फेसबुक पेजमा लाइक बढाउने सात तरिका

कुनै पनि ब्रान्डको लागि हिजोआज फेसबुक पेज वरदान सावित भएकोछ । नेपालमा पनि फेसबुकको लोकप्रियता धेरै रहेका कारण, केही ब्रान्डहरुले आफ्नो फेसबुक पेज सञ्चालनमा ल्याएकाछन् । सोसल मिडिया मार्केटिङको ‘कन्सेप्ट’ भर्खर नेपालको बजार भित्र प्रवेश गर्नथालेकोछ, यसअर्थमा हेर्ने हो भने केही सिमित ब्रान्डहरु बाहेक अरु खासैले फेसबुक पेजबाट अधिकतम लाभ लिनसकेकाछैनन् । केहीले देखेर र केहीले सुनेर पेज बनाउने गर्छन्, तर त्यसलाई कसरी सञ्चालन गर्ने, त्यसबाट के लाभ लिन सकिन्छ भन्ने तर्फ भने खासै ध्यान दिएको पाइँदैन । फेसबुक पेजमा नेपाली ब्रान्डको कुरा गर्दा, एनसेल, एस ट्राभल्स आदि ‘लाइक’का हिसाबले अग्रपंक्तिमा आउँछ । आफ्नो ‘ब्रान्ड’को लागि कुन सोसल मिडिया च्यानल उपयुक्त हुन्छ, कस्तो ‘स्ट्राटिजी’ बनाउनुपर्छ, पेज कसरी अपडेट गर्नुपर्छ, पेजबाट ब्रान्डले के फाइदा लिनसक्छ आदि कुराहरु कुनै दिन गरौँला । आज भने फेसबुक पेजमा लाइक कसरी बढाउन सकिन्छ भन्ने कुरा गर्दैछु ।
why-u-no-like-meमानौँ तपाई ब्लगर हुनुहुन्छ वा कुनै व्यवसायी हुनुहुन्छ र तपाई आफ्नो ब्रान्डको उपस्थिति अनलाइनमा बनाउन चाहनुहुन्छ । सोसल मिडियामा उपस्थिति जनाउन तपाईले फेसबुकमा आफ्नो पेज पनि बनाउनु भयो र अपडेटहरु पनि दिन थाल्नुभयो । सोसल मिडियामा गरिएको लगानी आजको भोलि देख्न सकिँदैन!सोसलमिडियामा आफ्नो ब्रान्ड बनाउन धेरै समय र मेहेनत लाग्छ र यो निरन्तरको प्रक्रिया हो । तपाईको ब्रान्ड अफलाइनमा पहिले नै परिचित छ भने त तपाईको कुरा फेसबुकमा सुन्नेको कमि नहोला तर तपाईको ब्रान्ड एकदमै नयाँ हो भने, फेसबुक पेजमा तपाईको कुरा सुन्नेहरु कोही नहुन सक्छन् । अत: फेसबुक पेजमा आफ्नो उपस्थिति जनाउने प्लान गर्दैछौँ भने, पहिले आफ्ना ‘अडियन्स’ बनाउनु पर्ने हुन्छ । फेसबुक पेजबाट ‘इफेक्टिभ कम्युनिकेसन’ गर्न ‘म्यासेज फ्लो’ गर्न ब्रान्डहरुलाई ‘लाइक’को सङ्ख्या बढाउनुपर्ने बाध्यता छ । आफू चाँहि बोलिरहने तर सुन्ने चाँहि कोही भएनन् भने, बोलेको के नै महत्व रह्यो र? facebookफेसबुक लाइक बढाउने सात तरिकाहरु:
१) कुनै ब्रान्डको फेसबुक पेज बनाएपछि, लाइकको सङ्ख्या बढाउनु छ भने साथीहरुलाई पेज लाइक गर्न आग्रह गर्न सकिन्छ । पहिले पहिले त साथीहरुले ‘फलाना’ फेसबुक पेज लाइक गरिदेउ भन्ने आग्रह गर्ने बित्तिकै खुरुक्क लाइक गरिन्थ्यो तर अहिले हाम्रो यो व्यवहारमा परिवर्तन आएकोछ । साथीको आग्रह टार्न नसकेर केहीले झिंझो मानेरै, साथिले भनिहाल्यो भनेर पेज लाइक गर्लान् तर अधिकांशले भने यस्ता आग्रहलाई अस्विकार गर्नेगर्छन् । सिधा अर्थहो, यो तरिकाले फेसबुकमा लाइक बढाउन साह्रै गाह्रो छ ।

२) कुनै ब्रान्ड अनलाइनमा आउँदैछ भने, उक्त सर्भिस वा प्रोडक्ट सम्बन्धि वेवसाइट वा ब्लग हुन जरुरी भइसकेको छ । वेवसाइट तथा ब्लग छ भने, ती पेजहरुमा आफ्नो फेसबुक पेजको लाइक बटन राख्न जरुरी छ । यदि कोही तपाईको साइट डुल्दै आइपुग्यो भने तपाईको फेसबुक लाइक बटन ‘क्लिक’ गर्ने धेरै सम्भावन हुन्छ ।

