प्रविधिले चुसेको मेरो स्मरणशक्ति [Google Knows Everything]

आजभोलि मानिसले सानो सानो कुरा बिर्सन थालेका छन्। जो कसैलाई पनि आजभोलि केहि कुरा सोध्नु बेकार जस्तो हुन्छ। तपाईहरुले दैनिक जीवनमा जो कुनै ब्यक्ति कम्युटरको नजिक धेरै समय बिताएको हुन्छ, उसलाई केहि कुरा सोध्नु भएको खण्डमा उसले त्यसको सहि जवाफ दिनुको साटो त्यसको जवाफ कहाँ छ र कहाँ गएर हेर्नु पर्छ भनेर भन्ने गर्छ। मानिसहरु आजको दिनमा प्रविधिसँग यति बिधि नजिक भइसकेका छन कि त्यो memoryloss-tipsप्रविधि बिना तिनिहरुको जीवन अपुरो जस्तो भइसकेको छ।

पहिला जब प्रबिधि सबैको पहुँचको विषय थिएन त्यो बेला मानिसहरु विहान उठेर नित्यकर्म गर्न तिर लाग्थे तर आजभोलि मानिसको दिनचर्यानै बदलि दिएको छ यो प्रविधि भन्ने जातले। तर मैले मानिसको दिनचर्या भन्दा पनि स्मरणशक्तिको कुरा गर्दै छु। प्रविधिले गर्दा कसरि मानिसको स्मरणशक्तिमा अतुलनिय ह्रास हुदै गएको छ भन्ने कुराको लागि अब वैज्ञानिक तथ्याङ्क भन्दा पनि आफुले दैनिक जिवनमा गर्ने कुराहरुले नै बताउने गर्दछ।

सबै भन्दा पहिले कुरा गरौँ सबैले सधैजसो प्रयोग गर्ने मोबाईल फोनको। पहिला मानिसले सबैको फोन नम्बर याद गर्नु पर्त्थो या कुनै डायरिमा टिपोट गरेर राख्न पर्थ्यो। तर आजभोलि हात हातमा मोबाइल भएको कारणले गर्दा मानिसलाई आफ्नै घरको नम्बर याद नहुने समय आईसकेको छ। मेरो कुरा गर्नु हुन्छ भने मलाई अहिले याद भएको धेरै प्रयोग गर्ने नम्बर भनेको मेरो घरको नम्बर, पसलको नम्बर र मेरो आफ्नो फोन नम्बर मात्र हो। मलाई अझै पनि धेरै नम्बरहरु याद छन जुन मैले मोबाईल प्रयोग गर्ने बेला भन्दा अगाडि देखिनै सम्पर्क गरि रहने नम्बरहरु हुन्। केहि अपवाद छोडेर यो कुरा धेरै मानिसमा लागु भएको मैले देखेको र भोगेको छु। मैले केहि साथिहरुलाई सोधेर पनि हेरे त्यसको नम्बर कति seo-ringहो भनेर तर जवाफ नम्बरको साटोमा पख है मोबाईलमा हेर्नु पर्छ भन्ने ब्यहोराको आयो। यो त भयो साधारण फोन नम्बरको कुरा अब कुरा गरौँ अरु कुरा।

पहिला मलाई कसैले पढाईको कुनै बिषयको बारेमा सोध्यो भने मैले जाने उत्तर दिन्थे नजाने था'छैन यार भनेर भन्थे तर आजको दिनमा मेरो जवाफ बदलिएको छ। मलाई कसैले केहि सोध्यो भने त्यो बेला मेरो पहिलो जवाफ हुन्छ, तैले गुगल गरेर हेरिस? अनि उस्ले अँ गुगल त गरे भनेर जवाफ दियो भने कुन किवर्ड हानेर खोजिस भनेर अर्को प्रश्न सोध्छु उसलाई नै। यदि उसको किवर्ड र मेरो किवर्ड नमिलेको खण्डमा यो किवर्ड हानेर हेर सायद भेटछस होला भन्छु र मिलेको खण्डमा त्यसलाई त्यो प्रश्नको जवाफ दिनुको साटो त्यसको उत्तर हुने बैकल्पिक ठाँउको जानकारि दिन्छु। त्यसैले गर्दा आजभोलि मलाई कुनै प्रश्नको जवाफ था हुनु भन्दा पनि त्यसको जवाफ कहाँ गएर खोजे भने भेटिन्छ भन्ने बारेमा बढि नै था हुन्छ र मैले पनि जवाफ भन्दा जवाफ पाउने ठाँउको बारेमा बढि भन्ने गरेको छु।

म अहिले कम्युटर प्रोगामरको रुपमा एउटा कम्पनिमा काम गर्छु। मेरो लगायत मेरो सम्पुर्ण टिमका साथिहरुको जहिले पनि जवाफ भनेको कहाँ हेरे त्यो कुरा भेटिन्छ भन्ने ब्यहोराको नै हुने गर्छ। मैले म्यानेजरलाइ सोध्ने प्रश्नको स्वरुपनै परिवर्तन भएको छ आजभोलि, पहिला यो भनेको के हो भनेर सोध्ने गर्थे तर आजभोलि यसको जवाफ कहाँ छ भनेर सोध्ने गर्छु, कारण मैले जुन तरिकाले सोधे पनि आउने जवाफ भनेको यसको उत्तरको लागि त त्यहाँ गइस भने पाँउछस भन्ने ब्यहोराको नै हुने गर्दछ। त्यो कुरा म मा पनि लागु हुन्छ यदि म्यानेजरले मलाई यो के हो भनेर सोध्यो भने त्यसको जवाफ त्यहाँ छ भन्ने ब्यहोराको दिने गर्दछु जुन म्यानेजरलाई नि साधारण लाग्दछ र त्यो ठाँउको खोजिमा हिड्दछ।

Wikipedia

मैले मेरो मात्र विषय हुन सक्छ भनेर एक चोटि फेरि गुगललाई सोधे, गुगले यति धेरै सोधको नतिजा देखायो कि म हैरान रहे यो त अहिले विश्वभरि फैलिएको रोग जस्तै रैछ। मान्छेहरुले आफ्नो दिमाग कम प्रयोग गर्न थालेका रै'छन्। आजभोलि मानिसले आफ्नो दिमाग प्रयोग गर्ने भनेको आफुले खोजेको कुराको जानकारि कहाँ र कसरि पाईन्छ भन्नेमा मात्र केन्द्रित गरेका रै'छन। जस्ले गर्दा आज विश्वका अधिकाँस मानिसको स्मरण शक्तिको साथसाथै दिमागनै थोरै मात्रामा प्रयोग गर्ने गरेका रहेछन।

- प्रभात को ब्लगबाट साभार

3 comments :

  1. Bilkul sahi kura .............ho tyastai bhai raheko 6.....mero pani.....

    ReplyDelete
  2. ya u right ........aajkal yestai hudaixa .....

    ReplyDelete
  3. kura ta ramrai garnu bhayeko ho tara malai auta kura aachhamma lageo. hoina tapaile yesta yesta kura kaha bata sochera blog ma lekhnu hunchha. yo po aachamma chha ba

    ReplyDelete