Sunday Morning Love You, अनलाइनमा माया बटुल्दै... [VIRAL VIDEO]


१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित "सन्डे मर्निङ लभ यु" ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ ।

रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ ।
भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा देख्न थालिएकोछ ।

Watch Sunday Morning Love You

0 प्रतिक्रिया :

Post a Comment