Skip to main content

हाम्रो खोक्रो राष्ट्रियता #Nationality #Nepal #Opinion

सन्दर्भ भारतमा निर्वासित जिवन बिताइरहेकी बङ्गलादेशी लेखिका तसलिमा नसरिनले ट्विटरमा ट्विट गरेको कुरो हो ।

तसलिमा नेपाल जाँदै थिइन तर उनले एयरपोर्टमा पासपोर्ट लैजानMy Dream Nepal and Flag बिर्सिछिन् र उनले ट्विटर मा ट्विट गरिन्, “मैले नेपाल विदेशी राष्ट्र हो भनेर नसोचेको कारण, पासपोर्ट ल्याउन बिर्सिए, म काठमाडौँ जान पाइन” (My Nepali friends,I missed my flight to go to Kathmandu today.I forgot to bring my passport as I didn't consider Nepal a foreign country!)

उनले ट्विटरमा ट्विट गर्ने वित्तिकै नेपाली ट्विटरप्रयोगकर्ताहरु माझ ट्विट को बाढि आयो । नेपाललाई छुट्टै देश नभनिएको र नेपाल छुट्टै देश हो भनेर थाहा नपाएकोमा नेपाली ट्विटरप्रयोगकर्ताहरुको तारो तसलिमा बन्न पुगिन् । धेरै पहिले एक साथीले भनेको सम्झिन्छु, “हामी नेपाली साह्रै सेन्टी छौँ, देश, बुद्ध र सगरमाथा को कुरा गर्दा, तर काम कहिले गर्दैनौँ” । मलाई हिजो त्यस्तै लाग्यो ।

अरुलाई सायद तसलिमा ले भनेको कुरा असह्य भयो होला तर मलाई सामान्य नै लाग्यो । उनी बङ्गलादेशी हुन् अनि भारतमा बसिरहेकी छिन्, नेपाल र भारत बिच खूला सिमाना छ, जहाँ जानलाई पासपोर्ट चाँहिदैन, सायद यही कुरा सोचेर तसलिमा ले आफ्नो ट्विट गरेको हुनुपर्छ भन्ने मेरो अनुमान हो । तर हामी नेपालीलाई उनले भनेको कुराले धेरै छोयो, हामीले तथानाम गाली गर्यौँ । तसलिमाले आफ्नो गल्ति लगभग स्विकार गरिसकेकीछिन्, तर हामी यति उग्र भयौँ कि उनलाई तथानाम भन्यौँ । अन्तत: उनले नेपाल जाने कुरा क्यान्सल गरेको कुरा ट्विटरमा बताइन् ।taslima nasrin

ट्विटरमै यो पनि भनिन् कि, उनीहरुलाई राष्ट्रियता भएपछि पुग्यो तर उनीहरु शिक्षा, स्वास्थ्य, स्वतन्त्रता माग्दैनन् । (Give them religion and nationalism, they'll be happy forever. Will not demand for education,health care,equality and basic freedom.) मलाई उनको कुरामा खासै असहमति छैन, मलाई तसलिमा ले गरेको ट्विट सबै सामान्य नै लागेको हो । कमि हामी मै छ जस्तो लाग्यो, यदि हाम्रो देश अघि लम्केको भए, विश्वले नेपाल भनेर चिन्ने थियो तर हामीले त्यस्तो उल्लेख्य केही काम गरेको छैनौँ, हामी केवल सगरमाथा र बुद्ध को देश भनेर गर्व गरेर मात्र बसिरहेका छौँ । हामीले आफ्नो भनेर गर्व गर्ने कुरा पनि भारत र चिन जस्ता देशले मेरो भनिदिन्छन्, हामी हल्ला गर्छौँ तर गौतम बुद्द नेपाल का हुन् भनेर संसारलाई चिनाउने जस्तो कार्य केही गर्दैनौँ ।

देशलाई सगरमाथा र बुद्ध को देश भनेर बसेर मात्र हुँदैन, देशलाई चिनाउन हामी आफैँले आफ्नो ठाउँबाट आफ्ना साना-साना कुराहरु बाट सुरु गर्नुपर्छ । सबैले आ-आफ्नो ठाउँबाट आफूले सकेको योगदान दिने हो भने, सबै कुरा सम्भव छ, तर हामी राजनिती अस्थिर छ भनेर सँधै दोष दिएर पन्छिन खोज्छौँ, यद्दपी राजनिति अस्थिर हुँदा समस्या त जरुर नै हुन्छन् । आदर्श र राष्ट्रियता ले पेट भरिन्न भन्ने सबैलाई थाहा छ, सायद मैले गरिरहेको कुरा पनि आदर्शका भए होलान् तर आफ्नो तर्फबाट केही गर्न सक्छु भन्ने लागिरहेको छ ।

