दशैँको शुभकामना ! [With Malshree Dhun Cover]

दशैँ हाम्रो घर आँगनमा आइसकेकोछ, चारैतिर उल्लास र खुशीयाली छाएकोछ । अध्ययन तथा रोजगारीको शिलशिलामा देश अनि विदेशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरु धमाधम आफ्नो घर फर्कने क्रम जारी छ ।

पहिले पहिले दशैँमा नयाँ लुगा लाउने, अनि मिठा मिठा परिकारहरु खान पाइने भनेर रमाइलो लाग्थ्यो, अब यसमा मेरा लागि अर्को रमाइलो नि थपिएकोछ, कम्तिमा वर्षमा एकपटक स्कुलमा संगै पढेका साथिभाइ, आफ्ना छरछिमेक र आफन्तहरुसँग भेटघाट गर्न पाइन्छ । कामको व्यस्त दैनिकीबाट हप्तादिन फुर्सदले रमाइलो गर्न पाइन्छ । जोड्दै र खोज्दै जाने हो भने, दशैँ रमाइलो लाग्ने कारण अनि यसलाई निरन्तरता दिनुपर्ने कारणहरु सयौँ निस्कन सक्छन् । यसर्थ पनि हाम्रा पितापूर्खाले निकै राम्रा चलनहरु चलाएका रैछन् भन्ने लाग्छ ।

happy-dashain

देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण साथीभाइ, इष्टमित्र, आफन्त तथा “आकारपोष्ट”का सम्पूर्ण पाठक तथा शुभचिन्तकहरुमा बडादशैँ २०६९ को हार्दिक मंगलमय शुभकामना ! तपाईहरुको हरेकपल सुखमय रहोस् । 

यसवर्ष दशैँको अवसर पारेर गायक सुगम पोखरेलले गाएको गित '’दशैँ तिहार” निकै चर्चामा रहेकोछ । अपलोड गरिएको ५ दिनभित्रै युट्युबमा विभिन्न च्यानलमार्फत करिब १ लाख पटक उक्त गित हेरिइसकिएकोछ ।

Dashain Tihar - Sugam Pokharel

त्यस्तै मेरा एकजना  साथि कुल श्रेष्ठले दशैँको अवसर पारेर मालश्री धुन युट्युब मार्फत सार्वजनिक गरेकाछन् । ट्र्याक केही पहिले नै तयार गरिएको भएपनि भिडियो भने हालसालै मात्र बनाइएको हो ।

Malshree Dhun Cover - Kul Shrestha

आशा गर्छु, यहाँहरुलाई माथिको भिडियो मनपर्छ होला । दशैँ र तिहार धुनको यहाँयहाँबाट डाउनलोड गर्नसक्नुहुन्छ ।

पूनश्च: असोज ३० गते घटस्थापना गरि राखिएको जमरा कात्तिक ८ गते बुधबार विजयादशमीको  दिन टिकाको साथ मान्यजनबाट जमरा आशिर्वाद स्वरुप ग्रहण गरिन्छ । यस बर्ष दशैको टिकाको साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको छ ।

Happy Dashain 2069.

0 प्रतिक्रिया :

Post a Comment