फेसबुकको ग्राफ सर्च

फेसबुकले गत हप्ता जनवरी १५ मा “ग्राफ सर्च” ‘फिचर’ सार्वजनिक गरेकोछ । फेसबुकले ग्राफ सर्चको सार्वजनिकिकरण सँगै टेक जगतमा फेसबुकलाई गुगलको दह्रो प्रतिस्पर्धिको रुपमा हेर्न थालिएकोछ । भविष्यमा ‘सर्च’, ‘सोसल सर्च’मा रुपान्तरित हुनेकुरामा कुनै दुईमत छैन तर यसो भन्दैमा फेसबुकको ग्राफ सर्चले अहिले नै गुगललाई कुनै किसिमको धक्का पुर्याउने छाँट देखिँदैन ।  ‘फेसबुकको लाइक’ र ‘गुगलको प्लसवान’ दुबैको आफ्नै छुट्टै विशेषता र बेग्लै किसिमका सोसल सिग्नल भएका कारण पनि गुगल सर्च र फेसबुक ग्राफ सर्च दुबै एक-अर्काका बाटोमा पर्दैनन् भन्दा अत्यु्क्ति नहोला । वेब सर्च र ग्राफ सर्च फरक कुरा हुन् भनेर त फेसबुक आफैँले ब्लगमा उल्लेख पनि गरेकोछ । फेसबुकले वेव सर्चको जिम्मा भने माइक्रोसफ्टको ‘बिङग’लाई दिएकोछ । खैर, फेसबुक ग्राफ सर्चका पक्ष विपक्षमा आ-आफ्नै किसिमका तर्क होलान्, तर आज यो ब्लगमा भने फेसबुक ग्राफ सर्च चलाउँदाका केही कुराहरु लेख्ने जमर्को गरेकोछु ।

Graph-Search-Facebookफेसबुकको ग्राफ सर्च अत्यन्तै नौलो र आश्चार्यजनक कुरा होइन । ग्राफ सर्च, फेसबुकमा पहिले नै उपलब्ध भएका जानकारीहरुलाई, फेसबुकले केही सरलीकृत मात्र गरेको हो भन्दा फरक नपर्ला । फेसबुकलाई को मान्छे कहाँ छ, रुची के छ, के काम गर्छ आदि विभिन्न कुराहरु पहिले नै थाहा छ, र अब त्यही कुराहरुलाई सरलीकृत गर्न फेसबुकले नयाँ सर्च “ग्राफ सर्च”को अवधारणा ल्याएको हो । फेसबुकमा पहिले नै उपलब्ध भएका साथीहरु, पेजहरु, फोटोहरु आदि यावत कुराहरुलाई पहिलेको भन्दा अलि सरल तरिकाले खोज्न र हेर्न मिल्छ ।  फेसबुक ग्राफ सर्चका माध्यमबाट प्रयोगकर्ताहरु बिच धेरै नयाँ कनेक्सनहरु बन्नेछन्, साथै फेसबुक भित्रैका र आफ्नै वरिपरि भएका/जोडिएका तर नदेखिएका/लुकेका कुराहरुलाई मजाले खोज्न सकिन्छ ।  फेसबुकमा भएका सबै पोष्टहरु पब्लिक (सबैको प्राइभेसी फरक फरक छ) छैनन्, अत: फेसबुकमा एउटै(एकै किसमका) कुरा फरक व्यक्तिले खोज्दा फरक – फरक नतिजा निस्कन्छ । my-friends-who-live-in-kathmandu-nepalफेसबुकको माथिल्लो भागमा फेसबुक ग्राफ सर्च उपलब्ध छ, (नोटिफिकेसन एरिया दाँया तर्फ सरेकोछ) जहाँबाट व्यक्ति, फोटो, स्थान, इन्ट्रेस्ट लगायतका विविध कुराहरु सर्च गर्न मिल्छ । सर्च गरिएपछि आएका नतिजाहरुलाई दायाँ भागमा भएको विभिन्न ‘पारामिटर’हरु परिवर्तन गरेर हेर्न मिल्छ । भन्नको मतलब यदि मैले “माइ फ्रेन्डस” भनेर सर्च गरेँ भने, नतिजामा मेरा साथीहरु देखाउँछ, र त्यही नतिजालाई रिफाइन गर्न दायाँ भागमा रहेका पारामिटहरु म परिवर्तन गर्न सक्छु । जस्तो कि मलाई काठमाडौँमा बस्ने मेरा साथीहरु मात्र हेर्नुपर्यो वा कलेजमा सँगै पढेका र काठमाडौँमा भएका साथीहरु भेट्नुपर्यो आदि इत्यादि ।

