Skip to main content

ट्विटरमा विश्वव्यापीरुपमा नेपाल ट्रेन्ड [Nepal Trends Worldwide on Twitter]

पोखराबाट उडेको विमान जोमसोममा दुर्घटना (Agni Air Plane crashed in Jomsom) भएको खबर माइक्रोब्लगिङ साइट ट्विटर (Microblogging site Twitter) मा परालको आगो झैँ फैलियो । अस्ति भर्खर सिन्धुलीमा विमान दूर्घटना भयो भन्ने झुटो खबर फैलिएका कारण खबर झ्वाट्ट सुन्नेले पहिले त पत्याएनन्, तर एकैछिनमा ट्विटर प्रयोगकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्लेन दूर्घटना भएको खबर पुष्टि गर्दै ट्विट गर्न थाले ।

Nepal-World-Wide-Twitter-Trends

माइक्रो ब्लगिङ साइट ट्विटर समाचार ब्रेक गर्ने तथा समाचार र सूचना छिटो भन्दा छिटो संसारभर फैलाउने टुलको रुपमा परिचित हुँदै आएकोछ । अनि यही शिलशिलाको नियमितता स्वरुप,जोमसोममा भएको विमान दुर्घटनाको खबर पनि क्षणभर मै ट्विटरको माध्यमबाट विश्वभर फैलिएको थियो, यति मात्र होइन नेपाल ट्विटर ट्रेन्डमा पनि केही क्षणका लागि देखिएको थियो । अर्थात भनौँ, नेपाल ट्विटरमा विश्वव्यापी ट्रेन्ड (Nepal Trends Worldwide on Twitter) भएको थियो, यसको अर्थ हुन्छ नेपाली समयअनुसार दिउँसो ११-१२ बजेतिर नेपाल सम्बन्धि हजारौं ट्विटहरु एकैसाथ संसारभरबाट ट्विटरमा ओइरिएको थियो ।



निश्चय पनि विमान दुर्घटना हामीलाई दुखित तुल्याउने खबर थियो, तर यही कुरा संसारभरबाट चासोका साथ हेरिएको थियो । बिबिसी (BBC), सिएनएन (CNN), नेपाली टाइम्स (Nepali Times), एनडिटिभी इन्डिया (NDTV), लगायत साइटले समाचार भन्दा पहिले ट्विटरबाट ब्रेकिङ न्युज दिएका थिए, भने नेपालका सबैजसो वेबपोर्टलहरुले पहिले समाचार प्रकाशित गरेर, त्यस समाचारलाई मात्र ट्विट गरेका थिए । यस घटनाबाट नेपाल र बाहिरका सञ्चारमाध्यमले ट्विटर कसरी चलाइरहेकाछन् भन्ने जान्ने मौका मिल्यो ।



ट्विटरमा कुनै पनि टपिक ट्रेन्ड हुनुलाई ट्विटर जगतमा महत्वपूर्ण घटनाको रुपमा हेर्ने चलन छ । नेपाल सम्बन्धि कुराहरु बेला बेलामा ट्विटर ट्रेन्डको रुपमा देखिने गरेको भएपनि, नेपाल नै विश्वभर ट्रेन्ड भएको भने पहिलो घटना थियो । यस अघि करिब डेढ वर्ष अगाडि एनसेलले थ्रिजी सेवा सगरमाथा वेसक्याम्पमा सुरु गर्दा, सगरमाथा ट्विटरमा विश्वभरि नै ट्रेन्ड भएको थियो । ( Mount Everest is Trending Topic On Twitter यो पनि हेर्नुहोस्)



Nepal-Trends-WorldWide-on-Twitter

ट्विटर ट्रेन्ड के हो, कसरी हुन्छ?

ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विषयमा निश्चित समय/अवधिमा उल्लेख्य रुपले ट्विटहरु देखिनुपर्ने हुन्छ ।



जस्तो कि, हिजोको विमान दुर्घटनाको खबर एक्कासी ट्विटरमा फैलिएको थियो, फलस्वरुप ‘नेपाल’ मेन्सन भएका ट्विटहरुको सङ्ख्या एक्कासी ह्वात्तै बढेकोथियो । सयबाट एक्कैपटक हजारको सङ्ख्यामा एकै विषयमा (नेपाल सम्बन्धि) ट्विट गरिएपछि, ट्विटरको ट्रेन्ड लिस्टमा ‘नेपाल’ देखिएको थियो ।



ट्विटरका अनुसार, ट्रेन्डिङ टपिक हुनको लागि कुनै कुरा पपुलर (Popular Tweet) अर्थात धेरै समयसम्म एउटै कुरा निरन्तर रुपमा ट्विट गरिरहेको भन्दा पनि कुनै निश्चित समयमा देखिएको ट्विटको संङ्ख्याले (Tweets Volume) ट्रेन्डिङ टपिक निर्धारण गर्ने गर्छ । जस्तो कि, केही हप्ता पहिले नेपाल ट्रेन्ड गराउने भन्दै २ दिन सम्म लगातार ‘नेपाल’ लेखेर ट्विट गरिएकोथियो, उक्त ट्विटले ‘नेपाल’ पपुलर टपिक त ठहरियो तर ट्रेन्डिङ हुनको लागि आवश्यक मात्रामा ट्विटरमा ‘नेपाल’ मेन्सन गरिएको ट्विट भने देखिएन ।



प्राय ब्रेकिङ न्युजहरु ट्विटरमा छिटो ट्रेन्ड (Local or Global) हुने गरेकाछन् । ट्विटरले समाचार, सूचना ‘रियल टाइम’मा प्रवाह गर्ने भएकोले ट्विटरले ब्रेकिङ न्युजको लागि आफ्नै किसिमले अलगोरिदम डिजाइन गरेकोछ । ट्विटरमा पपुलर (धेरै कुरा गरिएको) मात्र नभइ अहिले के विषयमा कुरा भइरहेको छ भन्ने आधारमा पनि ट्रेन्डिङ टपिक हुनेगर्छ । सायद ट्विटरले नै भनेको यो तलको अनुच्छेदले, ट्रेन्ड कसरी हुन्छ भन्ने कुरा बुझ्न मद्दत गर्ला!



How Twitter Trends?


“Twitter Trends are automatically generated by an algorithm that attempts to identify topics that are being talked about more right now than they were previously. The Trends list is designed to help people discover the 'most breaking' breaking news from across the world, in real-time. The Trends list captures the hottest emerging topics, not just what’s most popular. Put another way, Twitter favors novelty over popularity.

We track the volume of terms mentioned on Twitter on an ongoing basis. Topics break into the Trends list when the volume of Tweets about that topic at a given moment dramatically increases.

Sometimes a topic doesn’t break into the Trends list because its popularity isn’t as widespread as people believe. And, sometimes, popular terms don’t make the Trends list because the velocity of conversation isn’t increasing quickly enough, relative to the baseline level of conversation happening on an average day.” ~ Twitter



Topsy का अनुसार हिजो दिनभरमा करिब २२ हजारको हाराहारीमा ‘नेपाल’ मेन्सन गरिएको ट्विटहरु देखिएको थियो ।  ‘नेपाल’ उल्लेख गरिएका हजारौं ट्विटहरु करिब ७४ देशबाट एकैसाथ ट्विट गरिएकोथियो । ट्विटरमा थोरै समयमा नै हजारौं ट्विटहरु देखिँदा, केही समयको लागि ट्विटर वल्डवाइड ट्रेन्ड हुन पुगेको थियो ।

Nepal-Trends-Locally-in-Bangaloreनेपाल ट्विटरमा वल्डवाइड ट्रेन्डमा देखिनुभन्दा पहिले, बेङ्लोर लगायतका केही स्थानमा लोकल ट्रेन्डको रुपमा देखिएको थियो ।

Comments

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post