हामी अखबारका पाना मा पढ्छौँ, “अन्ना हजारे ले यस्तो र त्यस्तो गरे”, अझ एक वरिष्ठ पत्रकारले हिजो को एक दैनिक मा फेसबुक ट्विटर बाट परिवर्तन को सम्भावना प्रति लक्षित गर्दै  लेखेका थिए, "के हामी फेसबुक, ट्युटरजस्ता सामाजिक संजालसमेत प्रयोग गरेर एउटा निर्णायक दवाव दिने समूह निर्माण गरी सडकमा उत्रिन सक्छौं ?” उनको कुरालाई सबैले आदर्श माने, धेरै व्यक्तिले यही कुरा ट्विट गरे, तर यसरी त्यो कुरा ट्विट गर्नेहरुमध्ये अधिकांशले नै “नेपाल युनाइट्स” ले थालेको अभियानको खुट्टा तानिरहेकाछन् । हामी “डबल स्टान्डर” का मान्छे हौँ? म ट्विटरमा यही नै देखिरहेको छु । पत्रिकामा, अनलाइनमा फेसबुक, ट्विटरबाट परिवर्तन गर्न सकिन्छ भनेर गफ दिने, इजिप्ट, ट्युनिसिया र हालै भारतमा उर्लिएको जनलहर को उदाहरण दिने, अनि नेपाल मा पनि गर्न सकिन्छ, देशको कायापलट गर्न सकिन्छ भनेर युवा समूह अघि लाग्दा हामी आफैँ खुट्टा तान्ने, अनि नेपालयुनाइट्स को अभियानलाई लण्डन को हुलदंगा सँग लगेर जोडिदिने ? हामी मात्र खोक्रो आदर्श र राष्ट्रियता को कुरा गर्छौँ तर कुनै सिन्को भाँच्ने काम गर्दैनौँ ।Tallest Statue of Lord Shiva in the World

भारतिय नागरिक ले साँगामा विशाल महादेव को मुर्ति बनाएकाछन् । हामी सोच्दैनौँ, त्यसबाट देशमा कति धार्मिक पर्यटकहरु नेपाल भित्र्याउन सकिन्छ, मात्र हामी सोच्छौँ, भारतियले मुर्ति बनायो, पार्क मा छिरेको पैसा लिन्छ रे, आफ्नै अनुहार को बनायो रे मुर्ति पनि आदि इत्यादी । विश्व को सबैभन्दा अग्लो शिव को मुर्ति भन्ने कुरा हामी गर्वका साथ अरुलाई सुनाउँछौ, तर जब कसले बनायो, किन बनायो भन्दा एउटा भारतिय ले बनायो, त्यहाँ छिर्ने पनि पैसा लाग्छ रे, ठग रै’छ ! अनि पत्रिका, टिभी, अनलाईनमा विशेष खबर हुन्छ, यस्तो र त्यस्तो गरे भनेर, राम्रो कुरा सुन्न पाइँदैन । कमल जैन व्यवसायी हुन्, उनले शिव को मुर्ति बनाए, त्यसलाई देशको सानसँग जोड्न सकिन्छ, विश्वको अग्लो शिवको मुर्ति भनेर धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । त्यति ठूलो भारत का लाखौँ हिन्दुपर्यटकहरु भित्र्याउने प्रचुर सम्भावना छ, त्यो भनेको सबैको हित र फाइदा कै कुरो हो। जैनले त्यहाँ छिरेको पैसा लिन्छु भन्दा ३ हात माथि उफ्रेर यसले धर्म को नाममा व्यापार गर्यो भन्छौँ, तर यो सोच्दैनौँ कि त्यसलाई स्याहार सम्भार र हेरचाह गर्न मान्छे खटाइएको छ । पशुपति को करोडौँ को ढुकुटि लुट्दा हामी केही गर्न सक्दैनौ, तर निजि स्तरबाट गरिएका प्रयासलाई सँधै भाँजो हाल्न खोज्छौँ भने यो कस्तो राष्ट्रियता हो हाम्रो?

