Skip to main content

सार्वजनिक यातायातका केही कुरा

पछिल्लो हप्ता काठमाडौँमा साझा यातायातको पुनरागमनले ठूलै चर्चा पायो । साझाले सर्वसाधारणको ताली र यातायात व्यवसायीको गाली दुबै पायो । यो ब्लगले भने, साझाको बारेमा केही कुरा गर्दैन ।

मेरो यातायातको साधन भनेको सार्वजनिक बस, माइक्रो, टेम्पुहरु आदि हुन् । जानुपर्ने ठाउँ नजिकै रहेछ भने, हिँडेरै जान रुचाउँछु, यद्दपी धुँवा, धुलोले सँधै सास्ति दिइरहन्छ ।बसमा भाडामा किचकिच गरेको खासै मन पर्दैन।

दुई हप्ता अघि एक बिहान एकान्तकुनाबाट कलंकी हुँदै बालाजु जान बसमा २० रुपैयाँ तिरेँ, कन्डक्टरले चुपचाप भाडा लिए। भाडाको लिष्ट टाँसिएको थिएन, सायद २० रुपैयाँ नै भाडा होला भन्ने लाग्यो । दिउँसो सोही रुटबाट फर्किँए, धोबीघाट कटेपछि २० रुपैँया दिँए, बालाजुबाट एकान्तकुना सम्म भनेर । कन्डक्टरले भाडा पुगेन भने, मलाई लाग्यो सायद मैले बिहान थोरै तिरेको रहेछु । मैले ५ रुपैँयाको नोट बढाएँ, उसले एकछिन हातमा लियो र फिर्ता दियो, उसले भाडा पुगेन भन्यो । मैले भाडा कति हो भनेर सोधेँ, उसले रुखो स्वरमा ३० रुपैँया भन्यो । उसले यति भनेको मात्र के थियो, मेरो मगज अकस्मात तात्यो ।३० रुपैँया त भाडा हुनैसक्दैन भन्ने मेरो अनुमान थियो।  मैले त्यो पाँच रुपैँया चुपचाप पर्समा राखेँ, अनि एकान्तकुनामा ओर्लिँए ।

ओर्लेर हिँड्न लागेको थिँए, कन्डक्टर भाडा दे, भनेर कराउन थाल्यो । उसको व्यवहारले मेरो दिमाग झनै तात्यो, अघि दिँदा नलिएको होइन, अब फेरि किन दिनु। 'लाग्दो भाडा दिनुपर्दैन?' उ कुर्लियो । तिम्लाई लाग्दो भाडा कसले दिएको थिएन, ३० रुपैँया भन्या लाग्दो भाडा हो, म पनि जंगिए ।उ लाग्दो भाडा दे, म पनि यहीँ एकान्तकुनाको हो, धेरै फूर्ति नदेखा भन्न थाल्यो । म पनि यहीँको हुँ, म लाग्दो भाडा दिन्छु, हिँड जौँ ट्राफिकसँग कुरा गर्न, बसमा भाडा लिस्ट खै? भन्दै जंगिए । अरु दिन ट्राफिक, अनि सशस्त्र प्रहरी सबै चोकमा हुन्थे, त्यो दिन रहेनछन् । ट्राफिकसँग कुरा गर्न जाउँ भन्दै रोडको अर्को छेउमा पुगियो, ट्राफिक थिएनन्। मेरो र कन्डक्टरको झगडाले बाटो लगभग जाम हुनथाल्यो । ट्राफिक प्रहरीहरु नदेखिएपछि झगडा लम्ब्याउनुको कुनै अर्थ छ जस्तो लागेन । उ लाग्दो भाडाले भनिरहेको थियो, मैले अन्तिममा फेरि त्यही ५ रुपैँयाको नोट अघि बढाएँ । उसले २५ रुपैँया लिएर फलाक्दै गाडितिर बढ्यो । त्यो दिन मेरो मगजमा कुरा खेलिरह्यो, बालाजु देखि एकान्तकुना सम्मको लाग्दो भाडा कति हो? खैर आजपनि मलाई उक्त रुटको भाडा थाहा छैन । काँडाघारी देखि सुन्धारा सम्म २३ रुपैँया अनि एकान्तकुना देखि काँडाघारी २० रुपैँया पुगिरहेकोछु । दूरीको हिसाबमा हेर्दा बालाजु देखि एकान्तकुनासम्मको भाडा पनि सोही हाराहारीमा हुनुपर्छ भन्ने लाग्छ ।

