नेपाल प्रहरी फेसबुकमा [Nepal Police Joins Facebook]

यो हप्ता देखि नेपाल प्रहरीले फेसबुकमा आफ्नो छुट्टै पेज बनाएर, फेसबुकबाटै सर्वसाधारणका पिरमर्का, गुनासा आदि सुन्नथालेकोछ । सर्वसाधारणका गुनासा/कम्प्लेन सुन्ने, प्रहरी संगठनका कुराहरु बाहिर ल्याउने, घटिरहेका घटना तथा गतिविधिहरुको जानकारी दिने, सूचना आदान-प्रदान गर्ने, उदेश्यले फेसबुकको लोकप्रियता सँगै नेपाल प्रहरीले फेसबुकमा आफ्नो उपस्थिति जनाएको हो । पछिल्लो तथ्यांक अनसार करिब १८ लाख फेसबुक प्रयोगकर्ताहरु नेपालमा रहेकाछन् ।Nepal-Police-Facebook-Page

अक्टोबर १२ मा ‘पेज’ बनाइएको भएपनि,  ५७ औँ प्रहरी दिवसको अवसरमा अक्टोबर १६ मा नेपाल प्रहरीले फेसबुक पेज सञ्चालनमा ल्याएको जानकारी दिएकोथियो । फोटो, लिंक आदि सेयर गरिएको फेसबुक पेजमा यो ब्लग तयार पार्दा सम्म ४,८४९ जनाले लाइक गरेकाछन् ।

नेपाल प्रहरी फेसबुक पेजमार्फत हामी माझ नजिक त आएको छ, तर पेज निरन्तर अपडेट गरिरहनु र सूचना प्रवाह गरिरहनु चुनौतीपूर्ण काम रहेकोछ । गत वर्ष महानगरिय ट्राफिक प्रहरीले पनि आफ्नो फेसबुक पेज बनाएको थियो । फेसबुक पेज बनाएको केही महिनासम्म, काठमाडौँको ट्राफिक गतिविधिहरु प्राय अपडेट भइरहन्थ्यो तर विचमा अपडेट गर्न छोडियो यद्यपि अक्टोबर महिनाबाट उक्त पेज फेरि अपडेट हुन थालेकोछ । आशा गरौँ, नेपाल प्रहरीको फेसबुक पेज निरन्तर अपडेट भइरहनेछ र यसले समाज र राष्ट्रमा सकरात्मक सन्देश प्रवाह गर्नेछ ।

Facebook Page: Nepal Police

1 comment :










  1. सामाजिक संजालका कुरा मात्र नभएर नेपालक जति पनि सारकारी निकायका वेबसाईटहरु छन् प्राय सबै समयमा अपडेट नभईरहेको अवस्था छ । यदि सर्बसाधारणको गुनासो/समस्यालाई मध्यनजर राखी नेपाल प्रहरीले आफ्नो फेसबुक पेज निरन्तर अपडेट गर्न सके हरेक सर्ब साधारण जनतालाई ठुलो सहयोग पुग्ने छ । जय नेपाल ।।।

    ReplyDelete