भारत ले बुद्ध भारतमा जन्मिएको दावी गर्दै लुम्बिनी जस्तै दुरुस्त ठाउँ बनाउँदैछ भन्ने थाहा पाएर हामीले हल्ला त धेरै गरिसक्यौँ तर खै लुम्बिनीलाई चिनाउने पहल गरेको ? देशमा सँधै बन्द र हड्ताल हुने, अनि हामी जपिरहने विश्व का शान्तिदुत बुद्ध को जन्म नेपालमा भएको हो । खै, हामीले उदाहरण पेश गर्न सकेको, साँच्चै गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् भनेर ? ठमेल मा रात्रीजिवन छ भनेर हामी भन्छौँ भने, अन्तराष्ट्रिय स्तरमा प्रचार गरौँ न, नेपाल मा रात्री जिवन छ भनेर । हामी ठमेल जान्छौँ, अनि भन्छौँ ठमेल त खत्तम भएछ यार, त्याँ त यस्तो छ त्यस्तो छ । त्यहाँ रात्रीजिवन छ भने, प्रचार गरौँ अन्तराष्ट्रिय क्षेत्रमा नेपाल सगरमाथा र बुद्ध को देशमात्र होइन, यहाँ रात्रीजिवन पनि छ । सायद यस्ता कुरा अपाच्य लाग्न सक्छ, तर हामीले त्यसबाट पनि आफ्नो अस्तित्व संसारमा देखाउन सक्छौँ, संसारभर जहिँतहीँ रात्रीजिवन छ, भने नेपाल मा छ भन्न किन हिच्किचाहट?

जब पनि देशमा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरिन्छन् । नारिवादी संगठन र पार्टिहरु नारी को सौन्दर्य को व्यापार भो, यस्तो त्यस्तो भनेर कुरा गर्छौँ, अहिले सम्म का मिसनेपाल ले “टुपिस” लाउने बाहेक अरु के काम गरे भनेर उफ्रिन्छौँ । सायद हामीले उनीहरुलाई मिल्दो वातावरण हामीले बनाउन सकिरहेका छैनौँ । ऐश्वर्या राय भनेपछि सबैले भारत भनेर चिन्छन्, हामी पनि त्यस्तै गरि देशलाई चिनाउन सक्छौँ तर हामी यस विषयमा सकरात्मक सोच्दैनौँ । हामी नेपालीको बानी छ, प्रवल गुरुङ हुन् या निल डेभिड नेपाल मा बसेर काम गरेको भए हामी नकरात्मक नै सोच्थ्यौँ होला, के गरिरा’छन् यिनीहरुले? तर फेसन को दुनियाँमा प्रवल गुरुङ ले संसारभर तहल्का मच्चाइरहेका छन् । हामी प्रवल गुरुङ माथि गर्व गर्छौँ तर आफ्नो देशको सौन्दर्य प्रतियोगिता/ फेसन शो को चाँहि सदैव विरोध गर्छौ? अलकति लामो कपाल पालेको, मुन्द्रि लाएको देख्यौँ भने, कस्तो सुकुलगुन्डा रे’छ भन्ने धारणा बनाउँछौ तर निल डेभिड कटुवाल को चाँहि हामी खुलेर प्रशंसा गर्छौँ । आखिर यो डबल स्ट्यान्डर्ड किन? के हामी हाम्रो देशमा फेसन शो हुन्छ, हाम्रो देशमा सुन्दर नारीहरुछन्, हाम्रो देशमा सौन्दर्य प्रतियोगिता हुन्छ भनेर संसारलाई भन्न सक्दैनौ?

