नागरिक न्युज यसो भन्छ [चियो चर्चो] #NagarikNews

नेपाल रिपव्लिक मिडिया को समाचार पोर्टल ‘नागरिक न्युज’ हेर्नु नेपाली इन्टरनेट प्रयोगकर्ता को दैनिकी भइसकेको छ । आजपनि नागरिक न्युज नै हेर्दै थिँए, आफ्नो आँखा नागरिक न्युजको गृहपृष्ठमा भएको तस्विर मा पर्न गयो । नागरिक न्युजले एउटा तस्विर को क्याप्सन मा लेखेछ, “जनै पुर्णिमाको उपलक्ष्यमा राजधानीको संटका मन्दिरमा जनै लगाउँदै एक महिला।” म एकछिन ट्वाँ परे, हतार मै हेरेर होला सायद, मलाई लाग्यो महिला ले नि जनै लगाएछन्, जनै पूर्णिमा को अवसरमा । यसो फोटो हेर्छु त, फोटोमा त ‘उक्त महिलाको हातमा  रक्षाबन्धन को डोरो बाँधिदैछ’ । म अचम्म मा परेँ, नागरिकले किन यस्तो फोटो र क्याप्सन राख्यो ?nagarik-1

यस किसिम को क्याप्सन राख्नु कि त भुलवस हुनसक्छ, या त नेपाली शब्दको ज्ञानको अभाव भएको हुनुपर्छ । तर फोटोमा महिला ले रक्षाबन्धन (डोरो/धागो) लगाउँदै गरेको देख्दा देख्दै, कसरी “जनै” लेखे, सम्पादक ले? त्यसमाथि महिलाले जनै लाउँदैनन् भन्ने त्यति ज्ञान नभएको त पक्कै होइन होला? अब रक्षाबन्धनलाई, जनैपूर्णिमा भन्दैमा रक्षाबन्धन र जनै ले एउटै कुरा त जनाउँदैन होला ? अब नयाँ नेपालमा महिला ले जनै लाउँछन्, अनि हातमा जनै बाँध्दछन् भनेर क्याप्सन त्यसरी लेखिएको भए त म के जानौँ ! हातमा बाँध्नेलाई पनि जनै नै भन्छन् भने, मलाई जानकारी गराइदिनुहोला है, नयाँ कुरा जानिराख्दा राम्रो नै हुन्छ ।

nagarik-2

अर्को फोटो को कुरा गरौँ, ‘एएफपी’ का पत्रकार प्रकाश माथेमाले वसन्तपुरमा खिचेको तस्विर रहेछ । फोटो को क्याप्सन यस्तो छ, “वसन्तपुरको शोभा: राजधानीको बसन्तपुरमा हिड्दै बटुवा।” फोटो राम्रो छ, वसन्तपुर को शोभा नै हो, तर फोटो क्याप्सन ले भने जस्तै फोटो ले पनि बटुवालाई नै “फोकस” गरेको हो त? मलाई त त्यस्तो लागेन है, अब फोटोग्राफर ले नै यस्तो क्याप्सन दिएको भए त, भन्नु केही छैन तर आफ्नै मनले राखेको हो भने चैँ, फोटो हेर्न र फोटोमा भएका कुरा चिन्न सक्ने व्यक्तिले फोटो अपलोड गर्ने काम गरे राम्रो हुन्थ्यो होला ।

अस्ति नागरिक न्युजबाट केही ट्विटर ब्लक गरियो भनेरे लेखेको थिँए, नागरिक न्युजले केही रेसपोन्स दिएको छ कि भनेर, नागरिक को ट्विटर को एकाउन्ट आज हेर्नमन लाग्यो, नागरिक न्युजमा त कहिँ लिंक भेटिएन नागरिक न्युज को ‘अफिसियल’ भनिएको ट्विटर एकाउन्टको । मैले सायद नदेखेपो हो कि, तर अफिसियल भनिसकेपछि त, साइटमा कतै न कतै राखिएको हुनुपर्यो नि लिंक हैन भने कसरी पत्याउने, कसरी ट्विटरमा पनि छ भनेर पत्तो पाउने ? भलै ट्विट प्रोटेक्ट गरेको छ, केही महिना देखि अपडेट छैन तर पनि ईकान्तिपुर ले आफ्नो अफिसियल ट्विटर लिंक साइटमा राखेको छ, नागरिक न्युज को त त्यो पनि छैन । ट्विटर को लाइभ, नागरिक दैनिक को पेजमा मात्र देखाएर भएन, माथि दायाँ साइडमा फेसबुक, ट्विटर लगायतका “बटन”हरु राख्ने सुझाव दिन्छु म चैँ ।

