नागरिक दैनिक खबर अतिरञ्जित नबनाउ [EXCLUSIVE]

एउटा संगठनले आफ्नो कार्यकर्ता को बचाउ गर्दै बोलेका कुराहरुलाई “नागरिक दैनिक” ले आफूमाथि भनेको भन्दै “नागरिक बन्द गर्ने धम्की दियो, सम्पादकलाई जेल हाल्ने धम्की दियो” भन्दै आज को नागरिक दैनिक को प्रमुख पृष्ठ मा समाचार छापेको छ ।

विराटनगरमा अदालतमा एक अभियुक्तमाथि हमला र पत्रकारमाथि आक्रमण घटनामा मुख्य दोषी रहेको आरोप लागेका युवा संघ मोरङ का उपाध्यक्ष पर्शुराम बस्नेत दुइ महिनादेखि फरार छन् । पर्शुरामलाई लगाइएको मुद्दा झुठो भन्दै युवा संघ केन्द्रीय अध्यक्ष महेश बस्नेतले बचाउ गरिरहेका छन् । महेश बस्नेतले बोलेका कुरा आजको नागरिक पत्रिकामा मुखपृष्ठमा समाचार छ “नागरिक बन्द गरिदिन्छौँ, सम्पादकलाई जेल हाल्छौँ” । हिजै अनलाइनमा समाचार पढिएको थियो, साह्रै नराम्रो लागेको थियो ।

तर आज “नागरिक” ले सानो कुरालाई अतिरञ्जितरुपमा प्रकाशन गरेर, सस्तो पत्रकारिता गरिरहेको जस्तो लाग्यो । महेश बस्नेतले आफ्ना कार्यकर्ताहरु बिच पर्शुराम को बचाउ गर्दै करिब आधा घन्टा भाषण दिए, त्यसको केही समय नागरिक का पत्रकार ‘खिलानाथ ढकाल’ माथि खर्चिए । यस किसिम को भाषण कुन चाँहि पार्टि ले दे’को छैन होला, आफ्नो कार्यकर्ता को बचाउ गर्न? तर किन नागरिक ले खबर अतिरञ्जित बनाउने कोशिस गर्दैछ । बस्नेतले भाषण मा भने, “खिलानाथलाई च्यालेन्ज गर्यो भनेर, नागरिक मा छाप’, “फोटो छैन भने, फेसबुकमा फोटो ट्याग गर्दिन्छु, फोटो छाप, हिसाबकिताव हुन्छ” ।

बस्नेतले शनिवार विराटनगर गरेको सभामा बोलेका कुराको अडियो यस्तो छ, सुन्नुहोस् अनि नागरिक को खबर र उनको भाषण को मुल्यांकन गर्नुस् । को कति पानी माथि छ, प्रस्ट थाहा हुन्छ ।

Listen to speech of Mahesh Basnet.

बोलेको कुरा आधा मात्र छापियो भने, भनिएको कुराले अर्कै अर्थ दिँदोरहेछ, भन्ने कुरा नागरिक को खबर र महेश बस्नेतले बोलेको कुरा ले पुष्टि गरिदियो । ‘मन नपर्ने मान्छे को श्वास नि गन्हाउँछ’ भनेको जस्तो, ‘आफूलाई मन नपरेपछि, पत्रकारले के सम्म भनेर समाचार सम्प्रेषण गर्न सक्दारहेछन् भन्ने कुरा कुरा को उदाहरण यहीँ देखियो’ । आफ्नो कार्यकर्ता को बचाउ गर्दै, बस्नेतले भाषण दिए, अनि नागरिक ले यसरी छाप्यो कि ती सबै कुरा नागरिकलाई भनिएको हो । तर खै अन्य कुनै पत्रिकाले छापेनन् किन हो?

बस्नेतले प्रहरी प्रशासन को विरोध मा बोले, ‘प्रहरी का कति जायज नाजायज सम्बन्ध छन्, श्रीमती कहाँ कहाँ छन् सबै थाहा छ’ ‘कानुनी तुजुक नदेखाउ, सुडान जस्तो धेरै घोटाला बाहिर ल्याउँछौँ’ । आफ्नो संगठनलाई बचाउ गर्दै यति बोल्नु स्वभाविक नै हो जस्तो लाग्छ । तर नागरिक ले लेख्यो, 'प्रहरीका हाकिम कहाँ बस्छन्, तिनीहरुका कति जना श्रीमती, छोराछोरी छन्, परिवार कहाँ-कहाँ छन् त्यो हामीलाई थाहा छ', उनले भने, 'हामीसँग तुजुक नदेखाउ।' मानौँ कि, बस्नेतले ती प्रहरीका छोराछोरी र परिवारलाई कुनै ‘डेथ-थ्रेट’ दिँदैछन् ।

अब पत्रिका मा छापिएका खबर माथिबाट मेरो विश्वास उठ्न खोज्दैछ । अब कुनै पनि पत्रिकाले कसैको विरुद्धमा समाचार लेख्यो भन, बुझे हुन्छ, ५० प्रतिशत कुरा मात्र सहि छन् । नागरिक को समाचार पढ्नुस् अनि बस्नेत को भाषण सुन्नुस्, अनि तपाई आफैँ मुल्यांकन गर्नुहोस्, मलाई धेरै भन्न आएन यसबारेमा ! मात्र मलाई लाग्दैछ, ‘नागरिक दैनिकले अतिरञ्जित तरिकाले खबर सम्प्रेषण गरिरहेको छ’ ।

