कहिलेसम्म हो यस्तो? [PICS]

हिजोआज सबैभन्दा सजिलो काम भनेको ‘बन्द’ गर्ने काम हो । बन्द गर्ने त सडकमा उर्लिहाल्छन्, अनि उनीहरुलाई सुरक्षा दिन र बन्द सफल बनाउन स्थानिय प्रशासन पनि लागिपर्छन् । जुनसुकै बाहनामा गर्न सकिने, प्रहरी प्रशासनले पनि सहयोग गर्ने, अनि निरिह जनतामाथि रवाफ देखाउन पाइने, सबैभन्दा सजिलो काम भनको “बन्द” हो ।

ईकान्तिपुरमा प्रकाशित सन्जोग मानन्धरको फोटो, फेसबुकका भित्ताहरुमा निरन्तर ‘सेयर’ भइरहेकाछन् । मैले के भन्नु, फोटो आफैँ बोलिरहेछ ।
A-motorcycle-rider-pleads-to-a-group-of-protestors-to-spare-his-vehicle-during-a-strike-called-in-Lalitpur-district-Nepalएकजना मोटरसाइकल चालक केही नगर्नुस् भनेर ‘हात’ जोडिरहेकाछन्, बन्दकर्ताहरु ती मोटरसाइकल चालक माथि जाइ लाग्दैछन् । यो माथि’को फोटो सुन्दरीघाटमा सुकुम्वासीलाई बसाउने सरकार’को निर्णयको विरोधमा गरिएको बन्द’को हो । यस्ता ज्यादतिका दृश्यहरु आन्दोलनका नाम’मा गरिने बन्दमा सामान्य भइसकेकाछन्, भन्दा पनि परक नपर्ला । जनताको लागि भन्दै जनतालाई नै दुख दिने, जनता कै सम्पत्ति’को विनाश गर्ने यो कुन किसिमको आन्दोलन हो?police-restricting-publicबन्दकर्ताहरु त जनतालाई दु:ख दिने भइहाले, हिजोआज सुरक्षाकर्मीहरु पनि बन्दमा जनतालाई नै सास्ति दिन्छन् । बन्दकर्ताहरुलाई कारवाही गर्नुपर्ने बेलामा बन्दको दिन हिँड्ने सर्वसाधारणलाई सास्ति दिन्छन् । हैन, यो कुन किसिमको सुरक्षात्मक विधि हो? बन्दकर्तालाई संरक्षण दिने र बन्दलाई सफल पार्ने काम’मा नै सुरक्षाकर्मी परिचालित हुने गरेकाछन् बन्दको समयमा । माथिको फोटोमा देख्नसक्नुहुन्छ, प्रहरीहरु सडक’को बिचमा बसेर रोडमा ‘बाइक’ चलाउनलाई रोकिरहेकाछन् ।

police-thanks-public-for-not-drivingत्यति मात्र पनि होइन, बन्दका दिन सवारी साधन नचलाउन प्रहरीले नजानिँदो किसिमको उर्दि नै जारी गर्छन् । माथिको फोटोले ‘सवारी’ नचलाएर सहयोग गरिदिएकोमा धन्यवाद दिइरहेकोछ । बन्द खुलाउने पहल गर्नुपर्ने र यातायात सुचारु गर्नुपर्ने बेला प्रहरी आफैँले सवारी नचला’ भन्नु युक्तिसंगत देखिँदैन । कम्तिमा बन्दकर्ताहरुलाई सरकारले कार्वाही गर्ने भए, बन्द गर्न केही कमी हुन्थ्यो’होला ।

cycle-in-bandhबन्दको दिनमा सडक’मा सवारी साधन देखिँदैन । गन्तव्यमा पुग्नुपर्ने व्यक्तिहरु हिँड्न बाध्य हुन्छन् । बन्दकर्ताहरु एक कुना’मा बसेर चलेका केहि सवारी साधन माथि पनि तोडफोड गर्छन् । प्रहरी प्रशासन नदेखेको जसरी चुपचाप बसिरहन्छ । खै, आखिर कहिलेसम्म यस्तो सहनुपर्ने हो? बन्द गर्नेलाई कारवाही गर्ने कडा कानुन ल्याएर, बन्द गर्ने जो सुकैलाई पनि नछोडिने भए, सायद यो बन्द’को रिति हराएर जान्थ्यो कि?

पहिलो फोटो ईकान्तिपुरबाट साभार

0 प्रतिक्रिया :

Post a Comment