सम्बन्ध [STORY]

जंगलको बाटो, सुनसान, न घर छन् वरिपरि न मान्छे नै,नजिकै खोला बगेको आवाज सुनिन्छ । चराहरु कराउँदै छन् आफ्नै धुनमा, अनी किराहरुको एकोहोरो स्वर, बेला बेला झरेर सुकेका पातहरुमा कोही हिंडे जस्तो खस्र्याक खुस्रुक आवाज आउँछ । म ओराली लाग्दैछु । देख्छु फोहोर च्यातिएको कपडा लगाएको मानिस मेरो पछी आउँदै छ । उस्का खुट्टा नांगा छन । अनुहार अँध्यारो छ । हिँड्दा उस्को शरीर अगाडिपट्टी हुत्ती रहेको छ । म फेरी अगाडि बढ्छु। त्यो मानिस मेरो दुई तीन कदम पछी हुन्छ ।

चुरोट पिउने मन हुन्छ । बाटो छेउको एउटा ढुङ्गामा बस्छु । खल्तिबाट सुर्याको बट्टा निकाल्छु । चुरोट सल्काउँछु रुखका टुप्पादेखी आकाशसम्म हेर्दै लामो धुँवा फाल्छु । त्यो मानिस मेरै अगाडि आई उभिन्छ । उस्का आँखा रहस्यमयी लाग्छन । केही भन्न खोजेझै, म नबोली चुरोट तान्दै जान्छु । ऊ हात अगाडि बढाउछ । हातका माझी र चोरि औंला चुरोट च्याप्न तयार हुन्छन । म चुरोट दिन्छु । ऊ पनि बसेर चुरोट तान्न थाल्छ । तपाईं को हो ? म प्रश्न गर्छु । मलाई सबै पगल भन्छन, ऊ भन्छ । म हल्का डराउँछु । कता जान लाग्नु भयो ? अर्को प्रश्न गर्छु, चिहानमा ऊ पागल जस्तै जवाफ दिन्छ । म चिहान जान लागेको । म हत्यारा हो, पापी हो म, ऊ कराउन थाल्छ । सुन्दरतालाई कुल्चेको छु मैले । मानबताको सीमा नाघेको छु । स्वार्थको प्यास मेटाउन कसैको जीवनको घाटी निमोठेको छु । त्यो सुनौलो चराको हत्या गरे मैले ।


चराको हत्या ? म जिल्ल पर्छु, अनी ऊ पागल भएको यथार्थ बोध गर्छु । ऊ साधारण चरा थिएन, सुनौलो चरा थियो ऊ । पागल एकोहोरो कराउँछ । निरश मेरो जीवनमा ऊ कुन लोकबाट उड्दै आयो ,सारा मानिसबिच मलाई नै रोज्यो उस्ले । साथी बन्यौ हामी । ऊ साधारण थिएन । जादुमयी थियो । सुन्दर्ताको प्रतिक थियो । निरश मेरो जीवनमा वरदान बन्यो उस्को मित्रता । उस्को जादुले मलाई पनि ऊ जस्तै बनाउन सक्थ्यो, उड्न सक्ने आकाशमा । हामी उड्थ्यौसंगै आकाशमा । दिनमा रातमा । पुर्णिमाको रात जब सारा संसार सुतेको हुन्थ्यो । हामी सँग संगै उड्थ्यौ टाढा टाढा । पहाड नदी ताल जंगल झरना सबैको माथि । उस्को साथ र सुन्दर्तामा म डुबी सकेको थिए । उस्को साथ जीवन, उमंगले भरिएको थियो । कयौ दिन बिते थाहा भएन । धर्तिनै स्वर्गिय भएको थियो । त्यो अभागि दिन किन आयो मेरो जीवनमा, पागल रुन थाल्छ । सुनौलो चराले मलाई छोडेर जानु पर्ने कुरा गर्‍यो ।

ऊ रुदै भन्छ । पागल भन्दै जान्छ । मैले यो कुरा सहन सकिन । अनी उस्लाई अनुरोध गरे नजाउ भनेर, रोए कराए, उस्ले आफु जान बिवश रहेको कुरा सुनायो । मलाई त उस्को साथ र सुन्दर्ताको नशा लागि सकेको थियो । बाँच्न पनि सक्दिन जस्तो लाग्यो ऊ बिना अनी एउटा क्रुर बिचारले जन्म लियो मेरो मनमा । उस्लाई कैद गरे मैले पिजडामा । उस्ले पनि लाख बिनय गर्‍यो,अश्रुधारा बगायो, मेरो स्वार्थी मनले केही बुझेन । आफ्नै स्वार्थ हेर्यो । त्यो रात म उस्कै पिजडा अगाडि सुते । अर्को दिन बिहान मैले उस्लाई खाना दिए, उस्ले खाएन, न त केही बोल्यो नै, उस्को चमक हराएको थियो, तिमी बिना बाँच्न नसक्ने कारण यो सब गरेको भने,उ अझै बोलेन । आशु बगाइरह्यो। दिन भर, न ऊ बोल्यो न खायो नै । केही दिन्मा बानी पर्ला उस्लाई भन्ने सोचे मैले,अर्को दिन उस्को सुनौलो प्वाख फिक्का भएको थियो । त्यो दिन पनि ऊ बोलेन, अर्को दिन उस्का केही प्वाख झरेका थिए । केही घण्टामा नै ऊ नाँगो भयो, कुरुप भयो, बहिर निकाले । ढिला भइसकेको थियो, उस्ले प्राण त्याग्यो ।