हामी देशलाई क्रिकेट र फुटबल को देश भनेर चिनाउन सक्ने क्षमता राख्छौँ जस्तो लाग्छ तर यही विडम्बना छ कि, खेलाडीहरुलाई राम्रो सुविधा दिइँदैन, खेल को केही अघि देखि मात्र हाम्रोमा प्रशिक्षण र अनेक कुरा सुरु हुन्छ । अनि नतिजा सोचेको जति रहँदैन । तर हामीले “नेपाल” छ है भनेर विश्वमा चिनाउन यही फुटबल र क्रिकेट बाट सक्छौँ ! गौतम बुद्ध र सगरमाथा को कुरा नगरे पनि फरक पर्दैन । हामी हुँदै नभएको विश्वको दोस्रो जलस्रोत को धनी राष्ट्र भन्ने राग अलापेर बस्छौँ । १०० वर्ष अघि नेपाल मा बिजुली बल्दा हाम्रो छिमेक मा बिजुली थिएन रे, तर खै त अहिलेसम्म हामीले १ हजार मेगावाट पनि उत्पादन गर्न सकेका छैनौँ, १४ देखि १८ घन्टा सम्म लोडसेडिङ मा बसेको हाम्रो अनुभव छ । हामी कहिले लोडसेडिङ नहुने देश, देशको सबै कुनामा बिजुली, बाटो पुगेको देश भनेर संसार सामू चिनिने क्षमता राख्छौँ जस्तो लाग्छ ।

सबैकाम सबैले गर्न सक्दैनन् तर जसले पनि आफ्नो क्षेत्रमा भएको काम मा अलिकति मात्रै पनि संयमता अपनाउँछ भने नेपाल चिनाउन सम्भव छ । यसले यसो गर्यो र त्यसो भन्यो भनेर, भित्र भित्रै कुँडिएर बस्नु पर्दैन होला जस्तो मलाई लाग्छ । सकिन्छ आफ्नो तर्फबाट इमान्दारितापुर्वक आफ्नो काम गरौँ, हैन सकिँदैन भने आलोचना गरेर नबसौँ !

Comments

  1. तसलिमा त स्वीडेन बाट नेपाल आउन खोज्दा पासपोर्ट ल्याउने बिर्स्या  रे हैन? विदेश बाट  हामि हाम्रै देश नेपाल र उनि उनकै देश बंगलादेश वा भारत जाँदा नि पासपोर्ट त लिएरै जानुपर्छ हैन र?
    मैले नबुझेको हो कि?

    ReplyDelete
  2. ehh murkha...she stays in sweden not india. guff matrai badi dina aaucha...fact jati sab ulto

    ReplyDelete
  3. आकार जी,

    सबै शब्दहरु तसलीमाको प्रसँगबाटनै फुरेका भएपनि तसलिमाकै उदाहरणमा चाहिँ अलिक चित्त बुझेको छैन किनभने दक्षिण एसियाको एक प्रख्यात लेखिकाले त्यहि भू-भागको देश वारेमा नजान्नु पक्कै पनि हाँस्यास्पद कुरो हो। अन्यथा, लेख निकै राम्रो छ। सबै उदाहरणहरु वास्तविक लाग्छन्। यस्तै सटिक लेखहरुको प्रतिक्षामा।।।

    ReplyDelete
  4. Man ko kura....thank you aakar jee

    ReplyDelete
  5. सहि लेख !! ठ्याक्कै मनको कुरो !!! नेपालले भुटानजस्तो भारतसँग सम्बन्ध राख्यो भने मात्रै केहि हुन सक्छ । आफ्नो हुनुओर्नु केहि छैन, बुरूक् बुरूक् प्रचण्डले कुम उचालेजस्तो उचालिएर हु्न्छ ??

    ReplyDelete
  6. दिनेश घिमिरेAugust 1, 2012 at 11:58 AM

    बिबिध कुरा मिलाउने छेमता जनताले राख्दैनन्,त्यो काम त सरकाको  हो,ट्वीटरको तसलिमा को भनाइ आफैँमा लज्जास्पद छ किनभने उनीजस्ती संसार प्रसिद्ध लेखिकालाई नेपाल एउटा स्वतन्त्र देश हो भन्ने थाहा नहुने?ऊनी त्यहिँ बङ्लादेशकी होइनन् र्?

    ReplyDelete
  7. intention सहि थियो, सदसियत देखाइएको थियो, impact गलत पर्‍यो । संबैधानिक कानूनको व्याख्या अनुसार Hitler को शासन पनि संबैधानिक थियो ... । मेरो भन्नु के मात्र हो भने prima facie असर के पर्छ भनी नसोचिकन लेखिएको हो वा attention प्राप्त गर्न नै पनि हुन्सक्छ । जसरी मुस्लिम धर्मको बिरोध गरेमा फतहा जारी हुनु स्वाभाबिक हो, एक समुहको प्रतिकृया पनि स्वाभाबिक थियो अनी खोक्रो राष्ट्रियता भन्नेहरुको पनि स्वाभाबिक ।

    तपाईं म हामीसँग 'right to get offended' र 'right to criticize' दुबै छ ... I declare I was offended by her tweet because she failed to act at minimum according to reasonable person's notion- duty of due care.