photos-i-like-that-are-of-my-friends

my-friends-who-like-aakar-postयसो विचार गर्दा फेसबुकको यो ग्राफ सर्च, हामीजस्ता “सिंगल” रहेकाहरुका लागि धेरै उपयोगी होला जस्तो छ। :P अर्को कुरा चाँहि कसले के गरेछ, कसको फोटो लाइक गरेछ, कसको फोटोमा कमेन्ट गरेछ लगायतका अन्य गोप्य ठानिएका कुराहरुको बारेमा ग्राफ सर्चबाट सजिलै पत्ता लगाउन सकिने (न्युज टिकर, एक्टिभिटि फिडमा यी कुरा पहिले नै थिए) भएको छ । कसैको पोस्टमा, फोटोमा, लाइक गर्नु, कमेन्ट गर्नु अघि अब सोच्नुपर्ने बेला आएछ । त्यसबाहेक साथीहरु कुन रेष्टुरेन्टमा जाँदा रहेछन्, मेरो छेउछाउ कुन रेष्टुरेन्टहरु रहेछन् भन्ने यावत उपयोगी कुराहरु पनि फेसबुक ग्राफ सर्चबाट थाहा पाउन सकिन्छ । सोसल नेटवर्कमा साथीहरुको ‘रिकमेन्डेसन’, ‘रिभ्यु’ आदिले हामीलाई ठूलो प्रभाव पार्ने गर्दछ । अहिले पनि हामी कुनै सामान किन्नुपर्यो भने, फेसबुक, ट्विटरमा साथीहरुलाई सोध्ने गर्छौँ । ग्राफ सर्चले अहिले नै त्यसरी हामीलाई रिकमेन्डेसन त दिन सक्दैन तर साथीहरुको एक्टिभिटि हेरेर हामीले निर्णय लिन भने सक्छौँ । ग्राफ सर्चलाई सुधारिएको खण्डमा भविष्यमा ‘सोसल सर्च’ले फोरस्क्वायर, एल्प आदि सर्भिसलाई विस्थापित नगर्ला भन्न सकिन्न ।

Facebook-Graph-Search

फेसबुकका अनुसार फेसबुक ग्राफ सर्चले व्यक्ति, फोटो, स्थान र रुचीलाई ग्राफ सर्चमा समेटेकोछ ।

People: “friends who live in my city,” “people from my hometown who like hiking,” “friends of friends who have been to Yosemite National Park,” “software engineers who live in San Francisco and like skiing," "people who like things I like," "people who like tennis and live nearby"
Photos: “photos I like,” “photos of my family,” “photos of my friends before 1999,” "photos of my friends taken in New York," “photos of the Eiffel Tower”
Places: “restaurants in San Francisco,” “cities visited by my family,” "Indian restaurants liked by my friends from India," “tourist attractions in Italy visited by my friends,” “restaurants in New York liked by chefs," "countries my friends have visited"
Interests: “music my friends like,” “movies liked by people who like movies I like,” "languages my friends speak," “strategy games played by friends of my friends,” "movies liked by people who are film directors," "books read by CEOs" (फेसबुक न्युजरुमबाट साभार)

ग्राफसर्च सबै प्रयोगकर्ताहरुलाई फेसबुकले बिस्तारै उपलब्ध गराउँदैजानेछ । तपाईको फेसबुकमा ग्राफ सर्च आइसकेकोछैन भने, केही समय अझै पर्खनुपर्नेछ, ग्राफ सर्च आइसकेकोछ भने चाँही, ग्राफ सर्चमा रमाइलो गर्नुस् । नसोचिएका र ख्यालै नगरेका नतिजाहरु देखिँदारैछन्, जुन रमाइला लाग्नसक्छन् (केही चाँही हार्टब्रेकिङ नि हुँदा रैछन् :P) ।

1 comment :

  1. कहिले चलाउन पाउँला भन्ने भै सक्यो

    ReplyDelete