फेसबुक फोन आउँदै [The Facebook Phone–Buffy]

एप्पल, माइक्रोसफ्ट, गुगल पछि अब सोसल नेटवर्किङ साइट फेसबुकले पनि आफ्नै स्मार्टफोन निर्माण गर्ने भएको छ । अलथिङ्स डिजिटलले जनाए अनुसार फेसबुकले ताइवानी कम्पनी ‘एचटिसी’ सँग मिलेर “बफी” नाम दिइएको फेसबुक फोन निर्माण गर्ने भएकोहो ।

गुगलले विकास गरेको ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टमलाई फेसबुकले आफ्नो अनुकुल परिवर्तन गरेर फोनमा प्रयोग गर्नेछ । आइफोन, एन्ड्रोइड, विन्डोजफोन सँगै अब बजारमा  एक डेढ वर्षभित्रमा फेसबुक फोन पनि देखिनेछ ।

Facebook-Phone-buffyआ-आफ्ना स्मार्टफोन र ट्याबलेटहरु मार्फत आ-आफ्ना सेवा र सुविधा प्रदान गर्न टेक्नोलोजी कम्पनीहरु विच ठूलै युद्ध नै चलेको छ भन्दा फरक नपर्ला । एन्ड्रोइड फोनमा गुगलको सोसल नेटवर्क “गुगलप्लस”, एप्पलको आइफोनमा माइक्रोब्लगिङ साइट ट्विटरलाई विशेष प्राथमिकता दिए जस्तै फेसबुकलाई अझ व्यापक बनाउन फेसबुकको सेवा तथा सुविधालाई विशेष प्राथमिकता दिएर फेसबुक फोन “बफी”को निर्माण हुनेछ ।

फेसबुकले गुगलले नै विकास गरेको मोवाइल अपरेटिङ सिस्टम “एन्ड्रोइड” प्रयोग गर्ने भएपनि फेसबुकको यो यात्रा त्यति सहज भने हुनेछैन । गुगलले एकपटक एन्ड्रोइडको कोड सार्वजनिक गरेपछि जो कोहीले त्यसलाई आफ्नो अनुकुल परिवर्तन गरेर आफ्नो फोन निर्माण त गर्नसक्छ तर गुगलले तोकेको मापदण्ड पुरा नगर्ने कम्पनीहरुले “एन्ड्रोइड मार्केट”मा रहेका “एप्लिकेशन”हरु प्रयोग गर्न पाउँदैनन् । यदि फेसबुक फोनले गुगलको “एन्ड्रोइड मार्केट”को एप्लिकेशनहरु प्रयोग गर्न पाएन भने, फेसबुक फोनका लागि फेरि छुट्टै एप्लिकेशनहरु निर्माण गर्नुपर्ने हुन्छ ।

फेसबुक फोन कत्तिको सफल वा असफल हुन्छ भन्ने कुरा चाँहि फेसबुक फोन बजारमा आएपछि मात्र थाहा हुनेछ । फेसबुक फोनका बारेमा फेसबुक र एचटिसीले भने केही प्रतिक्रिया जनाएका छैनन् ।

तस्विर: अलथिङ्स डी

0 प्रतिक्रिया :

Post a Comment