    कुनै अमुक ब्यक्तिको भनाइले मेरो देशको राष्ट्रियतामा  केही असर गर्दैन, त्यही महत्व प्राप्त गर्न सक्ने कोही छ जस्तो मलाई लाग्दैन ।  

    ReplyDelete
  8. लेखको सार प्रति अर्को मत रहेन मेरो। तस्लिमा नस्रिन बाहेक का कुराहरु तितो सत्य हुन्। हामि हल्ला मात्र गर्छौँ  काम फिटिककै गर्दैनौ। 

    जहाँसम्म तस्लिमाको कुरो छ, उनि जुन रुपमा प्रस्तुत भइन, त्यसले मलाई चित्त बुझेन। आफुलाई फलानो देशको नागरिक हुँ भनेर भन्न नपाउनुको पिडाबोध झल्कन्छ, उनको अभिब्यक्तिहरुमा। त्यो पिडाबोधलाई कसरि हेर्ने भन्नेमा हाम्रा रायहरु बाझिन पुगेका मात्र हुन।

    सधैँ झैँ हामिलाई अर्को हल्ला गर्ने issue मात्र थपिन पुग्यो।

    बिजय कुमारको लेख पढिसकेपछि, "हैन के भन्छ यो के हामि सधैँ आन्दोलन मात्र गरेर बस्ने" भनेर फेसबूकमा कमेण्ट गर्नेहरुसम्म देखिए। यहि पनि एकजनाले "त्यो सरकारको काम, जनताको हैन" भनेर कमेण्ट गरिसके। 

    नेपालले भारतमा जस्तो अन्ना हजारे प्रेरित  गान्धिवादि आन्दोलन कहिल्यै सिक्दैन। यस्ले सिक्छ त लण्डन जस्तो अर्थहिन हिँसा।गणेशमान सिँहले भनेझैँ , नेपालीहरु भेँडा हुन्। दुखका साथ भन्नुपर्छ, हामि अझ धेरै बर्ष भेँडा-बाख्रै रहनेछौँ।

    ReplyDelete
  9. Coming from Sweden does not mean she stays in Sweden. As per my knowledge she stays in New Delhi. 

    ReplyDelete
  10. 100% agreed.even I was disagreed abt the tweeter fight n I tweeted mention sum frens..nt to repeat the Hritik Roshan kanda again..sum tweetpal used very cheap words that we nt suppose to use for intl figure.sad bt fact when it comes to BIRODH we are always infront..and sum ppl may nt even know what's the birodh for but we just follow..I remember we asked Madhuri Dixit,Saharukh to say sorry ani even we had Hritik Roshan kanda,one of the unforgettable incident happened...we love our nation no doubt..bt we show more that we are frustrated!!! 

    ReplyDelete
  11. Nepal Unites को तर्फबाट तपाईँलाई धन्यवाद। हामी फेसबुकको प्रयोग गरेर नेपालीहरुलाई एक बनाउने कार्यमा लागीपरेका छौँ। आउनुहोस हामीसँगै हिड्नुहोस्: www.facebeook.com/nepalunites

    ReplyDelete

Post a Comment

Popular posts from this blog

वान्नाक्राइ र्‍यान्समवेयर : नेपालमा पारेको प्रभाव र जोगिने उपाय

अघिल्लो हप्ता 'वान्नाक्राइ र्‍यान्समवेयर'ले १५० देशका २ लाख ३० हजार भन्दा धेरै कम्प्युटरमा एकैसाथ आक्रमण गरेर सन्सनी मच्चायो । वान्नाक्राइ र्‍यान्समवेयर एक किसिमको कम्प्युटर भाइरस हो, जसले तपाईको कम्प्युटरको डाटालाई नियन्त्रणमा लिन्छ (या भनौँ अपहरण गर्छ) र त्यसवापत फिरौती माग गर्छ । प्रयोगकर्ताले फिरौती रकम नतिरेसम्म, कम्प्युटरका डाटाहरु प्रयोग गर्नबाट रोक्छ । मेरो कम्प्युटर अरुको नियन्त्रणमा कसरी होला? मेरो आफ्नै कम्प्युटरमा रहेको डाटा प्रयोग गर्न नसक्ने पनि होला र? भनेर प्रयोगकर्तालाई जिज्ञासा लाग्नु सामान्य हो ।