लौ, अस्ति को काण्डमा नागरिकले गरेको रेसपोन्स नि भेटियो । पढेर एकछिन हाँसियो, अनि लाग्यो कति साह्रो उल्लु बनाउन खोज्ने रै’छन्, अनि के सोच्दा रै’छन् भनेर छर्लङ्ग भो । नागरिक न्युज को “अफिसियल” भनिएको ट्विटरबाट “टविटलङ्गर” मा एउटा म्यासेज रै’छ ! जुन यस प्रकार रहेकोछ:

“नागरिकन्युजको हिजोको क्रिकेट लाइभ अपडेट पेज http://nagariknews.com/sports/29847-2011-08-09-09-31-56.htmlमा @nagarikdaily मेन्सन भएका ट्विटहरु कमेन्टका रुपमा स्वतः बिना मोडरेसन पब्लिस हुने व्यवस्था मिलाइएको थियो। क्रिकेट बाहेकका कमेन्टहरु आएपछि लाइभ अपडेट हेरिरहेकाहरुका लागि असम्बन्धित कमेन्ट हेर्दा बाधा पुग्ने भएकाले क्रिकेट बाहेक कमेन्ट गर्ने केही ट्विट अकाउन्टहरु अस्थायी रुपमा मात्रै ब्लक गरिएका हुन्। यसबाट पर्न गएको असुविधाका लागि क्षमा चाहन्छौँ। @poozaaree @NepaliPirate @nepaldiary @uberstumbler @prakashprasain @bishal_ghimire@chapagain @ranjitpandey @sadzshrestha @dipakbhattarai

nagarik-news-sorry-for-blocking-twitter-usersनागिरकन्युज टिमले माफि त मागे झैँ देखिन्छ तर पनि उनीहरुले दिएको त्यसप्रकार को सफाइलाई म मान्न तयार छैन । ट्विट गरिएपछि, मेन्सन र रिट्विट हुनु सामान्य कुरो हो । उनीहरुको तर्क छ, क्रिकेटबाहेक का कुरा, उनीहरु को लाइभमा गयो रे, अनि अस्थायी ब्लक गरियो रे ।

धन्न नागरिकन्युज मा “सोसल मिडिया सेयरिङ” बटन राम्रोसँग ले राखिएको रै’नछ, राम्रोसँग ले राखेका भए, सबैलाई ब्लक हान्ने रै’छन् । (यो ब्लग ट्विट गरेर हेर्नुस अन्तिम मा यस्तो आउँछ, via @aakarpost") अब नागरिक ले नि यसैगरि ट्विटर को स्यट्यान्डर्ड मा “ट्विट बटन” राख्या भए, हरेक पाठकले समाचार ट्विट गर्दा उनीहरुको (via @nagarikdaily) लाइभ मा जान्थ्यो, अनि बर्बाद नै हुन्थ्यो, अत: सप्पैलाई ब्लक गर्दिने थिए । नागरिक न्युज कै समाचार किन नहोस्, क्रिकेट भन्दा फरक समाचार ब्लक गर्ने बित्तिकै ‘ट्विटर’ ब्लक हान्दिने रै’छन् । मेरो सुझाव, नागरिक न्युजले अनलाइन र सोसल नेटवर्किङ साइटमा आफ्नो दह्रो उपस्थिति जनाउन जरुरी छ, यसका लागि नागरिक न्युजले त्यस्तै हो भने, सबैका लागि बेग्ला बेग्लै ट्विटर एकाउन्ट बनाए हुन्छ । जस्तो कुनै खेलका लागि, कुनै अर्थका लागि, यस्तै यस्तै !

अब कुरो आयो अस्थायी रुपमा ब्लक गरिएको भन्ने, मलाई लाग्दैन ब्लक गरेपछि यो-यो मान्छेलाई ब्लक गरेको छु भनेर त्यतिकै थाहा हुँदैन, थाहा पाउनका लागि विभिन्न “टुल” अनलाइनमा अवश्य नै छन् । तर जहाँसम्म नागरिकले मागेको माफिमा परेका ट्विट ह्यान्डलहरुको कुरा छ, मलाई लाग्छ ती कुनै पनि एकाउन्टहरु ब्लक गरिएका थिएनन्, त्यो त अस्ति हामीले लेखेको ब्लग ट्विटिने साथीहरुको ट्विटर एकाउन्ट हो । ज-जसको मेन्सन आयो, उनीहरुलाई “जवाफ” दिन नागरिक ले माथि को म्याजेस लेखेको हो भन्ने कुरा मा दुविधा छैन ।