ढिला भएको बाहेक, अनि साथीहरुसँग "लिफ्ट" नलिएको खण्डमा अफिस दिनहुँ हिँडेरै जान्छु। अस्ति अफिस जान अलि ढिलो होलाजस्तो लागेर बस चढेर गएँ । ओर्लने बेला खुजुरा मिलाएर १५ रुपैँया दिँए, जुन म हिँड्ने रुटमा लाग्ने भाडा हो । एउटा सानो भाइ खलासी रहेछ, उसले कहाँबाट भनेर सोध्यो। मैले भने त्यही पछिल्लो बसस्टपबाट हो । त्यो भाइले मलाई यसरी घुरेर हेर्यो, अनि केही बर्बरायो, मानौँ मैले उसलाई भाडा नतिरि हिँडिरहेछु । बिनाकारण बिहान बिहानै आफ्नो पारो तात्यो, गर्नु त के नै थियो र, तर पनि एक दुई मुक्का लाइदिहालौँ कि भन्ने झैँ उसले बनायो ।

यी त भए आफूले पछिल्ला हप्तामा अनुभव गरेका केही प्रतिनिधि घटना । यस्ता कुराहरु दिनहुँ भइरहेकाहुन्छन्, सबैसँग घटिरहेकाछन् ।काठमाडौँ लगायत देश भरि नै सार्वजनिक यातायातमा समस्या छ ।  क्षमता भन्दा धेरै यात्रु बोक्ने, जहिँतहिँ रोक्ने भनेर सबैको सँधैको गुनासो छ । अझ रमाइलो कुरा त के छ भने, अत्यन्तै भिडभाड भएको गाडीमा सबैभन्दा पछि चढ्नेहरुले गाडीमा धेरै मान्छे कोच्यो भनेर गुनासो गर्छन् । नियम कानुन नि छ, ट्राफिक नि छन्, सबैकुरा छन् तर पनि सार्वजनिक यातायातमा समस्या छ । यातायात व्यवसायीको सिन्डिकेट चिर्न साह्रै गाह्रो छ । साझाले राम्रो सेवा र सुविधा दिँदा, हामी पनि सोही प्रकारको सेवा, सुविधा दिन्छौँ भनेर प्रतिस्पर्धामा आउनुपर्ने बेला, यातायात व्यवसायी साझाको विरोध गरिरहेकाछन्, सरकारले क्षतिपुर्ति दिनुपर्छ भन्दै ।

कहिलेकाँही एकान्तकुना चोकमा उभिएर चोकको गतिविधि नियाल्छु, चार तिरैबाट आएका सार्वजनिक सवारीसाधन, निजी सवारीसाधन अनि बटुवाहरुको हतार देखेर उदेक लाग्छ । कोही कसैलाई बाटो छोड्नेवाला छैनन्, सबै हतारमा छन् । जसको शक्ति उसको भक्ति भनेझैँ, सबै पेलेरै अघि बढ्न खोज्छन् ।

कहिलेकाँही सोच्दा यस्तो लाग्छ, सायद हामी यात्रुहरुमा पनि समस्या छ ।हामीलाई आफ्नो घर अगाडी बस रोक्नुपर्छ, झर्ने र चढ्ने बेला । बस जस्तोसुकै भिड होस्, चढ्नै पर्छ विकल्प छैन भन्दै । ट्राफिकको सुरक्षाको लागि बाइक कुदाउनेहरु 'हेल्मेट' लाउँछन्, ड्राइभर सिटबेल्ट बाँध्छन् । बाटोघाटोमा ट्राफिक नबस्ने हो भने, बस, माइक्रो आदिले ढोका पनि लगाउँदैनन्। बाटोमा ट्राफिक देखिएनन् भने बस जहाँ मनलाग्यो त्यहीँ रोकिन्छ, यात्रुको सुविधाको लागि ।  ।

यातायात व्यवसायीलाई मात्र दोष दिनुसट्टा सायद हामीले हाम्रा केही बानीमा परिवर्तन गरेमा सार्वजनिक यातायातको क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ कि? सम्भव भएसम्म निम्नलिखित कुराहरु लागु  गर्ने गरौँ:

क) लाग्दोभाडा जस्तो लागेन वा ठगिएजस्तो लाग्यो भने भाडा लिस्ट नहेरी, भाडा नतिर्ने । (गाडीभाडा देखिनेगरि गाडीमा टाँस्नुपर्छ भनेर भनिएको रहेछ । ट्याक्सीको लागि अलि फरक नै सोच्नुपर्ला) ।
ख) पहिले नै भिड भएको गाडीमा नचढ्ने।
ग) बस स्टप बाहेकका स्थानबाट गाडी चढ्ने/झर्ने नगर्ने ।
घ) थोत्रा र उभिन/बस्न गाह्रो हुने गाडीमा नचढ्ने ।
ङ) बाटो काट्न जेब्रा क्रसिङ, ओभरहेड ब्रिजको प्रयोग गर्ने ।

यो लिस्टमा अरु के कुरा थप्न सकिन्छ होला? कमेन्टमा जानकारी दिनुहोला । आउनुहोस् परिवर्तन आफैँबाट सुरु गरौँ ।

Comments

  1. मिनी एवं ठुला बसमा केहि यात्रु उभिएर यात्रा गर्नु स्वाभाविक नै हो तर ती टेम्पो, साना माइक्रो लगायतका सवारी हरुमा सिट क्षमता भन्दा बढी यात्रु चढ्नु, चढाउनु अनि चढ्न दिनु बिल्कुल गलत हो, ती सवारी निर्माणकर्ता हरुले यीनमा मान्छे उभिएर यात्रा गर्लान भनेर त सपनामा पनि चिताएका थिएनन होला।

    ReplyDelete
  2. कमल जि .सिApril 22, 2013 at 8:09 PM

    यातायात क्षेत्र मा काम गर्ने जुनसुकै ब्याक्ति चालक होस या सहचालक आँफु ले जनता लाई सेवा दिनु नै मेरो पेशा हो भन्ने बुज्नु पर्छ । सहचालक तथा चालक ले यात्रु सँग गरिने ब्यावहार मा परिवर्नतन ल्याउनु जरुरि छ । बिशेष गरि सार्बजानिक यातायात मा शिष्टताको अभाव छ अनि यात्रु ले पनि यातायात क्षेत्र को पेशा लाई सम्मान गर्ने बानि बसाल्नु पर्छ ।

    ReplyDelete
  3. यात्रुबाहक बसहरुलाई दोष दिने एउटा पाटो छ । तर अर्को पाटो पनि केलाएर हेर्न आवश्यक देख्छु म । हामी सबैलाई हतार हुन्छ । गाडी जति भिड भएतापनि हामीलाई चढ्नै पर्छ ? हामी अर्को गाडी पखर्नतर्फ लाग्दैनौं । अनि जसले पनि विद्यार्थीको परिचयपत्र देखाएर छुट लिने प्रचलनले गर्दा पनि गाडीसाँहुहरुले धेरै यात्रु राख्न बाध्य पो भएका हुन् कि ? <a herf="http://www.nepaliblog.net/2011/08/blog-post_19.html'>राजधानीका सडकमा रु ८ को यात्रा</b></a>

    ReplyDelete
  4. ho yo changes haru normal manche ley nai lyaunu parcha. Aru le rato batti bhako thaun ma bato katirako cha bhane, "k bhayo ta.. ma katdina.. hariyo balepachi matra katchu" bhanney soch sabai ley rakhau. Thulo change lyauna sano pariwartan batai suru garaun na. Haina ra?

    ReplyDelete
  5. Ma pani tapai jastai yatru ho. Tapaiko yo lekh lai ma swagat ra samarthan garchhu.
    Yo lekh ma bhaneka sabai kura thik chhan , aru kura byabahar ma lagu garna sakinchha tara yatru le bhariyako gadi ma chadhnu rahar hoiena badhyata ho.
    Tapai lai bhani rahanu pardaina hola tara pani bhandai chhu, gramin bheg ma matra hoena yo sahar ka 50% route ma chalne gadi yatru bhariye pachhi ma start garinchha. 1-2 jana uthera yatra garne yatru bhaye pachhi matra gadi gudna suru hunchha. Yesto abasthama starting point bhanda aru thau bata yatra garne le ubhiyera yatra garnu parne badhyata chha. Jati gadi kurda pani hune uhi ho.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post