फोटोग्राफी साइट NPfoto.com सार्वजनिक !

नेपाली युवा फोटोग्राफरहरु को संगठन नेपालफोटोग्राफी डट ओआरजी (Nepalphotography.org) ले एनपीफोटो (www.npfoto.com) नामक वेवसाइट आजबाट सञ्चालन मा ल्याएकोछ । साइटलाई, नेपाली फोटोग्राफरहरु को अनलाइन फोटो ग्यालरी को रुपमा  सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

 NP foto

‘वेटा भर्सन’ को रुपमा सार्वजनिक गरिएको साइटमा हाललाई साइटका सदस्यहरुले मात्र फोटो अपलोड गर्न पाउँछन् । साइटलाई नेपाली फोटोग्राफरहरुले खिचेका उत्कृष्ट फोटोहरु को संग्रह बनाउने लक्ष्य रहेको कुरा, नेपालफोटोग्राफी डटओआरजी का एक सदस्य गौरवध्वज खड्का बताउँछन् ।

नेपालफोटोग्राफी ले सञ्चालन गरेको साइट ‘एनपी फोटो’ को निर्माण स्वप्निल आचार्य ले गरेका हुन् । उनका अनसार यो साइट फोटो संग्रह मात्र नभइ, नयाँ प्रतिभाहरु को आफ्नो प्रतिभा देखाउने उपयुक्त ‘प्लेटफर्म’ पनि हो  ।

नेपाली फोटोग्राफरहरु को लागि सुनौलो अवसर

तपाई फोटोग्राफी गर्नुहुन्छ भने, ‘एनपी फोटो’  तपाई को लागि उपयुक्त ‘प्लेटफर्म’ हुनसक्छ । हाललाई निमन्त्रणाबाट मात्र प्रयोग गर्न मिल्ने यस साइटमा यहाँबाट साइनअप गर्नसक्नुहुन्छ ।

साइट को ‘ग्यालरी’ मा गएर, अहिलेसम्म अपलोड गरिएका फोटोहरु हेर्न सकिन्छ । फोटोमा क्लिक गरेपछि फोटो सम्बन्धि सम्पुर्ण जानकारी देखिन्छ ।

NPfoto

For More Details, Read cross post from AakarTech: Npfoto.com photography website launched

0 प्रतिक्रिया :

Post a Comment