ्वीनारायण शाह र उनको योगदानलाई अवमुल्यन गरिए झैँ लाग्दैछ, पृथ्वी जयन्ती तथा एकता दिवस मान्न छोडिएकोछ । कसैले मानुन् वा नमानुन् तर २० वर्षको उमेरमा गोरखाका राजा बनेर, नेपाल एकिकरणको अभियान चलाएर, विशाल नेपालको निर्माण गर्ने श्रेय उनैलाई जान्छ । वि. सं १७७९ पौष २७ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेर गोरखा राज्य विस्तार गर्ने कार्यको सुरुवात गरेकाथिए । त्यही राज्य विस्तारको अभियानबाट विशाल 'नेपाल'को निर्माण भएको हो, त्यसैले त आज सगर्व 'नेपाल' र 'नेपाली' भन्न पाइएकोछ । उनले आफ्नो शासनकालमै १८२५ मा काठमाडौँ र ललितपुर अनि १८२६ मा भक्तपुरमाथि बिजय प्राप्त गरेकाथिए ।  त्यसअघि काठमाडौँका राजा जयप्रकाश मल्लको आग्रहमा, अंग्रेजी सेनाका कप्तान किन्लाकको नेतृत्वमा आएको टोलीलाई गोरखाली फौजले परास्त गरेर सिन्धुलीगढीबाट नै फर्काइदिएका थियो । हामीले पृथ्वीनारायण शाहलाई बिर्सदैँ गएको अवस्थामा, पृथ्वी जयन्तीको अवसर पारेर  ग्राफ नेपालले आफ्नो नयाँ इन्फोग्राफिक  (तलको फोटो)

नेपालमा सरकारी जागिर'को क्रेजको बारेमा मैले केही बताउन पर्दैन। केही वर्ष अघि 'डक्टर पाइलट' ब्यान्डका, क्रान्ति आले'ले गित नै बनाएकाथिए, "छोरी माग्न जाँदा, बिहे गर्छु भन्दा, ससुरा परे दोधारे, भन्छन् - तिम्रो छ र के भर, खोजिआउ पहिले सरकारी जागिर..." । सरकारी सेवामा प्रवेश गर्न खुट्टो उचालिरहेकालाई, लोकसेवा आयोगले लिने परिक्षाको खड्गो पार गर्नुपर्छ । एउटा पदका लागि निकालिएको सूचनामा, हजारौँले आवेदन दिन्छन्, कडा प्रतिस्पर्धा हुन्छ, केहीलाई परिश्रम र भाग्य दुबैले साथ दिन्छ, अनि सरकारी सेवामा छिर्छन् । लोकसेवाको परिक्षाको तयारीका लागि, विषय अनुसारको किताब नि किन्नुपर्यो, त्यसमाथि पत्रिकामा निरन्तर सूचना पनि पच्छ्याउनु पर्यो, कतिपय अवस्थामा लोकसेवा परिक्षाको तयारी कक्षामा नि भर्ना हुनुपर्छ, त्यसका लागि काठमाडौँ नै धाउनुपर्छ ।  यही विविध झन्झट्हरुबाट परिक्षार्थीलाई छुटकारा दिलाउन र लोकसेवा परिक्षालाई अझ सजिलो र सुलभ बनाउन 'मन्त्र आइडियाज'ले 'लोकसेवा नेपाल' नामक मोबाइल एप निर्माण गरेकोछ । गुगल प्लेस्टोर तथा एप्सझोला मा उपलब्ध लोकसेवा नेपालको एन्ड

तपाईले गुगलको होमपेज याद गर्नुभएको छ? गुगलले केही दिन देखि आफ्नो होमपेजमा सर्चबक्सको तलपट्टि 'एन्ड्रोइड वान' को विज्ञापन (Introducing Android One. A new kind of smartphone) राखेकोछ । विज्ञापनमा राखिएको लिंक क्लिक गर्नुभयो भने, तपाई एन्ड्रोइड वानको नेपाल पेज मा पुग्नुहुन्छ । गुगलले सार्वजनिक रुपमा नेपालमा एन्ड्रोइड वान कहिले उपलब्ध हुन्छ नभनेपनि, विज्ञापन मार्फत जनवरी दोस्रो साता (माघ पहिलो साता) भित्रै उपलब्ध हुने संकेत दिएकोछ । बाहिर १०० डलर भनेर चर्चा गरिएको फोनको नेपाली मूल्य निर्धारण गरिएको छैन, तर इन्टरनेटमा चलेको हल्ला अनुसार एन्ड्रोइड वान फोन ५ देखि १० हजार नेपाली रुपैयाँमा नेपाली बजारमा उपलब्ध हुनेछ । त्यसो त नेपालमा एन्ड्रोइड वान भन्दा कम मुल्यमा विभिन्न ब्रान्डका एन्ड्रोइड फोनहरु पहिले नै उपलब्धछन् । तर अपरेटिङ सिस्टम, डिजाइन अनि हार्डवेयरका कारण ती सेटहरु भन्दा गुगलको एन्ड्रोइड वान उत्कृष्ट भएका कारण, धेरैको रोजाइ हुनजानेछ । एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टम सहित नेपाली बजार छिर्ने योजनामा रहेको एन्ड्रोइड वानले, तुरुन्तै एन्ड्रोइडको ललिपप अपडेट पाउनेछ, य