Skip to main content

Posts

Showing posts from July, 2013

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल

सय वर्ष अघिको प्रथम विश्वयुद्धको फोटोहरुलाई क्यानडामा रहेको एक ग्राफिक डिजाइनिङ कम्पनीले थ्रिडीमा सार्वजनिक गरेकोछ (सन् १९१४ देखि सन् १९१८, चारवर्षसम्म पहिलो विश्वयुद्ध चलेकोथियो)।टोरन्टो, क्यानडा स्थित फोटोग्राफी तथा डिजाइन कम्पनी "नर्ड वल्ड" (Nerds World) ले प्रथम विश्वयुद्धको फोटो खिचेको क्यामेरा र फोटो स्लाइडहरु गत वर्ष खरिद गरेको थियो । प्रथम विश्वयुद्धका फोटोका स्लाइडहरुलाई "थ्रिडि भ्युअर"बाट थ्रिडिमा हेर्न सकिने 'नर्ड वल्ड'ले साइटमा उल्लेख गरकोछ । 'नर्ड वल्ड'ले सार्वजनिक गरेका केही  "जिफ" (.gif) फोटोहरुलाई यहाँ राखेकोछु। पहिलो विश्वयुद्धमा फ्रान्सेली सेनाले फोटो खिच्न प्रयोग गरेको क्यामेरा । पहिलो विश्वयुद्धका फोटोहरु via The Verge