Skip to main content

स्टिभ जब्स ले संसार छाडे [Apple Co-Founder Steve Jobs Dies at 56] #RIPSteveJobs

‘एप्पल’ (Apple) का सह-संस्थापक (Co-Founder) तथा भूतपूर्व कार्यकारी प्रमुख (CEO), स्टिभ जब्स (Steve Jobs) को ५६ वर्ष को उमेर मा गएराती अमेरिकामा निधन भएको छ । म्याकिन्टोस् (Macintosh), आइपड (iPod), आइफोन (iPhone), आइप्याड  (iPad) जस्ता युगान्तकारी ग्याजेटहरुको निर्माण गरेर, चर्चाको शिखरमा रहेको ‘एप्पल’ ले एक कुशल अभिभावक गुमाएको छ भने, विश्वले एउटा दूरदर्शी व्यक्ति गुमाएको छ । सन् १९५५ मा सुरु भएको स्टिभ पल जब्स (Steve Paul Jobs) को जिवन सन् २०११ मा आएर टुङ्गिएको छ ।

स्टिभ को निधन पछि उनको परिवारले एप्पल मार्फत प्रेस वक्त्व्य जारी गर्दै, “परिवारहरु का विच शान्त वातावरण मा आज उनको को निधन भयो”  (Steve died peacefully today surrounded by his family) भनेर उल्लेख गरेकाछन् ।Steve Jobs (1955-2011)

सन् १९५५ को फ्रेवुअरी २४ मा सन-फ्रान्सिस्को मा जोन्ने (Joanne Schieble) र अब्दुलफत्ताह (Abdulfattah Jandali) को घरमा जन्म भएको उनलाई पल (Paul) र क्लारा जब्स (Clara Jobs) ले धर्मपु्त्र को रुपमा ग्रहण गरेका थिए ।

ओरेगन रिड कलेज (Oregon’s Reed College) को पढाइ विचैमा छोडेर स्टिभ जब्स क्यालिफोर्निया  फर्किए, जहाँ उनले अर्का एक साथि स्टिभ ओज्निक (Steve Wozniak) सँग मिलेर सन् १९७६ मा क्यालिफोर्नियाको एक ग्यारेज मा पहिलो एप्पल कम्प्युटर को निर्माण गरे । (Built the first Apple computer in a Los Altos, California, Garage in 1976) सन् १९८० मा एप्पल कम्पनी ले आफ्नो ‘सेयर’ अन्य व्यक्तिहरुलाई बेच्यो । अनि त्यसको ४ वर्ष भित्रैमा (सन् १९८४ मा) एप्पल ले ‘ग्राफिकल युजरइन्टरफेस’ (Graphical User Interface) र ‘माउस’ (Mouse) सहित को ‘म्याकिन्टोस’ कम्प्युटर को निर्माण गर्यो ।

तर ‘म्याकिन्टोस’ कम्प्युटर सोचे अनुसार विक्रि हुन सकेन । अत: सन् १९८५ मा एप्पल ले आफ्ना केही निर्माण कम्पनीहरु बन्द गर्यो । व्यवस्थापन सँग को विवादमा जब्सले कम्पनी छोड्नुपर्यो । एप्पल को व्यवस्थापन सँग को विवाद का कारण स्टिभ जब्सले एप्पल छोडेर सन् १९८८ मा ‘नेक्स्ट’ (NeXT) नामक कम्पनी को स्थापना गरे  । आफ्नो कम्पनीबाट आफू नै निकालिएको सायद जब्स कै पहिलो घटना होला । जब्सले एप्पल छोडेर हिँडेसँगै माइक्रोसफ्ट लगायत अन्य कम्पनीहरु सँग प्रतिस्पर्धा गर्न एप्पललाई साह्रै कठिन परेको थियो, एप्पल लगभग डुबिसकेको थियो । एप्पल सँग ‘क्यास’ थिएन, उनीहरुले ‘न्युटन’ (Newton) जस्ता ‘प्रोडक्ट’ मा लाखौँ डलर खर्च गरेका थिए । दश वर्ष को अवधिमै कम्पनीले केही प्रमुख कार्यकारीहरु देखेको थियो ।

