फेसबुक जिराफमय हुँदै किन? [समाधान सहित]


गएको दुई-तिन देखि फेसबुकमा अनौठो लहर चलेकोछ । फेसबुक प्रयोगकर्ताहरु धमाधम आफ्नो तस्विर परिवर्तन गरेर 'जिराफ' को फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाइरहेकाछन् । जिराफ मन परेर वा जिराफ बचाउ अभियान भनेर कसैले पनि जिराफको फोटोलाई आफ्नो 'प्रोफाइल फोटो' बनाएका भने होइनन् ।

जिराफ किन?

फेसबुकमा जिराफको फोटो सहित एउटा प्रश्न देख्न सकिन्छ । प्रश्नकर्ताले उक्त प्रश्नको जवाफ आफूलाई आउँछ भने, 'म्यासेज'मा पठाउन सुझाउँछन् । उत्तर सही भएको खण्डमा केही गर्नुप्रदैन तर उत्तर गलत भएको खण्डमा आफ्नो प्रोफाइल फोटोमा पनि जिराफको तस्विर राख्नुपर्छ । अनि खेलको नियम अनुसार गलत उत्तर दिनेहरुले जिराफको फोटोलाई केही समयको लागि आफ्नो प्रोफाइल फोटो बनाउँछन् र सोही प्रश्न अरुलाई दोहोर्याउँछन् । अत: फेसबुक जिराफमय बनेकोछ ।

प्रश्न यस्तो छ, "रातको ३ बजेकोछ, ढोकाको घन्टि बज्छ र तपाई उठ्नुहुन्छ । तपाईले नसोचेका पाहुनाहरु (तपाईको आमा-बाबा) ब्रेकफास्टको लागि आइपुगेकाछन् । तपाईसँग स्ट्रवेरी जाम, मह, वाइन, ब्रेड र चिज छ । अब भन्नुस तपाई सबैभन्दा पहिले के खोल्नुहुन्छ?" प्रश्नको जवाफ आउँछ भने, म्यासेज गर्नुस, सही भए केही गर्नुपर्दैन, गलत भए प्रोफाइल फोटो परिवर्तन गर्नुपर्नेछ ।

फेसबुकमा पोस्ट गरिएको 'जिराफ रिडल' यस्तो छ:
I've changed my profile to a giraffe. I tried to answer a riddle and got it wrong. Try the great giraffe challenge! The deal is I give you a riddle. You get it right you get to keep your profile pic. You get it wrong and you change your profile pic to a Giraffe for the next 3 hours. MESSAGE ME ONLY SO YOU DON'T GIVE OUT THE ANSWER.
Here is the riddle: "It's 3:00 am, the doorbell rings and you wake up. Unexpected visitors, It's your parents and they are there for breakfast. You have strawberry jam, honey, wine, bread and cheese. What is the first thing you open?"
यो प्रश्न सोध्नेकुरा कहाँबाट सुरु भयो भन्ने त थाहा छैन, तर रमाइलोको लागि भनेर पोस्ट गर्नेहरु भने दिनानुदिन बढ्दैछन् । सन् २०१० मा फेसबुक स्टाटसमा स्तन क्यान्सरबारे जनचेतना जगाउन भन्दै केटीहरुले ब्राको रङ्ग (कलर) लेखेका थिए, जुन त्यस समयमा निकै चर्चित पनि भएको थियो । तर जिराफको बारेमा भने खासै केही कुरा अहिलेसम्म पत्तो लाउन सकिएकोछैन ।

उत्तर के होला? 

तपाई आफैँ समस्याको समाधान दिन चाहनुहुन्छ भने, यो फोटो भन्दा तलको प्याराग्राफ नपढ्नुहोला ।


जिराफको फोटो राख्नेकुरा कसले सुरु गर्यो थाहा छैन, अत: यस प्रश्नको उत्तर यही हो भनेर कसैले दावी गरेका छैनन् । तर फेसबुकमा साथीहरुको पोष्ट हेर्दा "पहिले आँखा खोल्छु" र "पहिले ढोका खोल्छु" दुवै उत्तरहरुलाई सही मानेको देखिएकोछ ।

तस्विर: विकिपेडिया 

1 comment :