काठमाडौँ विश्वविद्यालयमा 'आइटि मिट २०१३' शुक्रबार देखि #ITMEET2013

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) ले २७ डिसेम्बर शुक्रबार देखि आइतबारसम्म ३ दिन 'आइटि मिट २०१३' आयोजना गर्नेभएकोछ । 'लिङ्किङ सोसाइटि विद इन्फर्मेसन टेक्नोलोजी' (Linking Society with Information Technology) थिममा आयोजना गरिने कार्यक्रम काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेको प्रांगणमा सञ्चालन हुनेछ ।

केयु कम्प्युटर क्लबव्दारा जारी गरिएको विज्ञप्तिमा, चारवटा विश्वविद्यालयका २० वटा भन्दा धेरै कलेजहरुले कार्यक्रममा सहभागिता जनाउने उल्लेख गरिएकोछ । आइटि मिट, कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गतको कम्प्युटर क्लबको वार्षिक कार्यक्रम हो ।

तिन दिन सम्म चल्ने आइटि मिट २०१३ मा निम्न कार्यक्रमहरु समावेश गरिएकोछ:
  • सफ्टवेयर कम्पिटिसन
  • हार्डवेयर कम्पिटिसन
  • वर्कसप
  • आइटि क्विज
  • वेव/ग्राफिक्स कम्पिटिसन
  • ह्याकाथन
  • गेमिङ कम्पिटिसन
  • थ्रिडी मुभी
Event Details: KU IT Meet 2013
Entrance: Free
Venue : Kathmandu University, Dhulikhel Kavre
Time: 9am-4pm
Date: 27-29 December 2013
Hashtag: #ITMEET2013
Cross post on Aakar Tech: Kathmandu University IT Meet from Friday [Dec 27-29] #ITMEET2013 

0 प्रतिक्रिया :

Post a Comment