आफू निस्किएको ११ वर्षपछि सन् १९९६ मा जब्सको ‘नेक्स्ट’ (NeXT) नामक कम्पनी ‘एप्पल’मा गाभियो, यो सँगै स्टिभ जब्स फेरि ‘एप्पल’ मा आइपुगेका थिए । स्टिभ को प्रवेश सँगै, नाटकिय रुपमा एप्पल परिवर्तन भयो । सन् १९९७ मा माइक्रोसफ्ट (Microsoft) ले, एप्पलमाथि १५० मिलियन डलर लगानी गर्यो, यदि माइक्रोसफ्ट ले यसो नगरेको भए सायद, एप्पल यो रुपमा नआइपुग्न पनि सक्थ्यो । माइक्रोसफ्टले एप्पल को उद्धार गरेको थियो । त्यसपछि का वर्षहरुमा जब्सले आइपड, आइफोन, आइप्याड तथा म्याकिन्टोस कम्प्युटर को नयाँ भर्सनहरु सार्वजनिक गरिरहे । यी ‘प्रोडक्ट’हरुले गर्दा एप्पल ले विश्वास नै गर्न नसकिने फड्को मार्यो । यी सँगै स्टिभ जब्सले ‘डिजिटल एनिमेशन स्टुडियो’ पनि सञ्चालन गरेका थिए । एप्पल ले त फड्को मार्यो नै, स्टिभले पनि कुशल प्रमुख कार्यकारी को कौशल देखाइरहे ।

सन् २००४ मा जब्सलाई ‘प्यान्क्रियाटिक क्यान्सर’ (Pancreatic Cancer) भएको थाहा भयो । केही समय एप्पलको गतिमा केही रोकावट झैँ देखियो, अब पहिले का स्टिभ जब्स रहेनन् । एप्पलको नयाँ ‘प्रोडक्ट’ भन्दा पनि जब्स को स्वास्थ्य को चर्चा हुन्थ्यो । तर यस्तो रोकावट धेरै वर्ष रहेन, जब्स फेरि नयाँ र आक्रामक शैलीमा प्रस्तुत भए ।

जब्सले सन् २००५ मा स्ट्यान्डफोर्ड विश्वविद्यालय (Standford University) मा एउटा भाषण दिएका थिए, त्यसको सदैव तारिफ हुने गरेको छ । उक्त भाषण मा ‘तिम्रो समय छोटो छ, यस छोटो समयमा आफ्नो जिवन बाँच्नुपर्छ’ भनेका थिए । सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो ‘मुटु र सिकाइ ले जे भन्छ त्यसै गर, बाँकि कुराहरु भनेका केही होइनन्"’ । (Your life is limited, so don’t waste it living someone else’s life. Don’t be trapped by dogma – which is living with the results of other people’s thinking. Don’t let the noise of others’ opinions drown out your own inner voice. And most important, have the courage to follow your heart and intuition. They somehow already know what you truly want to become. Everything else is secondary. ~ Steve Jobs, Standford University, 2005)

त्यसपछि का वर्षहरुमा स्टिभ जब्सले पछाडि फर्केर हेर्नुपरेन । सन् २००७ मा आइफोन सार्वजनिक गरेका जब्सले सन् २०१० मा आइपुग्दा आइप्याड सार्वजनिक गरे । उनीहरुले निकालेको ‘प्रोडक्ट’ र उनीहरुमा आएको परिवर्तन का कारण अहिले एप्पललाई विश्वको सबैभन्दा ‘भ्यालुएवल’ कम्पनी (Apple: World’s most valuable company) मानिन्छ ।

‘प्यान्क्रियाटिक क्यान्सर’ लागे पनि जब्स सँधै नया कुराहरु सार्वजनिक गर्न आतुर रहन्थे । आफ्नो आयु धेरै छैन भनेर जानेका जब्सले गत जनवरी देखि तेस्रोपटक ‘विरामी विदा’ लिएका थिए।  आफू विरामी विदा मा बसेपनि, आफू चाँडै फर्कनेछु भनेर भनेका जब्सले मार्च २ मा नयाँ आइप्याड सार्वजनिक गरे भने जुन ६ मा ‘आइक्लाउड’ (iCloud) नामक ‘अनलाइन सर्भिस’ सार्वजनिक गरे । आफू अशक्त र अन्तिम अवस्थामा पुगेको थाहा पाएरै होला, अगष्ट २४ का दिन एप्पल को कार्यकारी प्रमुखबाट (Steve Jobs resigned as Chief Executive on August 24) राजिनामा दिए र कम्पनीकै ‘अपरेटिङ अफिसर’ टिम कुक (Tim Cook, new CEO of Apple) लाई नयाँ कार्यकारी प्रमुख नियुक्त गरे ।

