कतै धानै नफल्ने पो हो कि !

बर्खामास तामझामले खेत रोपियो

छाँट देखेर छिमेकी छक्कै परे

अब महिना दिन बाँकी छ बालि भित्र्याउन,

सार्है पिर लागेको छ,

कतै धानै नफल्ने पो हो कि भनेर !!

 

भर परेर जस्तालाइ नि खेताला पठाइयो

गोड्न छोडेर मुलाहरु हिलो छेप्दैमा भुलेछन

अहिले खेतैभरि जम्मै झार छपक्कै छ

शंकै लागेको छ,

कतै धानै नफल्ने पो हो कि भनेर !!

 

पल्लो गर्होमा लह लह बाला झुलेका छन्

तल्लो गर्होमा झन् के भन्नु खै, उत्पातै छ

मेरै गर्होमा भने पसाएको पनि छैन

मन सार्है पोल्दै छ,

कतै धानै नफल्ने पो हो कि भनेर !!

Picture 257

त्यत्रो दुखले खेत फिर्ता पाइयो

ऋण धन खर्चेर बालि लाइयो

तर बुद्धि पुर्याउन सकिएन कि मल कुन्नि?

एकदम डर लागेको छ,

कतै धानै नफल्ने पो हो कि भनेर !!

एकदम डर लागेको छ,

संविधानै  नबन्ने पो हो कि भनेर !!

 

-By N®B Image via Keck

4 comments :

  1. Basanta Kumar Gautam
     N®B - Nice try but there is break in flows....... The topic what you try to present could be better if you have kept this in your mind. Try to re-work on it. I'm sure it will be one of your best satiric poem. Keep it up. :-)

    ~ J

    ReplyDelete
  2. हो हो, यो खेतीमा धान नफल्न पनि सक्छ। फले पनि चामल नभएको फोस्रो मात्रै हुनसक्छ।

    सुन्दर सटीक प्रस्तुति!

    ReplyDelete
  3. ramailo lagyo.. mitho byangya..

    ReplyDelete