नाम मात्रको लोकतन्त्र

शीर्षक झ्वाट्ट पढ्दा, अहिलेको राजनितिक परिस्थितिको बारेमा लेखिएको ब्लग जस्तो लाग्नसक्छ, तर सुरु मै भनौँ यो ब्लग दिल भुषण पाठकले साहित्यकार जगदीश घिमिरे सँग टेलिभिजन कार्यक्रम ‘टफ टक’मा गर्नुभएको कुराकानीमा आधारित छ। Jagdish-Ghimireकेही महिना अघि प्रकाशित “सकस” आख्यानका सम्बन्धमा धेरै कुराहरु सुन्दै आएको भएपनि, पढ्ने मौका अहिलेसम्म जुरेको छैन । घिमिरेको आख्यान “सकस” पढ्न नै “सकस” छ भन्ने भनाइ सुनेको भएर पनि, सायद पढ्ने हिम्मत नजुटेकोहोला । तर युट्युबमा ‘टफटक’ हेर्दै गर्दा, र “सकस” को कुरा सुन्दै गर्दा लाग्यो, रणबहादुर शाह देखि अहिलेसम्म पनि समाज त उस्तै रहेछ, टाउके राजनिति उस्तै रहेछ, बर्बरता उस्तै रहेछ, क्रुरता उस्तै रहेछ ।

घिमिरेले “सकस”मा लेख्या कुरा त इतिहासका कुरा भए, तर आफ्नै समयकालमा बर्बरताको समाचार पढ्दा आफूलाई पनि “सकस” भएर आउँछ । दुई दिन सम्म सिस्नुपानी लगाउँदा नि प्राण नगएपछि, जिउँदै खाल्डोमा गाडेँ भनेर पिडकले बयान दिएको समाचार आयो, हत्या भएको आठ वर्षपछि । अनि प्रधानमन्त्री आफ्ना कार्यकर्ताको बचाउ गर्न लागिपरेकाछन्, कारवाही नगर्न निर्देशन दिइरहेकाछन्, ओहो कस्तो यो लोकतन्त्र । साँच्चै “टफटक” मा घिमिरेले भनेझैँ लोकतन्त्रका जति चर्का कुरा गरे पनि देशमा लोकतन्त्र छैन । लोकतन्त्रको नाममा सक्नेले तानाशाही लादेकाछन् हामीमाथि ।

कुनै बेला समाज परिवर्तन गर्न बन्दुक बोक्नुभएका घिमिरेले, उ बेलै बन्दुकले परिवर्तन सम्भव नहुने निश्कर्ष निकाल्दै, त्यसलाई त्याग्नुभएको रहेछ ।  हामीले देख्दा देख्दै देशमा ठूलाठूला परिवर्तन भए तर आम जनताको जीवनमा खासै परिवर्तन आएन, आम जनताको ‘सकस’ ज्युँ का त्युँ रह्यो । मैले बुझ्ने भएदेखि आजसम्म राजनिति सँधै सत्ता र स्वार्थका वरिपरि मात्र घुमेको देखेको छु । बाबुराम प्रधानमन्त्री हुँदा खुशीयाली मनाएका हामीहरु आजको दिनसम्म आइपुग्दा, उनको भनाइ र गराइ देखेर आफैँ लज्जित भइएकोछ । देशका यावत कुराहरुको बारेमा सोच्दा मात्रै पनि “सकस” भएर आउँछ ।

साहित्यिक रचना, देशको सामाजिक तथा राजनितिक अवस्था, बढ्दो दण्डहिनता, तामाकोशी सेवा समिति, समाजसेवा, स्वास्थ्य आदिको सेरोफेरोमा रहेर जगदीश घिमिरेसँग गरिएको अन्तरवार्ता हेर्नुहोस् ।

Jagadish Ghimire, Author in TOUGH talk with Dil Bhusan Pathak:

0 प्रतिक्रिया :

Post a Comment