एक श्रीमती र ४ जना छोराछोरी सँग वस्दै आएका स्टिभ जब्सले अक्टोवर ५ का दिन यो संसारलाई छोडेर गए । उनको कामहरु को सदैव प्रशंसा हुने नै छ, तर उनको अभाव सदैव एप्पल र टेक-जगत मा खड्किरहनेछ । जिन्स र टिसर्ट अनि गोलो चश्मा मा अब स्टिभ ‘स्टेज’ मा देखिने छैनन्, उनको ‘कि-नोट’ अब सुन्न पाइनेछैन ।

उनको निधन सँगै, संसारभरि उनकै चर्चा भइरहेको छ । एप्पल डटकम (Apple.com) को पहिलो पृष्ठमा स्टिभ जब्स को तस्विर राखिएको छ । स्टिभ जब्स सँग को सम्झना, विचार या समवेदना प्रकट गर्नेहरुका लागि एप्पल ले [email protected] मा ईमेल गर्न आग्रह गरेको छ ।

ट्वीटरमा विश्वव्यापी रुपमा ट्रेन्डिङ टपिक मा देखिरहेका स्टिभ जब्सलाई गुगल ले आफ्नो होमपेज (Steve Jobs, 1955-2011) मा सम्झना गरेको छ । अमेरिकी राष्ट्रपति वाराक ओवामा (Rest in Peace, Steve Jobs. From all of us at #Obama2012, thank you for the work you make possible everyday – including ours. The World has lost a Visionary. ~ President Barack Obama), माइक्रोसफ्ट का भूतपुर्व कार्यकारी बिल गेट्स (For those lucky enough to get to work with Steve, its been an insanely great honor. I will miss Steve Immensely. ~ Bill Gates), फेसबुक का कार्यकारी प्रमुख मार्क जकरवर्ग (Steve, thank you for being a mentor and a friend. Thanks for showing that what you build can change the world. I will miss you. ~ Mark Zuckerberg on Facebook), गुगलका प्रमुख कार्यकारी ल्यारी पेज तथा सहसंस्थापक सेरगी व्रिन (Passion for excellence is felt by anyone who has ever touched an Apple Product ~ Sergey Brin on Google Plus. Focus on the user experience above all else has always been an inspiration to me. ~ Larry Page on Google Plus) लगायतका व्यक्तिहरुले उनको काम को प्रशंसा र सम्झना गरेकाछन् र जब्सलाई गुमाउनु पर्दा दुख लागेको कुरा व्यक्त गरेकाछन्  । गुगल का संस्थापक व्दय ल्यारी पेज र सेरगी व्रिन ले विगतमा ‘स्टिभ जब्स’लाई गुगल को प्रमुख कार्यकारी मा नियुक्त गर्ने प्रयास गरेका थिए !

विश्व का अधिकांश पत्रपत्रिकामा स्टिभ जब्स को निधन को खबर प्रमुख पृष्ठमा छापिएको छ । अधिकांश ब्लग, र वेवसाइटहरुमा स्टिभ जब्स कै चर्चा गरिएको छ । म आफ्नो ट्वीटर मा उनकै निधनबारेको ट्वीट निरन्तर देखिरहेको छु । मैले स्टिभ जब्स को निधन को खबर यही ट्वीटरबाटै पाएको हुँ । अधिकांश व्यक्तिहरुले ट्विटरबाटै स्टिभ जब्स को सम्झना गरिरहेकाछन् । उनले निकालेका ग्याजेटबाट उनको निरन्तर सम्झना भइरहनेछ ।

RIP Steve Jobs, you’ll be missed forever. :(

स्रोत: फोब्स, मासवेल, टेकक्रन्च, गिगाओम, गार्जियन

Comments

  1. बिजया दशमीको शुभकामना छ है यहाँलाई ! 

    ReplyDelete
  2. tehi ta it was bad

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post