उनीहरुले ज-जसलाई ब्लक गरे, उनीहरु अझै ब्लक नै होलान् । कारण उनिहरुले नागरिकलाई गरेको “मेन्सन” नागरिक टिम ले हेर्न सक्दैन । अब अस्थायी रुपमा ब्लक भनेर पो हँसाए, नमज्जाले । कसको “एकाउन्ट” ब्लक गरेँ भन्ने सायद उनीहरुलाई थाहा छैन होला, अहिले यता जे गफ दिए नि भो । खै’र जे’होस् नागरिक को ट्विटमा “माफी” मागेको देख्दा, “रेसपोन्सिभ” रै’छन है भन्ने चैँ भो । आशा छ, आगामी दिनमा यस किसिम को गल्ति भुलेर पनि गर्ने छैनन्, अनि जहाँसम्म ब्लक गरिएको ट्विटरहरुको सवाल छ, कुनै ट्विटर ‘टुल’ प्रयोग गरेर सबै ब्लक गरिएको ट्विटर एकाउन्ट पत्ता लगाएर ब्लकबाट हटाउलान् ।

भर्खर ट्विटरमा छिरेका मिडिया हाउसका एकजना पत्रकार मित्रको ट्विटरमा म पहिले देखि नै ब्लक रहेछु । म यस अर्थमा छक्क परेँ कि, मलाई किन ब्लक गरियो भनेर, त्यो भन्दा नि अचम्म ट्विटरमा उनलाई मैले फलो नगरिकनै ब्लक भएको रहेछु, तर फेसबुक र गुगलप्लसमा “कनेक्टेड” रहेछौँ । उनको “लेख र समाचारहरु” पढ्ने भएका कारण र कहिले नभनेटेको र कहिले कुराकानी समेत नभएको कारण मैले मुखै फोरेर फेसबुकमा म्याजसे पठाएर सोधेँ, तपाईले ट्विटरमा मलाई ब्लक गर्नु भयो कि क्या हो? उनले म हेर्छु है भने, अनि अनब्लक गरिदिए, सायद उनको ट्विटर एकाउन्ट बनाउन सहयोग गर्ने र मलाई ट्विटरमा ब्लक गरेका अरु पत्रकारहरुले उनलाई सुझाए होलान्, यसलाई त ट्विटरमा ब्लक हान्नुपर्छ भनेर। या अन्य कुनै कारण भए, मलाई थाहा भएन ! ट्विटरमा छिर्ने बित्तिकै “फलो” भन्दा पहिले “ब्लक” बटन त कसैले थिच्दैन होला !

ब्रान्ड र बिजनेस को हिसावले हेर्ने हो भने, ब्लक गर्नु भनेको आफ्नो “फ्यान र फलोअर” घटाउनू हो । ब्लक गरेपछि सक्कियो, नकरात्मक कुरा सुन्नु पर्दैन भन्ने लाग्छ, तर त्यसो होइन, कारण नागरिक को विषयमा गरिएको कुरा, नागरिक ले नसुनेर के भयो र? अरु सयौँ जनाले सुन्छन्, अनि ती सयौँले नागरिक का सम्बन्धमा त्यसै प्रकार को धारणा बनाउँछन् । “सोसल मिडिया” भनेको एउटा माध्यम हो, जसबाट कुनै पनि कम्पनी/ब्रान्ड को साख बढ्न नि सक्छ र गिर्न नि सक्छ । जस्तो हामीविच एउटा धारणा बनिसकेको छ, “नागरिकलाई उनीहरुले भनेको भन्दा फरक विचार राख्यो भने, ट्विटरमा ब्लक गर्दिन्छ, फेसबुकमा कमेन्ट डिलेट गर्दिन्छ” । त्यसको अर्थ हो, नागरिक “नागरिक” को नभइ, कुनै “तानाशाह” को “मिडिया” हो, जसले “नागरिक” को कुरा सुन्दैन्, नागरिकका आवाजहरुलाई कुण्ठित गर्ने कुन्सित मनसाय राख्छ ।

नागरिकहरु को कुरै सुन्दैन भने, नागरिक किन पढ्नपुर्यो भन्ने आवाजहरु अनलाइनमा फिँजिन्छ । कुरो सत्य हो, “नागरिक को साइटमा” लेखिएको कुनैपनि समाचार/रिभ्यु भन्दा फेसबुक, ट्विटर, ब्लग लगायत का विभिन्न सोसलमिडियामा आएको कुरालाई सही मानिन्छ । “सही मानिन्छ भन्न को मतलव”, हामी आफ्ना साथिभाइका कुराहरुलाई नै बढि विश्वास गर्छौँ । नागरिकले “सप्तकोशीको पानी को सतह बढ्यो” भन्नु र सप्तकोशीको आसपासमा रहेका मेरा साथीहरुले फेसबुक र ट्विटरमा “पानी को सतह बढ्यो” भनेर लेख्दा, नागरिक ले जे सुकै लेखेको होस्, म फेसबुक र ट्विटरमा आएका कुरालाई सही मान्छु । म सही मान्छु भनेर आफूलाई मात्र भनेको होइन, यो मानविय गुण नै हो, सबैलाई यस्तै लाग्छ ।  अत: आफ्नो बजार विस्तार गर्नु छ, आफ्ना पाठकहरु बिच आफ्नो साख कायम राखिराख्नुछ भने, नागरिक, कान्तिपुर जस्ता न्युज पोर्टल र मिडियाहाउसहरु‍ले आफ्नो “अनलाइन उपस्थिति” को समिक्षा गर्नु जरुरी छ ।

