Skip to main content

Posts

Showing posts from January, 2013

Listen to Bulbul Episode-179 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul Episode-179

 Listen to Bulbul Episode-178 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul Episode-178

प्रधानमन्त्रीको फेक ट्विटर एकाउन्ट बारे बहस भएको दुईहप्ता पछि नै, प्रधानमन्त्री डा. बाबुराम भट्टराई ट्विटरमा छिर्नुभएको छ । नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटर प्रवेश सँगै नेपाली ट्विटरजगत बाबुराममय भएकोछ । भट्टराईको पक्ष र विपक्षमा ट्विटहरु बर्सीरहेकाछन् । प्रारम्भिक अध्ययन अनुसार, भट्टराईले ट्विटरमा नकारात्मक टिप्पणी धेरै झेल्नु परेकोछ ।  १४ ट्विट ११ फलोइङ्ग यो ब्लग तयार गर्दा सम्म भट्टराईले १४ वटा ट्विट गर्नुभएकोछ भने ११ जनालाई फलो गर्नुभएकोछ । रिट्विटको बाढी डा. भट्टराईका सबै ट्विट लगातार रिट्विट भइरहेकाछन् । ट्विटोनोमीको अनुसार यो ब्लग तयार   गर्दासम्म भट्टराईको १४ वटा ट्विट करिब नौ सय उनान्चालिस (९३९) पटक रिट्विट भएकाछन् । १३०० मेन्सन सोसल एनलाइटिक्स टप्सीका अनुसार हालसम्म डा. भट्टराईलाई करिब तेह्रसय (१३००) मेन्सन गरिएकोछ । (प्रोटेक्टेड ट्विटको गणना गरिएकोछैन, साथै टाइमजोनमा भएको फरकका कारण मिती तलको ग्राफमा फरक देखिएकोछ।) सबैभन्दा धेरै फलोअर नेपालबाट फलोअरओङ्कका अनुसार भट्टराईका करिब पैँतालिस सय (४५००) फलोअर मध्ये करिब २ हजार फलोअर नेपालबाट रहेक

फेसबुकले गत हप्ता जनवरी १५ मा “ग्राफ सर्च” ‘फिचर’ सार्वजनिक गरेकोछ । फेसबुक ले ग्राफ सर्चको सार्वजनिकिकरण सँगै टेक जगतमा फेसबुकलाई गुगलको दह्रो प्रतिस्पर्धिको रुपमा हेर्न थालिएकोछ । भविष्यमा ‘सर्च’, ‘सोसल सर्च’मा रुपान्तरित हुनेकुरामा कुनै दुईमत छैन तर यसो भन्दैमा फेसबुकको ग्राफ सर्चले अहिले नै गुगललाई कुनै किसिमको धक्का पुर्याउने छाँट देखिँदैन ।  ‘फेसबुकको लाइक’ र ‘गुगलको प्लसवान’ दुबैको आफ्नै छुट्टै विशेषता र बेग्लै किसिमका सोसल सिग्नल भएका कारण पनि गुगल सर्च र फेसबुक ग्राफ सर्च दुबै एक-अर्काका बाटोमा पर्दैनन् भन्दा अत्यु्क्ति नहोला । वेब सर्च र ग्राफ सर्च फरक कुरा हुन् भनेर त फेसबुक आफैँले ब्लगमा उल्लेख पनि गरेकोछ । फेसबुकले वेव सर्चको जिम्मा भने माइक्रोसफ्टको ‘बिङग’लाई दिएकोछ । खैर, फेसबुक ग्राफ सर्चका पक्ष विपक्षमा आ-आफ्नै किसिमका तर्क होलान्, तर आज यो ब्लगमा भने फेसबुक ग्राफ सर्च चलाउँदाका केही कुराहरु लेख्ने जमर्को गरेकोछु । फेसबुकको ग्राफ सर्च अत्यन्तै नौलो र आश्चार्यजनक कुरा होइन । ग्राफ सर्च, फेसबुकमा पहिले नै उपलब्ध भएका जानकारीहरुलाई, फेसबुकले केही सरलीकृत मात्र गरेको हो

