Skip to main content

गुगलव्दारा युट्युब बन्द गर्ने घोषणा – विरोधमा ह्याकरहरुव्दारा गुगलम्याप ह्याक [With VIDEO]

गुगलका फ्यानहरुलाई अर्को दुखद खबर छ । गुगल रिडर बन्द गर्ने घोषणा गरेको केही हप्ता पछि नै गुगलले हिजो युट्युब बन्द गर्ने घोषणा गरेको छ । युट्युबमा राखिएको भिडियो सन्देशमा युट्युब आफ्नो लक्ष्य भन्दाyoutube-shutting-down बाहिर गएकोले बन्द गर्नुपरेको उल्लेख गरिएकोछ ।

आठ वर्ष अघि सन् २००५ मा युट्युब भिडियो कम्पिटिसन साइटको रुपमा सुरु भएको थियो । युट्युब बन्द गरिने घोषणा सँगै ह्याकरहरुको एक समूहले गुगल म्याप ह्याक गरिदिएकाछन् ।

यो आठ वर्षको दौरानमा करोडौँ भिडियोहरु युट्युबमा अपलोड भएका थिए । युट्युबका अनुसार आठ वर्ष अघि सुरु भएको भिडियो कम्पिटिसन हिजो सकिएकोछ । भिडियो कम्पिटिसन सकिएपछि युट्युबको कुनै अर्थ नभएको गुगलले जनाएकोछ ।

Watch Video: Google to shutdown YouTube

Bye bye YouTube.

युट्युबमा ‘पोस्ट’ गरिएका भिडियोहरु मध्येबाट उत्कृष्ट भिडियो छानेर पुरस्कृत गरिने भएकोछ । त्यसका लागि युट्युबले चलचित्र समिक्षक, युट्युब प्रयोगकर्ताहरू, युट्युब सेलिब्रेटिहरु आदि रहेको निर्णायक मण्डलको गठन गरेकोछ । गठन गरिएको निर्णायक टोलीको मुख्य काम भनेको युट्युबले विगत आठ वर्ष देखि सञ्चालन गरेको भिडियो कम्पिटिसनबाट उत्कृष्ट भिडियो छान्नु हो । प्रति मिनेट ७० घन्टा भन्दा बढि भिडियो अपलोड हुने युट्युबमा सबैभन्दा उत्कृष्ट भिडियो छान्नु निर्णायक मण्डलको लागि टाउको दुखाइको विषय बनेकोछ ।

युट्युबमा प्रशारित भिडियो अनुसार आज राती १२ बजेपछि युट्युब बन्द गरिनेछ । करौडौँ भिडियोहरु रहेको युट्युबबाट सबैभन्दा उत्कृष्ट भिडियो छान्नु कुनै चानचुने कुरा होइन । यसर्थ ३० हजार युट्युब टेक्निसियन र निर्णायक मण्डललाई युट्युबका भिडियोहरु हेर्न करिब १० वर्ष लाग्नेछ । १० वर्ष पछि सन् २०२३ मा उत्कृष्ट भिडियो सार्वजनिक युट्युब मार्फत गरिनेछ । अचम्मको कुरा के छ भने, सन् २०२३ मा युट्युबमा एउटा मात्र भिडियो रहनेछ । अर्को कुरा सन् २०२३ मा कसैले युट्युबलाई सम्झिएला र?

मोटामोटि रुपमा ग्याङनाम स्टाइलका साइले युट्युबको भिडियो कम्पिटिसन जित्ने आङ्कलन टेक पण्डितहरुले गरेकाछन् । प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चका अनुसार गुगलको यो घोषणाले गुगललाई भविष्यमा ठूलो धक्का लाग्नेछ । गुगलका कुनै पनि सर्भिसहरु भरलाग्दा छैनन् भन्ने कुरा युट्युब बन्द गर्ने घोषणाले स्पष्ट पारिदिएकोछ ।

उता युट्युब बन्द गर्ने घोषणाले इन्टरनेटमा ठूलै हलचल मच्चाएकोछ । इन्टरनेटका ह्याक्टिभिष्टहरुले गुगलको उक्त कदमको विरोधमा गुगल म्याप्स ह्याक गरिदिएकाछन् । गुगल म्याप्स ह्याक हुँदा गुगलका करोडौँ प्रयोगकर्ताहरुले सास्ति व्यहोर्नु परेकोछ । तपाई गुगल एकाउन्ट चलाउनुहुन्छ भने तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोला, साथै मोबाइलबाट गुगल म्याप हटाउन पनि सक्नुहुनेछ ।

ह्याकरको नियन्त्रणमा रहेको गुगलम्यापमा, काठमाडौँ यस्तो देखिन्छ

Google-Maps-hackedइन्टरनेट फ्रिडम सोसाइटिले भने गुगलको कदमको विरोधमा हस्ताक्षर अभियान संकलन गरिरहेकोछ । १ करोड व्यक्तिको हस्ताक्षर संकलन आज दिनभरिमा गरेर अमेरिकी राष्ट्रपति कार्यालयमा बुझाएमा युट्युब बन्द हुने सम्भावना टर्ने कुरा अभियन्ताहरु बताउँछन् ।

आउनुहोस् हाम्रो प्यारो युट्युबलाई बचाउँ । यहाँबाट हस्ताक्षर अभियानमा संलग्न हुनुहोस्

(पूनश्च: यो कुरालाई फेसबुकमा धेरै भन्दा धेरै व्यक्तिलाई सेयर गरेर हस्ताक्षर अभियानबारे जानकारी दिनुहोला । धन्यवाद )

Comments

  1. mero ma dekheko chhaina yesto.

    ReplyDelete
  2. Hyaa JPT, Bihan Bihan April Fool Bhaiyo :P

    ReplyDelete
  3. Yes.. today is 1st of April 2023! lol

    ReplyDelete
  4. aile samma murga bhaiyeko thiyena aja chae majale nae......... fool bhaiyo...........

    ReplyDelete
  5. Hw come @aakarpost is making fool bhaneko ta, he did it so well....LOL....:P



    PS: Knew frm the very beginning it was a prank, bt gt in the trap ;)

    ReplyDelete
  6. मुर्गाApril 1, 2013 at 1:59 PM

    लग्ता हे एडमिन खुद फुल हो गया !
    .
    कल मे बोला था, की यु-ट्युब नाचल्नेकी सम्भावना नाहोनेका नही हरकिस नही नहिहोसक्ता !

    ReplyDelete
  7. प्राय नयाँ प्रवधि को हलचल पस्कने बुडाले होलान्त भनेर ध्यान दिँदै पडेको fool of April पो बना होई क्या हो?

    ReplyDelete
  8. वाइयात साला

    ReplyDelete
  9. धन्न अपृल फुल रैछ र पो ।।।।। नत्र त बिना युट्युब र ब्लगर बिना को जिन्दगि जिउन मलाई भने गार्हो नै हुने थियो। http://kishorkc.blogspot.com www.youtube.com/kishorkc28

    ReplyDelete
  10. नौटंकी साला ! जे पायो तेही लेख्छस ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post