‘कम्पिटिसन’ र ‘सोसल मिडिया’ को जमानमा आफ्नो साख कायम राख्न धेरै जरुरी छ । सोसलमिडिया मा आफ्नो बारेको ‘रिभ्यु’ राम्रो छैन भने सोचे हुन्छ, ‘रियालिटि’ मा पनि राम्रो हुने छैन । स्ट्याटस राख्न नपाइ आउने “लाइक” मा भन्दा पढेर, “डिस्लाइक”, भनेर लेखिएका कुरा ले व्यवसायमा ठूलो महत्व राख्छ । अनि सोसलमिडियमा आफूले भन्ने मात्र होइन, पाठकहरु सँग अन्तरक्रिया गर्न पनि अत्यन्त जरुरी छ ।

5 comments :

  1. कुरा एकदमै सहि लाग्यो आकार जी!
    नेपालको एउटा ठूलो मेडिया भैसकेपछि सोंच बिचार नगरी जे मन लाग्यो त्यहिँ त राख्नु भएन नि ! आफ्नो जिम्मेबारी बोध पनि गर्नु पर्यो नि !

    ReplyDelete
  2. yes i agree with aakar ji and Nirmal ji it's true...

    ReplyDelete
  3. राम्रो कुरा । मिडियामा साइटमा अपलोड गर्ने, ब्रोडकास्ट वा प्रिन्ट गर्ने काम हुन्, सबैमा एक प्रकारका हतार रहन्छ । पत्रकार हतारमा काम गर्छन् , पाठक फुर्सदमा कमेन्ट गर्छ । हतार भन्दैमा गैरजिम्मेवार भइजाउ भन्ने सञ्चार्कर्मीलाई हुदैन, लाग्दैन । लाग्नु पनि हुदैन । तर, यति हेक्का भएर पनि गर्दागर्दै यदाकदा गल्ति हुन्छन् । 
    ट्वीटरका बारेमा धेरै जान्दिन, त्यसैले मेरो भन्नु केही छैन । तर, जहासम्म फोटोका क्याप्सनको सवाल छ , मलाइ थाहा भएसम्म धेरै फोटोपत्रकार विशेषत काठमाडौंमा भरसक अंग्रेजीमै क्याप्सन लेख्छन् । कतिपटक हतारमा फोटो छाडेर हिडेर सहयोगीलाई फोनमा क्याप्सन टिपाउछन् । यस्तोमा गल्ति हुन्छ, हुने गर्छ । कतिपटक अनुवादकले सही शब्दको चयन नजानेर पनि गल्ति हुन्छ । सिर्जनात्मक आलोचना गरिनपर्छ, यसले सचेत रहन मद्दत गर्छ । फ्याक्ट मिस्टेकका हकमा सम्बन्धित साथीले माथिको पोस्ट पढेभने ममन गर्नेछन् शायद । बसन्तपुर दरबारको तस्बिरसग प्रकाशजीले लेखेको क्याप्सन हेरौ , अनि बेलाबखत अनुवादमा चिप्लिने यथार्थ बुझन यसले मद्दत गर्छ कि 
    NEPAL-ARCHITECTURE-HERITAGE
    Caption Nepalese pedestrians walk past an ancient royal palace at Durbar square in Kathmandu on August 12, 2011 . The Durbar Square, which holds the palaces of the Malla and Shah kings who ruled over the city, is located in the center of the capital and is listed as a UNESCO world heritage site. AFP PHOTO/ Prakash MATHEMA
    fotograaf PRAKASH MATHEMA
    stad Kathmandu
    land Nepal 

    ReplyDelete
  4. aakar tyasto galti kantipur ma ni taanai aauncha, khoi tyo photo ko link nai paiana, asti yetua photo ma bangalamukhi cheuko bagmati ma janai purne ko din jump gareko baherna lekhi ra thiyo, bangala mukhi cheu ma kaha bagmati cha, yaar tyo pokhari ma po baacha haroo swim ra dive garcha janai purne ho cin

    ReplyDelete