कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने #3DPrinting [VIDEO]

कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने  आसयको शीर्षक भएको लेख कुनै टेकब्लगमा देखे झैँ लाग्छ ! त्यो बेला, के नचाहिने कुरा गर्याहोला भनेर, उक्त लेखको शीर्षकमात्र पढेर छोडेको थिँए । अब फोटो प्रिन्ट गर्ने प्रिन्टरले कार नै प्रिन्ट गर्छ भन्दा कसरी पत्याउनु ! थ्रीडी नै प्रिन्टर भए नि, कागजमा कारको फोटो प्रिन्ट गर्ने होला भन्ने मलाई लागेको थियो ! तर अघि डुल्दै जाँदा ‘टेड’ को भिडियोमा पुगियो, भिडियो हेरेपछि पो, एकहप्ता पहिले देखेको ब्लग शीर्षक याद आयो !

3D Printing Bot

अब हामीमाझ यस्तो प्रविधि आउँदैछ कि, कुनै कुरा अनलाइनमा सपिङ गर्यौँ भने, उक्त वस्तु/सामान नै हामी आफ्नो कम्प्युटरबाट डाउनलोड गरेर, थ्रिडी प्रिन्टरमा प्रिन्ट गर्न सक्छौँ ! कहिलेकाँही घरमा फोन हुँदा यस्तो पकाइराकोछु, मिल्ने भए यही फोनबाट पठाइदिन्थेँ भन्नुहुन्छ, तर अलि केही समयपछि यस्तो कुरा सम्भव नहोला भन्न सकिन्न !

मानौँ कि मलाई बाल्टिन चाहियो ! बाल्टिन चाहियो भने, बाहिर बजार गइरहनु पर्ने जरुरत नै छैन ! अनलाइनमा आफूलाई मन परेको बाल्टिन छान्यो, वा आफैँ बाल्टिन डिजाइन गर्यो, अनि प्रिन्टरबाट प्रिन्ट गर्यो ! कुरा सुन्दै हावा जस्तो, कसरी पत्याउने ! म यही कुरा सोची सोची हैरान भइसकेँ, ‘डिटेल’मा मैले खोज्ने प्रयास गरेको त छैन तर तल राखिएको टेडको भिडियोमा कलम, टेबलल्याम्प आदि बनाइएको देखाइएकोछ ! थ्रिडी प्रिन्टरले भनेको जस्तै गर्छ भने, कारको पाटपुर्जा आफैँले बनाएर, कार नै प्रिन्ट गर्न सकिनेरै’छ ! 

केही दिन अघि ब्लगहरुमा ‘पाइरेट वे’ मा अब पाइरेटेड सामान नै पाइन्छ, जुन आफूले प्रिन्ट गरेर काम चलाउन सकिन्छ भनेर समाचार आएको थियो ! गित संगित, चलचित्र आदि मात्रै पाइने पाइरेटवेमा अब त पाइरेटेड ‘फिजिकल सामान/वस्तु’ नै पाइन्छ रे !

तल फोटोमा देखाइएका सामाग्रीहरु, थ्रिडी प्रिन्टरबाट प्रिन्ट गरिएकाहुन् !

3d printed material

भिडियो हेरेर आफैँ छक्क परिरहेको अवस्थमा मैले धेरै केही भन्न सक्दिन, बाँकी कुरा यो भिडियो हेर्नु, अनि आफैँ सोच्नु, थ्रिडी प्रिन्टरले हाम्रो जिवन कहाँ पुर्याउँदैछ भनेर ! थ्रीडी प्रिन्टर आएपछि, बजारमा सामान बेच्ने पसल हुँदैनन्, ती सबै पसलहरु ‘डिजाइन गर्ने ठाउँ’ मा परिणत हुनेपक्का छ! आफूलाई जे चाहियो, त्यसको डिजाइन अर्डर गर्यो, अनि आफ्नै घरमा प्रिन्ट गरेर सामान निकाल्यो ! सोच्दा पनि, खै के खै के हुन्छ दिमागमा?


Lisa Harouni: A primer on 3D printing

 


Image via ReadWriteWeb

Further Reading:

Forget MP3s: Soon You'll Download Your Sneakers From The Pirate Bay

5 comments :

  1. yes it is

    ReplyDelete
  2. यो साँचो हो... Its true !!

    ReplyDelete
  3. लौ अब त के के हुने हो ! उही क्यानमा ६ हजारको ट्यावलेट पिसी पाइए जस्तै त हो नी हेर्न सम्म पाइने (अझ यसको त  भिडियो मात्र देखाउने होला तेही पनि यँही देखीयो ) छुन नपाइने होला :P 2025 सम्म त आउला नी :)

    ReplyDelete
  4. मैले पनि अर्को कुरा सोचेको छु, पैलेपैले डेस्कटप् कम्प्युटर चलाउदा औला ले छुदा चल्ने भए कस्तो हुन्थियो जस्तो लाग्थ्यो ऐले आयो, अब मेरो अर्को रहर छ, फिलिम हेर्दा भिडियो मा जे देखिन्छ त्यो प्राकृतिक गन्ध पनि संगसंगै आओस, अर्थात गन्ध लाइ पनि भिडियो संगै कैद गर्न सकोस !! अनि बल्ल रिअल अनुभव हुने छ !! जय प्रावधि !!

    ReplyDelete