मोदीमय सोसल मिडिया र नेपाल [INFOGRAPHIC]

पछिल्लो केही दिन यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको चर्चा सोसल मिडियमा चलिरहेकोछ । १७ वर्षपछि पहिलोपटक भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेकाहुन् । मोदीको ट्विट देखि नेपालको सदनमा दिएको भाषणसम्म हाम्रो लागि चर्चाको विषय बन्यो । मोदीको भ्रमणका कारण कोशीको बाढी पनि सोसल मिडियामा अोझेल परेकोथियो ।
मोदीभ्रमणका कारण ट्विटरमा 'नेपाल' वल्डवाइड ट्रेन्डिङ भयो ।सोसल मिडिया एनालिटिक्स सिम्प्लिफाई ३६० का अनुसार 'मोदीइन नेपाल' भारतमा अघिल्लो दिन ४ घन्टा र पछिल्लो दिन ६ घन्टा ट्रेन्डिङ भएको थियो । सोसल मिडियामा मोदीको नेपाल भ्रमण बारे भएको चर्चाका कारण नेपालले नयाँ उचाइ पाएकोछ, सोमेश वर्मा (@SomeshVerma)ले अंग्रेजी दैनिक रिपब्लिकामा लेख्नुभएकोछ । रिपब्लिका'का अनुसार मोदीको नेपाल भ्रमण सम्बन्धि करिब १० लाखवटा (४ दिनमा) ट्विटहरु  प्रकाशित भएकोथियो ।
सिम्प्लिफाई ३६०का अनुसार ट्विटरमा प्रकाशित भएका करिब ८० प्रतिशत ट्विटहरु सकारात्मक रहेको थियो, भने करिब ५ प्रतिरशत ट्विटहरुमा नकरात्मक टिप्पणी गरिएकोथियो। धर्म, पशुपति मन्दिर,  सदनमा दिएको भाषण आदिका बारेमा धेरै ट्विटहरु गरिएकोथियो ।


जितबहादुरलाई उनको परिवार सँग पहिलो पल्ट भेटगराइदिँदैछु भनेर मोदीले झुटो बोले भनेर मोदीको बारे नकरात्मक ट्विटहरु आएको भए पनि, अन्य कुराहरुको दाँजोमा यो नगन्य थियो । मोदीको नेपाल भ्रमणको बारेमा करिब ७० प्रतिशत ट्विटहरु २१ देखि ३० वर्षका उमेर समूहले गरेकोथियो, तर महिलाहरुको सहभागिता भने न्युन (करिब २० प्रतिशत) थियो । मोदीको दुई दिने नेपाल भ्रमणमा सबैभन्दा धेरै ट्विट (४७ प्रतिशत)  भारतबाट गरिएकोथियो, नेपालबाट भने जम्मा १८ प्रतिशत  ट्विटहरु गरिएकोथियो ।

तस्विर: रिपब्लिका, सिम्प्लिफाई ३६०

0 प्रतिक्रिया :

Post a Comment