हत्या गरे मैले उस्को सुन्दर्ताको,मित्रताको, हत्यारा हो म पापी हो म, पगल कराउँछ । सुन्यौ म पापी हो, हत्यारा,पागल हो म । पागल एकोहोरो कराउँछ । म चुप लाग्न अनुरोध गर्छु, ऊ कराउँछ, झन् कराउँछ, हत्यारा हो म, पापी ... मलाई दिक्क लाग्छ, खल्तिबाट बन्दुक निकाल्छु, चुप पागल भन्छु, पागल झन कराउछ, मलाई झर्को लाग्छ गोली ठोकिदिन्छु पागललाई । पागल ढल्छ, कराउँछ म पापी हो, हत्यारा हो, बाटो मुनी को भिरबाट ऊ कराउँदै खस्छ । म उसलाई हेर्न उठ्छु,मेरा पाइला लर्बराउँछन्, म पनि खस्छु ।

म झल्यास्स बिउँझिन्छु । ओहो कस्तो सपना देखिएछ । घडीमा तीन बजेको हुन्छ । सुतेको दुई घण्टा भएछ ।पागलको सपनाले निद्रा पनि बिगारद्यो । हिजो रात भरको ड्युटी, बिहान घर आएर खाना खाइ नुहाइवरी सुतेको । पुलिसको जागिर न सुत्ने ठेगान न घर जाने । म दराजमा आधा खाइ राखेको व्हिस्कीको बोटल निकाल्छु । ग्लासमा हालेर बिना पानी नै उडाइदिन्छु । चुरोट सल्काउछु । आधा बोटल व्हिस्की र तीन वटा चुरोटले राम्रै सँग नशा लाग्छ । अनी अनु बारे सोच्न थालछु । के गर्दै होली गाउँमा अहिले । बिचरा अनु, कहिले काँही त कस्तो लोग्ने परेछ भनी सोच्दिहुन । हुन त मसँग वाध्यताले नै बिहे गरेकी हुन उन्ले । दुखै छ बिचरीलाई मसँग । एस.एल.सी पास गरेकै बर्ष बिहे भयो उन्को र मेरो । असईलाई छोरी दिन पाउँदा उन्का गाउले बाबु आमा खुशी नै थिए । उन्ले पढ्ने इच्छा राख्दा पढाईदिने आश्वासन पनि दिएको हो, यही कुरा खड्किन्छ मलाई । एक बर्ष यतै कोठा लिएर बसेको पनि हो, पढिन पनि उन्ले ।

कती सपना हुँदो हो उन्को । अधुरै छोडेर मेरो बिरामी आमा स्याहर्न गाउ जानु पर्ने भयो । मेरो पनि सानो जागिर, गाउँको सबै छोडेर आमालाई यता बोलाउनु भन्दा उनिलाई नै गाउ पठाउनु ठीक सम्झे । बिचरी त्यस्पछि मेरो साथ बस्न कहिले पाइनन् । सानै उमेरमा बिहे भयो, पढाई छुट्यो, दुई बर्षको छोरो एक्लै स्याहर्नु परेको छ, मेरो केही ठेगान छैन । बिचरीको सपना कस्तो कस्तो थियो होला । म हिंड्न नसक्ने भई खाट्मा ढल्छु । उड्न खोज्ने चरालाई मैले कैद गरे । म सपनाको कुरा सम्झन्छु, सुनौलोबाट नाँगो र कुरुप भएको चराको चित्र आउन खोज्छ मनमा । अनी म हत्यारा हो, पापी हो भन्ने पागलको चिच्चाहट गुन्जिन्छ कान भरी, बन्दुक निकाल्छु खल्तिबाट, हात लुलो भई बन्दुक खस्छ खाटबाट, म आँखा चिम्लन्छु, मलाई होस् हुँदैन ।

--
प्रतिक

तस्विर: wired.com

6 comments :

  1. thankyou aruna jee . in fact , this is my first effort in writing story , u are the first person to appreciate , thanks a lot , pratik ...

    ReplyDelete
  2. very nice...................................

    ReplyDelete
  3. thank you , plz read my another story too and give feed

    ReplyDelete
  4. dhari ramro 6

    ReplyDelete