३) तपाईको ब्रान्ड भर्खर अनलाइनमा छिर्दैछ भने, “अर्गेनिक” तवर या भनौँ ‘विज्ञापन’ विना ‘लाइक’ बढाउन धेरै समय लाग्छ । अत: अनलाइनमा आफ्नो ‘बज’ बनाउन, फेसबुकमा विज्ञापन गर्ने विकल्प हुनसक्छ । आफूलाई कुन किसिमका मान्छेहरुले आफ्नो पेज लाइक गरिदियोस भन्ने लाग्छ वा आफ्ना ‘टार्गेटेड’ मान्छेहरु को हुन सक्लान् भन्ने बुझेर फेसबुकमा ‘एड क्याम्पेन’ चलाउन सकिन्छ । फेसबुक एडमा कसलाई देखाउने, कुन ठाउँमा देखाउने, कसरी देखाउने आदि विविध सेटिङहरु गर्नमिल्छ । फेसबुक पेजमा यस्ता अभियान चलाउँदा “फेक एकाउन्ट”बाट अटोमेटिक लाइक हुने भन्ने कुरा केही समय पहिले बाहिर आएपछि, फेसबुकले त्यस्ता “फेक” लाइकहरु हटाउन थालेकोछ ।

४) हिजोआज ‘मेरो फोटो’ लाइक गर्देउ, ‘मेरो साथिको फोटो लाइक गर्देउ’, मलाई भोट देउ आदि इत्यादि कुराहरु फेसबुकमा देख्न सकिन्छ । यो पनि आफ्नो फेसबुक पेजमा लाइक बढाउने अर्गेनिक तरिका हो । सोसल नेटवर्कको रमाइलो पक्ष भनेकै, यो एकबाट अर्कोमा फैलिँदै जान्छ । सम्भव हुन्छ भने, आफ्नो फेसबुक पेज मार्फत कुनै कन्टेस्ट वा क्याम्पेन चलाउन सक्नुहुन्छ । तर पहिले नै यस क्याम्पेनको लक्ष्य के हो, यसको लागि आवश्यक कुराहरु के के हुन्, कसरी धेरै भन्दा धेरै सहभागीलाई आकर्षण गर्न भन्ने कुरा ‘प्लान’ गर्न जरुरी हुन्छ ।

५) तपाईले पठाउने हरेक ईमेलमा, आफ्नो नाम सहित फेसबुक पेजको लिंक पठाउन सक्नुहुन्छ ।

६) तपाईको ब्लग छ भने, ब्लगमा फेसबुक कमेन्ट सिस्टम राख्नसक्नुहुन्छ । यो पनि आफ्नो पेजमा लाइक बढाउने तरिका हुनसक्छ । तर यसको लागि भने, ब्लगमा भएका ‘कन्टेन्ट’ चाँहि दमदार हुनुपर्ने बाध्यता छ ।

७) भाइरल मार्केटिङ वा भनौँ कोलावरी डि, अनि गगनम स्टाइल जस्तो भिडियो वा अन्य केही सामाग्री तयार पार्नसक्नुहुन्छ भने, आजको भोलि नै जिरोबाट हिरो बन्नसक्ने सम्भावना छ । त्यस्ता “खुराफाती आइडिया” छ भने, ढिलो नगरी त्यसलाई साकार बनाउनेतर्फ अघि बढ्दा हुन्छ ।

र अन्त्यमा, अनलाइनमा ‘कन्टेन्ट इज किंग’ भन्ने कुरा बिर्सिनु हुँदैन । हामीले 'अपडेट'हरु चुस्त र छिटो छरितो बनाउने कुरामा ध्यान दिनुपर्छ । फेसबुकमा लाइक भन्दा पनि इंगेजमेन्टमा ध्यान दिनुपर्ने हुन्छ । पेजको इंगेजमेन्ट बढ्दा लाइकहरु पनि बढ्छ कारण इंगेजमेन्ट बढ्नको लागि पेजका अपडेटहरु सेयर गरिएको हुनुपर्छ, कमेन्टहरु आएको हुनुपर्छ । कमेन्ट र सेयर हुनथालेपछि उक्त ब्रान्डलाई पच्छ्याउन चाहनेहरुले फलो गर्छन्, यसरी अर्गानिक फलोअर बन्छन् । लाइक बढ्छ ।

आफूले अनुभव र अनुसन्धान गरिएका फेसबुक पेजमा लाइक बढाउने सातवटा तरिकाहरु त उल्लेख गरेँ । यसका अतिरिक्त अरु पनि केही तरिकाहरु छन् जस्तो लाग्छ भने, तलको कमेन्टबक्सा ती कुराहरु लेख्न नबिर्सिनुहोला ।
  र यो पनि;
ब्लगरका लागि सोसल मिडिया [Social Media Tools for Blogger]
फेसबुक ‘लाइक’ का कुरा [Meaning of Facebook Like] #SocialMedia

0 प्रतिक्रिया :

Post a Comment