नेपालमा ४० लाख फेसबुक प्रयोगकर्ता

स्मार्टफोन र इन्टरनेट सेवा विस्तार सँगै नेपालमा फेसबुक प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दै गएकोछ । ३ वर्ष अघि २०११ मा करिब ९ लाख फेसबुक प्रयोगकर्ताहरु थिए भने अहिले नेपालमा ४० लाख फेसबुक प्रयोगकर्ताहरु छन् ।

फेसबुक एडबाट लिइएको तथ्यांक अनुसार ४० लाख मध्ये अधिकांश प्रयोगकर्ताहरु पुरुषछन्, पुरुषको दाँजोमा महिलाको संङ्ख्या न्युन छ । नेपालमा करिब २८ लाख फेसबुक प्रयोगकर्ता पुरुष छन् भने करिब १३ लाख महिला प्रयोगकर्ताहरु छन् ।
Facebook Users in Nepal [INFOGRAPHIC]
नेपालबाट अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताहरुले मोबाइलबाट फेसबुक चलाएकाछन्, जसमा एन्ड्रोइड स्मार्टफोन अग्रपंक्तीमा छ । १८ लाख प्रयोगकर्ताहरुले एन्ड्रोइड फोन तथा ट्याबलेटबाट फेसबुक चलाएको देखिन्छ ।त्यस्तै १३ लाख प्रयोगकर्ताहरुले अझै पनि 'फिचर फोन'बाट फेसबुक चलाउँछन् । एन्ड्रोइडको दाँजोमा आइफोन र विन्डोज फोन प्रयोगकर्ताको सङ्ख्या अत्यन्त न्युन छ । करिब २ लाखले आइफोन - आइप्याड आदिबाट फेसबुक चलाउँछन् भने करिब ३२ हजारले विन्डोज फोनबाट फेसबुक चलाएकाछन् ।

१८ लाख एन्ड्रोइड फोनमध्ये करिब १० लाख सामसुङको स्माटर्फोन रहेकोछ । त्यस्तै फिचरफोनमा नोकिया अग्रपंक्तिमा छ, तथ्यांक अनुसार ११ लाखले नोकियाको फोन चलाउँछन् ।


पुनश्च: तथ्यांक फेसबुक एड प्लेटफर्मबाट लिइएको हो, संङ्ख्या घटबढ हुनसक्नेछ ।

2 comments :

  1. यो त Social Media Researcher लाई चाहिने कुरा रहेछ

    ReplyDelete
  2. डाटा खोज्न सजिलो होस् भन्ने आशय हो मेरो पनि। :)

    ReplyDelete