फेसबुक म्युजिक आउँदै #Facebook-To-Launch-Music-Platform

फेसबुकमा साथि बनाउने, फोटो हेर्ने, कमेन्ट लेख्ने, ‘गेम’ खेल्ने मात्र नभइ अब फेसबुकबाटै सिधै गीत-संगीत को आनन्द लिन सकिनेछ । अब कुनै गित सुन्नपरे, फेसबुक मा सर्च गरे हुन्छ ।

यही सेप्टेम्बर २२ मा सानफ्रान्सिस्को मा हुने फेसबुक ‘f8’ ‘डेभ्लपर मिट’ मा फेसबुक ले “फेसबुक म्युजिक” सार्वजनिक गर्ने तयारी गरिरहेको कुरा ‘सिएनबिसी’ ले जनाएको छ । फेसबुक संगीतको लागि स्पोटिफाइ, र्यापसोडि,स्ल्याकर आदि विभिन्न कम्पनीहरुसँग फेसबुक को कुराकानी चलिरहेको छ ।

facebook-musicगिगाओम का अनुसार, फेसबुक म्युजिक आएपछि फेसबुक को वाँया साइडमा फोटो, फ्रेन्डस सँगै “म्युजिक” भन्ने ट्याब देखिनेछ । त्यस ट्याबमा क्लिक गरेर ‘म्युजिक ड्यासबोर्ड’मा गइ फेसबुकमा गीत-संगीत सुन्न सकिनेछ ।

फेसबुक को म्युजिक ड्यासबोर्डमा, Music Notifications, Recommended Songs, Top Songs, Top Albums from Friends, Recent Listens आदि कुराहरु हुनेछ । जहाँबाट आफूलाई मन परेको गित सुन्न सकिनु को साथै, साथीहरुले के सुनिरहेकाछन्, आफूले के कति पटक सुनियो आदि कुराहरु जान्न सकिनेछ । हाललाई फेसबुक म्युजिकमा अंग्रेजी गितहरु मात्र उपलब्ध हुनेछ ।

अहिले च्याट ‘आइकोन’ भएको ठाउँमा ‘प्ले/पज’ बटन हुने र त्यहीँ बाट गित सुन्न सकिने कुरा पनि गिगाओम ले बताएको छ ।

तस्विर अलटेक

3 comments :

  1. गीत चाहि गित हैन गीत हुन्छ है आकार जि।

    ReplyDelete
  2. Lau gagab. facebook le kunai din dal vat pani dinchha ki ke ho facebook batai?

    ReplyDelete
  3. la thik cha, mazza hune bho

    nepali unicode

    ReplyDelete