Listen to Bulbul Episode-177 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul Episode-177

शीर्षक झ्वाट्ट पढ्दा, अहिलेको राजनितिक परिस्थितिको बारेमा लेखिएको ब्लग जस्तो लाग्नसक्छ, तर सुरु मै भनौँ यो ब्लग दिल भुषण पाठकले साहित्यकार जगदीश घिमिरे सँग टेलिभिजन कार्यक्रम ‘टफ टक’मा गर्नुभएको कुराकानीमा आधारित छ। केही महिना अघि प्रकाशित “सकस” आख्यानका सम्बन्धमा धेरै कुराहरु सुन्दै आएको भएपनि, पढ्ने मौका अहिलेसम्म जुरेको छैन । घिमिरेको आख्यान “सकस” पढ्न नै “सकस” छ भन्ने भनाइ सुनेको भएर पनि, सायद पढ्ने हिम्मत नजुटेकोहोला । तर युट्युबमा ‘टफटक’ हेर्दै गर्दा, र “सकस” को कुरा सुन्दै गर्दा लाग्यो, रणबहादुर शाह देखि अहिलेसम्म पनि समाज त उस्तै रहेछ, टाउके राजनिति उस्तै रहेछ, बर्बरता उस्तै रहेछ, क्रुरता उस्तै रहेछ । घिमिरेले “सकस”मा लेख्या कुरा त इतिहासका कुरा भए, तर आफ्नै समयकालमा बर्बरताको समाचार पढ्दा आफूलाई पनि “सकस” भएर आउँछ । दुई दिन सम्म सिस्नुपानी लगाउँदा नि प्राण नगएपछि, जिउँदै खाल्डोमा गाडेँ भनेर पिडकले बयान दिएको समाचार आयो, हत्या भएको आठ वर्षपछि । अनि प्रधानमन्त्री आफ्ना कार्यकर्ताको बचाउ गर्न लागिपरेकाछन्, कारवाही नगर्न निर्देशन दिइरहेकाछन्, ओहो कस्तो यो लोकतन्त्र । साँच्चै “टफ

घर पुग्नै लागेको थिँए, उखुले भरिएको (उखु लोड गरिएको) एउटा ट्रक धुलो उडाउँदै आइपुग्यो । धुलोले बाटो डम्म ढाकियो, भिजिबिलिटि मुस्किलले १-२ मिटर हुँदो हो तर दिमागमा एक्कासी बत्ति बलेझैँ भयो । ए! उखु काट्ने सिजन हो भनेर काठमाडौँबाट घर जाँदा यादै नगरेको । अंग्रेजी नयाँ वर्ष त उखु खाएरै मनाइने भो, घर जो पुगिएको थियो । गाउँमा सबैभन्दा धेरै उखुबारी बैदे बुढाको थियो । सबैले बैदे, बैदे भन्या भएर आफूले नि बैदे भनेर चिनियो, उनको नाम धेरै पछि मात्र मलाई थाहा भयो । बैदेको घर नेपालको दक्षिणी सिमा नजिक थियो तर हाम्रो गाउँमा नि एउटा ठूलो घर थियो, खेतबारी थियो, साँच्चै भन्दा हाम्रो गाउँ उसको लागि आराम घर जस्तो थियो । वर्षमा २-३ महिना जति हाम्रो गाउँमा आएर बस्थे अनि बाँकी समय आफ्नै गाउँमा बिताउँथे । हाम्रो गाउँको मध्यभागमा, पूर्व फर्किएको एउटा ठूलो घर थियो, त्यसलाई “नौगोल घर” भनिन्थ्यो । घरको पूर्व-उत्तरमा एउटा ठूलो गोठ थियो, जसलाई मकै, गहुँ आदि थन्क्याउन प्रयोग गरिन्थ्यो । त्यस्तै दक्षिणतिर छुट्टै भान्साघर थियो, अनि अलि अगाडी इनार थियो । सय मिटर जति गहिरो इनार गाउँका सबैजनाको पानीको स्रोत थियो । आँख

