IOE र IOM को Entrance Exam दिने तयारीमा रहेकाहरुका लागि 'मेरो एन्सर'

पूल्चोक इन्जिनियरिङ क्याम्पसले यस वर्ष देखि दुई चरणमा प्रवेश परिक्षा सञ्चालन गर्दैछ, पहिलो चरणको परिक्षामा कम्तिमा ३० प्रतिशत अंक ल्याउनेहरु मात्र दोस्रो परिक्षामा सम्मिलित हुन पाउनेछन् । असार २५ गतेबाट सुरु हुने पहिलो चरणको परिक्षा कम्प्युटरको माध्यमबाट लिइनेछ ।

इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षा भनेपछि यसैपनि विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुन्छ, हजारौँ विद्यार्थीहरु सँग प्रतिस्पर्धा गर्नुपर्ने मात्र नभइ, नयाँ ठाउँ र नयाँ परिवेशमा परिक्षा दिनुपर्छ, त्यसमाथि 'क्यारियर'को पहिलो खुड्किलोको रुपमा पनि प्रवेश परिक्षालाई हेर्ने गरिन्छ ।

इन्जिनियरिङ तथा मेडिकलको, प्रवेश परिक्षा दिन तम्तयार विद्यार्थीहरुका यस्तै यावत समस्याहरु समाधान गर्न नेपाली स्टार्टअप 'फुङ्का टेक्नोलोजी' ले नयाँ उपाय सुझाएको छ, 'मेरो एन्सर' एप मार्फत ।मेडिकल तथा इन्जिनियरिङ प्रवेश परिक्षाको पाठ्यक्रम अनुसार निर्माण गरिएको 'मेरो एन्सर', एप मार्फत इन्जिनियरिङ तथा मेडिकलको प्रवेश परिक्षाको अभ्यास आफूले चाहेको समयमा गर्न सकिन्छ । 'मेरो एन्सर'एप वेबएन्ड्रोइडमा उपलब्ध छ ।


कम्प्युटरको माध्यमबाट लिइने प्रवेश परिक्षा अधिकांश विद्यार्थीहरुका हकमा नौलो हुने कुरामा दुविधा छैन । यसै कुरालाई मध्यनजर गर्दै पूल्चोक क्याम्पसले सञ्चालन गर्ने कम्प्युटराइज्ड परिक्षाकै शैलीमा 'मेरो एन्सर' ले अभ्यास परिक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।


मेरो एन्सर एपमा फेसबुक मार्फत लगइन गर्न सकिन्छ तर परिक्षा दिनको लागि भने 'कुपन' किन्नुपर्ने हुन्छ । अभ्यास परीक्षाहरु विभिन्न "सप्सक्रिप्सन" मोडलमा पनि उपलब्ध छन्।  मेरो एन्सर परीक्षाको कुपन काठमाडौँको थापाथली, पुतलीसडक आदि स्थानको तोकिएको पसलहरुबाट किन्न सकिन्छ

मेरो एन्सरमा लगइन गरेपछि होमपेजमा यस्तो देखिन्छ, जहाँबाट आफूलाई मन लागेको परीक्षाको अभ्यास गर्न सकिन्छ ।


आफूसँग भएको ६ डिजिटको कुपन कोड राखेर अभ्यास परीक्षा दिन सकिन्छ ।
अब परीक्षा दिउँ होला ।


मेरो एन्सर टिम !


फुङ्का टेक्नोलोजीले ल्याएको 'मेरो एन्सर' एप विद्यार्थीको मनजित्न कत्तिको सफल हुन्छ, त्यो त भविष्यले बताउला । साथै यस किसिमको 'सप्सक्रिप्सन मोडल' नेपालमा सम्भव छ वा छैन भन्ने कुरा पनि थाहा पाइन्छ । फुङ्का टेक्नोलोजी (मेरो एन्सर) का "को-फाउन्डर" तथा "चिफ फाइनान्सियल अफिसर" रोशन भण्डारी भन्छन्, "यो बिजनेस मोडल हाम्रा लागि एक्सपिरिमेन्ट हो तर अहिले सम्मको स्थितिमा यस्तो मोडल सम्भव छ भन्ने देखिएको छ तर यसका लागि अझै धेरै मेहेनत गर्नुपर्ने देखिन्छ" ।
वेबमा मेरो एन्सर
एन्ड्रोइडमा मेरो एन्सर 

0 प्रतिक्रिया :

Post a Comment