४ दिन अघि रियाद पुगेका नेपालीहरुको विचल्ली [VIDEO]

१३ अगस्टमा रियाद आइपुगेको १७ जना नेपालीहरु को समूह रियादको अल्फरास कम्पनीमा विचल्ली मा परेकाछन् । महिना को ९०० रियाल दिने भनि नेपाली म्यानपावर कम्पनी आर आइ सी इन्टरनेसनल (R.I.C. International Private Ltd.) मार्फत रियादको अल्फरास कम्पनीमा पुगेका नेपालीहरु ४ दिन देखि अलपत्र परेका हुन् ।

Nepalese-in-Trouble-in-Riyadh७०० तलब र २०० खाना भत्ता गरि महिनाको ९०० रियाल दिइने भनि रियाद पुर्याइएका नेपालीहरुलाई कम्पनीले ६०० रियाल भन्दा धेरै दिन नसक्ने भएपछि नेपालीहरुले आफूलाई नेपाल नै फर्काउन म्यानपावर कम्पनी समक्ष आग्रह गरेकाछन् । उनीहरुले ४ दिन देखि राम्रो सँग खाना खान पाएका छैनन् ।

रियाद मा रहनुभएका विष्णु प्याकुरेल ले ४ दिन देखि अलपत्र रहेका १७ जना नेपालीहरुसँग भेटेर तयार गर्नु भएको भिडियो यहाँ प्रस्तुत गर्दैछौँ ।


Watch Video: Nepalese in Trouble in Riyadh

आशा छ, उनीहरुको कुरा सम्बन्धित निकाय सम्म पुग्ने छ ।

3 comments :

  1. 'साचो कुरा' को कमेन्ट पनि ठिकै हो........... २ लाख म्यान पावर लाई बुझाएर साउदी जानु भन्दा ४ ओटा गाई किनेर पाल्ने हो भने गाउमै महिनाको १२-१५ हजार सजिलै कमाउन सकिन्छ , बुद्धि खोइ? 

    ReplyDelete
  2.  के गर्ने  त नपौने दु:ख  पैइ हाल्लियो  हामी नेपाली को  किस्मत एस्तो रहेछके गर्ने हामी गरीबको कुरो कस्ले पो सुनीदिन्छ र  नत नेपाल सरकारले ,न त मेन्पबर्ले के गर्नेहामी जस्तो  पर्देशी को बवन कस्ले पो सुनी दीन्छ र के गर्ने कम्जो री त  हाम्रो पनि हो के गर्ने आपनो नेपालमा रोज्घार  पनि छैईन जत जौ  दु:खैइ दु:ख हामी नेपालीको जिन्दगी त्यस्तो दु:ख परे को बेला हेरनेत मेन्पवर को काम हो \ तर खोइत हमी लाई अस्तो दु:ख पर्द पनि केही वस्ता छैन 

    ReplyDelete
  3. साचो कुराAugust 1, 2012 at 11:59 AM

    बुद्दी नभका नेपाली को जात ! हात मा केहि सिप  छैन अनि मेनपावर हो
    अग्रिमेंट लिएर साउदी को कम्पनि मा काम गर्न आउने ! काम गर्ने कम्पनि संग
    पो कुरा गर्नु पर्छा पहिला नै !

    चोर फटाहा सरम नभाको स्रम मन्त्रालय " जाठा ५००० त खायौ होला नि इन्सुरेन्स
    कि के भनेर " पासपोर्ट मा छाप लाउनु भन्दा पहिला हेर्न पर्दैन सबै ठिक्क छ
    कि भनेर ! हेर्न त पक्कै हेरौ होला नि कति दाम देको छ मेनपावर ले भनेर !

    फेरी थुइक्क नेपाली हो जागिर खान आउदा दलाल को पछी लाग्ने अनि लाज नभएर
    विडियो मा ठुला अवाज मा बोल्ने अनि लाख तिरेर आका होलाऊ जागिर खान लु खु
    लोप्पा ! चामल को भात त के तिमि हरु जस्तो त भोकै मर्न पर्ने अनि आउथ्यो कि
    अरु नेपाली लाई अनि चोर सरकार लाई बुद्दी ! मर अब साउदी मा कोसैले नि केहि
    गर्ने वाला छैन

    ReplyDelete