Listen to Bulbul Episode-176 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul Episode-176

सन् २०१२ को अन्तिम हप्ता, घर जाने मन भयो । मन लागेको मात्र के थियो, शनिबार बिहानै बल्खु पुगियो, टिकट लिएर 'टाटा सुमो'मा हुँइकिइयो । बल्खु - हेटौँडा सडकबाट आफू हिँड्न थालेको लगभग चार वर्ष हुनलाग्यो, एक हिसाबले भन्दा मुग्लिन - भरतपुरको बाटो पछिल्लो दिनहरुमा खासै हिँडिएकोछैन ।  साधारणतया मुग्लिनको बाटो गयो भने, बसले दिनभर जसो लगाउँछ । बाटो आधा छोटो पर्ने, अनि ४-५ घन्टामा नै घर पुगिने भएका कारण, बल्खु - हेटौँडा सडक हुँदै घर जान लागेको लगभग चार वर्ष पुग्यो । सुमो फर्पिङ, दक्षिणकाली, सिस्नेरी हुँदै देउराली पुगेर खाजा खानको लागि रोकियो। खाजा खान, सबैले अलि बढि नै समय लगाएका कारण, आफूले देउरालीको एक चक्कर लगाइयो भन्दा फरक पर्दैन । घाम लागेको अनि आकाश खुलेका कारण देउरालीबाट हिमालका मनमोहक दृश्य देखियो, जुन यसअघि मैले कहिले अनुभव गरेको रहेनछु । चारैतिर घुमिघुमि हेरियो, खुबै रमाइलो महशुस भयो, अनि साथैमा भएको मोबाइलबाट केही फोटोहरु खिचेँ ! बोनस: सिमखोलाबाट उकालो लाग्दै, केही घुम्ती पार गरेपछि एउटा जाममा फसियो । हामीभन्दा केही पहिले आएको गाडीको पछाडीको स्प्र

डा. बाबुराम भट्टराईको भनिएको ट्विटर एकाउन्टको नाममा हिमाल खबरपत्रिकामा यो र यो सामाग्री अनि मिडियाकुराकानीमा यो ब्लग र ट्विटरमा केही ट्विटहरु देखेपछि, आफूलाई थाहा भएको उक्त ट्विटर एकाउन्टको बारेका केही कुराहरु यहाँ राख्दैछु । सन् २०११, २३ जुलाईमा, म Simplify360 (Inrev Systems), बेंगलोर अफिसमा थिँए !  ट्विटरमा बाबुराम (@baburamb) नामको एउटा ट्विटर एकाउन्ट देखा पर्यो, केही व्यक्तिहरुलाई फलो गर्यो (मलाई नि फलो गरे) र पहिलो ट्विट गरे, “I would rather die fighting than surrender to injustice and wrong doing !” ट्विटरमा प्रचण्ड, बाबुरामलगायतका नेता तथा अभिनेताहरुको नाउँका ३-४ वटा “फेक एकाउन्टहरु” पहिले नै भएका कारण, यो एकाउन्टलाई पनि खासै भाउ दिइएन । फेक ट्विटर एकाउन्टहरुको लिस्टमा अर्को एउटा एकाउन्ट थपियो भनियो, वास्ता गरिएन ! तर त्यसलगत्तैको दोस्रो ट्विटमा मलाई (@aakarpost ) लाई मेन्सन गरेर उक्त एकाउन्टबाट ट्विट आयो । ट्विटमा अंग्रेजीमा भनिएको थियो, “यो बाबुराम भट्टराईको ट्विटर एकाउन्ट हो, यसलाई प्रचार-प्रसार गरेर सहयोग गरिदेउ” ! दोस्रो ट्विटमा एक्कासी मलाई सम्बोधन भएका कारण, एकछिन ट्व

Listen to Bulbul Episode-175 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । "एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Download Bulbul Episode-175