वान्नाक्राइ र्‍यान्समवेयर, र यसले नेपालमा पारेको प्रभाव र जोगिने उपायहरुबारे रिगो टेक्नोलोजीले तयार गरेको सामाग्री आजको ब्लगमा साभार गरेका छौँ । रिगो टेक्नोलोजी 'आइटि सेक्युरिटी' कम्पनी हो, जसले व्यवसायहरुको लागि चाहिने सफ्टवेयर टेस्टिङ, सेक्युरिटि अडिट, आइटि अडिट, सेक्युरिटी तालिम आदि विभिन्न सेवा प्रदान गर्छ ।वान्नाक्राइ र्‍यान्समवेयर
हामी पहिले देखिनै फिरौती माग्ने ऱ्यान्समवेयर (Ransomware) (एक प्रकारको कम्प्युटर भाइरस) का बारेमा सुन्दै आएकाछौं। जस्तै: Cr…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

हाम्रो पात्रोमा स्थानीय निर्वाचनको ताजा नतिजा

स्थानीय निर्वाचनको ताजा नतिजा दिनको लागि हाम्रो पात्रोले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । हाम्रो पात्रोको पछिल्लो अपडेटसँगै प्रयोगकर्ताले अब सजिलो रुपमा आफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्छन् ।


निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी हाम्रोपात्रोमा उपलब्ध हुनेछ । यसका साथै जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण पनि हेर्न सकिन्छ ।
हाम्रो पात्रोमा उपलब्ध स्थानीय निर्वाचनबारेका गतिविधिहरु सजिलै विभिन्न सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ ।


स्थानीय निर्वाचनको ताजा गतिविधि हेर्नको लागि तपाईको फोनमा हाम्रो पात्रोको पछिल्लो संस्करण हुन जरुरी छ । यदि तपाईको फोनमा हाम्रो पात्रोको अटोमेटिक अपडेट छैन भने प्लेस्टोरमा गएर…

Shruti Sambeg : Download तरुनी खेती

Listen to Full Episode of Taruni Kheti.

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

नेट टिभी - मोवाइलमा नेपाली टिभी च्यानलहरु हेर्ने सजिलो तरिका

अनलाइनमा नेपाली टिभी च्यानलहरु हेर्नको लागि भनेर दर्जनौँ मोबाइल एप अनि सयौँको सङ्ख्यामा वेबसाइटहरु छन्। तर आफूले हेर्न खोजेको बेला अधिकांशले काम गर्दैनन् । अर्को कुरा इन्टरनेट 'स्पिड' का कारण, नेपालमा इन्टरनेटमा टिभी हेर्न सजिलो पनि छैन ।

गत हप्ता नेपाल र केन्याविच किर्तिपुरमा भएको क्रिकेट म्याच 'एन टिभी प्लस' (नेपाल टेलिभिजन) ले प्रत्यक्ष प्रशारण गरेको थियो । नेपाल टेलिभिजनकै साइटमा उक्त खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था थियो । केही मिनेट ढिलो गरि आइरहेको प्रशारण, त्यसमाथि राम्रो भनिएको इन्टरनेटमा पनि भिडियो अड्किरहने समस्या भयो ।  यसै त कमशल गुणस्तरको भिडियो, त्यसमाथि अनेक समस्या, जति नै प्रयास गरेपनि एनटिभीकै साइटमा उक्त प्रशारण हेर्न सकिएन । त्यसपछि विकल्पको रुपमा युट्युब च्यानलहरु चहारियो, करिब दर्जन जति युट्युब च्यानलहरुमा उक्त खेलको प्रत्यक्ष प्रशारण आइरहेको थियो, जुन एनटिभीको साइटमा भएको भन्दा राम्रो त थियो, तर आफूले खोजेजस्तो भेटिएन । अफिसमा कर्मठ दाइले सुझाउनु भयो, नेट टिभीको एप्‌मा राम्रो आइरहेको छ, लौ यसैलाई टिभी स्क्रिनमा हेर्ने व्यवस्था मिलाउँ । अन…