मेरो लागि सोसल मिडिया - ब्लगिङका ६ वर्ष


छ वर्ष अघि सन् २००७ मा यो ब्लग सुरु गर्दा, आजको आफ्नो यो परिचयको कल्पना गरिएको थिएन । आफ्ना स्केच र विश्वविद्यालयको गृहकार्यलाई संग्रह गर्नको लागि सुरु भएको ब्लगले विस्तारै आफ्नो यो परिचय छोडेर, सबैको लागि सबैथोक बन्ने कोशिस गर्यो । सुरुवातका दिनमा रुपेश दाइको निरन्तरको हौसलाले ब्लगलाई निरन्तरता दिएँ, आफ्ना मनमा उब्जिएका सबैकुरा ब्लगमा पोतियो । बिस्तारै फेसबुक र ट्विटरको लोकप्रियता बढ्न थाल्यो, अनि त्यही लहरमा लागियो । ब्लग, फेसबुक र ट्विटरबाट भुपेन्द्र दाइको नजिक पुगियो अनि रुचीको रुपमा रहेको 'सोसल मिडिया' मेरो प्रोफेसनको रुपमा देखापर्यो ।

सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो ।

इन्टरनेट चलाउनेको पहुँचमा भएको सबैभन्दा सरल र सहज मिडिया भनेको 'सोसल मिडिया' हो, जसबाट सजिलै जो कोही अरुसम्म सजिलै पुग्न सक्छन्, नेटवर्किङ गर्न सक्छन्, आफ्नो परिचय बनाउन सक्छन् । 'सोसल मिडिया'बाटै आफ्नो परिचय बनेको हुँदा, आफूलाई प्रस्तुत गर्नलाई 'सोसल मिडिया' हाम्रो जमानाको सबैभन्दा सशक्त माध्यम हो भन्ने लाग्छ । सोसल मिडिया भनेको 'सोसल मिडिया' क्षेत्रमा काम गर्नेले मात्र होइन, जुनसुकै क्षेत्रमा काम गर्ने व्यक्तिहरुले यसबाट धेरै भन्दा धेरै फाइदा लिनसक्छन् । सोसल मिडियाको फाइदा वा वेफाइदा चाँहि आफ्नो प्रयोगमा भरपर्छ ।

सोसल मिडियाबारेका आफ्ना केही अनुभवहरु 'युवालय'ले विश्व युवा दिवसको अवसरमा आयोजना गरेको 'पेचाकुचा' शैलीको कार्यक्रम 'युथ एक्सप्रेस"मा 'सेयर' गरेको थिँए । त्यस अवसरमा बनाएको 'प्रिजेन्टेसन स्लाइड' यहाँ राख्दैछु ।


माथिको स्लाइड http://bit.ly/smyuwalaya13 मा गएर हेर्न र डाउनलोड गर्न सकिन्छ । आफ्नो 'क्यारियर/फ्रोफेसन'लाई विचमा राखेर सोसल मिडियाको प्रयोग गर्दा धेरै भन्दा धेरै फाइदा लिनसकिन्छ भन्ने मेरो अनुभव छ ।

3 comments :

  1. Dear Anil dai,
    Tapai ko slide padera dherai nai kura haru sikne mauka paye. ajai dherai yestai slide ko pratikchya ma chu.

    ReplyDelete
  2. and you are one of my inspiration dai :)

    ReplyDelete
  3. दाई म पनि यस्तैमा बर्खर पाइला सार्दै गरेको मान्छे हजुर को सहयोगको खाचो छ है अनि मेरो लिङक variousofblog.blogspot.com सहयोगको अपेछ्यो सहित

    ReplyDelete