२०१३ का १२ उत्कृष्ट ब्लगपोष्ट


सन् २०१३ ले विदा माग्ने सुर कस्दैछ, दिन बित्दै जाँदैछ, ब्लग बुढो हुँदै जाँदैछ । दिनहुँ नयाँ कुरा सिकिँदैछ, नयाँ परिवर्तनको अनुभव गरिँदैछ । 'गुगल किप'मा हरेक दिन जसो केही न केही टिपोट गरिन्छ, ब्लगको लागि भनेर तर सँधै भोलि भनेर पन्छिएको धेरै समय भयो । यही अनिमियतताको विच पनि गत १ वर्षमा ६५ वटा ब्लग प्रकाशित गरिएछ, केही ड्राफ्टमै थन्किएकाछन् ।

पछिल्लो १ वर्षलाई नियाल्दा ब्लग नियमित नभएपनि सँधै केही न केही चैँ लेखिनै रहिएको रहेछ भन्ने लाग्यो  । त्यो भन्दा महत्वपूर्ण कुरा, ब्लगमा प्रकाशित कुन र कस्तो ब्लगपोष्टहरुलाई रुचाइएको रहेछ भनेर जान्ने मौका पनि मिल्यो । यसले ब्लगमा आगामी दिनमा कस्ता सामाग्री प्रकाशन गर्नु पर्ने रहेछ भनेर एक किसिमको सन्देश पनि मलाई दियो ।

धेरैले भन्ने गर्छन्, ब्लग आफ्ना लागि लेखिने हो । सायद सही नै होलान् तर पढ्ने पाठक नभइदिए, ब्लगहरुको काम छैन भन्ने लाग्छ । केही वर्ष पहिलेसम्म ब्लग भनेका व्यक्तिगत गुनासा पोख्नेठाउँ मात्र हुन् भन्ने लाग्थ्यो तर अहिले ब्लगको परिभाषा मेरा लागि फेरिँदै आएकोछ । अत: ब्लगमा आफूले जानेका, आफ्नो पेशासँग सम्बन्धित र अरुलाई उपयोगी हुनसक्ने 'सोसल मिडिया' तथा 'प्रविधि' सम्बन्धि सामाग्रीहरु सँधै प्रकाशित गर्ने प्रयत्न गरिरहनेछु ।

२०१३ मा सबैभन्दा धेरै चाँही 'एसएलसी २०६९ को रिजल्ट' हेरिएको रहेछ, एसएलसी रिजल्ट सम्बन्धी ब्लगहरुलाई हटाएर तलका निम्न १२ वटा ब्लगपोष्टहरुलाई 'भिजिट'को आधारमा उत्कृष्ट मानेकोछु ।

१२) नेपालमा प्रयोग हुने १० उत्कृष्ट एन्ड्रोइड एप्स 

११) Hitler Reacts to Sunday Morning Love You [VIDEO]

१०) साझा बस क्रेज 

९) चोरिएको आइप्याड नौ महिनापछि भेटियो (by @brazeshk

८) सेतोपाटी नोटको बारेमा (cc @setopati) 

७) मिसिंग मामाघर [कथा] (by @being_nrb

६) प्रधानमन्त्री डा. बाबुराम भट्टराई (@brb_laaldhwoj) ट्विटरमा हिट 

५) गुगल म्यापमा अब सगरमाथा बेसक्याम्प हेर्न सकिने

४) भ्यालेन्टाइन डे [कथा] (by @being_nrb

३) एउटा फेक ट्विटर एकाउन्टको नाममा

२) गुगलव्दारा युट्युब बन्द गर्ने घोषणा – विरोधमा ह्याकरहरुव्दारा गुगलम्याप ह्याक [With VIDEO] 

१) मेरो बिहे [कथा] (by meaninglessthinkings@somewhereondearth)


नयाँ वर्ष २०१४ को हार्दिक मंगलमय शुभकामना ।

0 प्रतिक्रिया :

Post a Comment