कसैले पत्रकार कुट्नुलाई म जायज मान्न सक्दिन, त्यसरी नै पत्रकारले गर्ने यस्तो तल्लो स्तर को पत्रकारितालाई पनि म जायज मान्न सक्दिन ।

नागरिक, समाचार अतिरञ्जित नबानाउ, यस्तै अतिरञ्जित खबर छाप्दै जाने हो भने, नागरिकले पाठक आफैँ गुमाउँछ, कसैले बन्द गर्दिन्छु भनेर, “नदिएको धम्की” बारेको समाचार छापिराख्नु पर्छ जस्तो लाग्दैन ।

nagarik-daily-news

मलाई भन्नु छ:

म मान्छे कुट्नु पर्छ भन्ने मा छैन, अझ प्रेसमाथि धावा कदापी बोलिनु हुँदैन भन्ने मेरो मान्यता हो । म यहाँ महेश बस्नेतले भाषण मा बोलेको कुरा ठिक छ भने भन्नेवाला छैन, बस्नेतले दिएको अभिव्यक्ति आपत्तिजनक छ । उनले के भने कुरा त प्रस्ट छ, र उनले भनेको कुरा कसैलाई पनि सह्य छैन । तर नागरिक दैनिक ले पनि, यस घटनालाई जसरी वढावा दिएर, समाचार प्रशारण गर्यो, त्यही कुरा मात्र चित्त नबुझेको हो । म प्रेस स्वतन्त्रता को पक्षधर हुँ र म सँधै प्रेस स्वतन्त्रता र वाकस्वतन्त्रता को पक्षमा रहेको छु । न मलाई नागरिकलाई गलत र महेश बस्नेतलाई सही देखाउनु छ, न यसबाट कुनै स्वार्थ सिध्द गर्नु छ तर नागरिक को पाठक भएको नाताले, पत्रिकाको समाचार का बारेमा आफ्ना धारणा राख्न पाइन्छ भन्ने विश्वास मलाई लाग्छ, अत: यो ब्लग तयार भएको हो ।

हुन त, “ब्लग को शीर्षक” ले नै ब्लग को सबै अर्थ बोकेको छ, समाचारलाई “अतिरञ्जित” नबनाउ भनेर ! मात्र आग्रह गरिएको हो, अरुले कसरी लिन्छन् यो अलग कुरा हो । “अति गर्नु, अत्याचार नगर्नु” भन्छन्, मैले त्यसै भन्न खोजेको हो । आफ्ना सल्लाह सुझाव दिनुहुने सबैमा धन्यवाद !

Disclosure: I’m not associated with any political party or any publication house and it is not sponsored by any organization. I’d like to thank our ‘source’ for providing this wonderful audio.

13 comments :

  1. testo pani haina !!! atiranjit gareko pani haina !! j gare pani paincha , j bole pani paincha bhanne sochnu nai galat ho !! 
    kasailai man lagyo bhandai ma kasaiai marne kunai patrika banda
    garidinhu bhanne dhamki dine kun sabhya samaj ko pratik ho ?? baru
    tapaile chai kuro lai nabujhe jasto lagyo !! That was a big issue infact
    !! Hijo euta " News of World " bhanne patrika banda huda thula thua
    heading ma article lekhne blogger le kasari nepali big and independent
    media house ka manis jail halidinchu,patrika banda garidinchu bhandai
    hidda pani aatiranjit bhannu hunca ??? patrakarita ra patrika bhaneka
    sabhya samaj ra sabhyata ka pratik hun.So try respecting and judging
    them ,u as a journalist aakar daju !!

    ReplyDelete
  2. tara malai yo article pani biased layo

    ReplyDelete
  3. MAESH BASNET NETA BHANE NATUR KO MANCHE  HOINA, KE BOLCHA KE BOLCHA?

    ReplyDelete
  4. Thank you!
    I'm not supporting his views either.
    Just news is bit more exaggerated by paper, and it's my concern to raise this issue as a reader. 

    I've just asked others to listen this, what he has said and what paper has written.  

    Clearly, I don't support their views.

    Thank you!

    ReplyDelete
  5. दीपक जडितAugust 1, 2012 at 11:57 AM

    यो कहिँ नभा'को लोकतन्त्र कि गणतन्त्र भा'को देशमा सबको आ-अफ्नै डम्फू हुनेरहेछ र आ-आफ्नै तालमा बजाउँदा रहेछन् भनेर बुझियो ।

    ReplyDelete
  6. yes it was not the big issue ............
     

    ReplyDelete
  7. Aakarji, pls listen once more. His comments about children of police is there. Listen to bytes around 11:00 and 16:20 mins

    ReplyDelete
  8. परशुराम बस्नेत तथा महेश बस्नेत हरु को शैली हेर्दा यिनीहरु पक्कै पनि आफुलाई सर्बे-सर्बा ठान्छन भन्ने बुझ्न गारो हुदैन | यो पनि बास्तव मा एमाले को ओली प्रवृति को नै अनुसरण तथा उदाहरण मात्र हो जस्तो लाग्छ | रह्यो कुरा नागरिक को, उनीहरु पनि उही बस्नेत "ब्रदर्स" कै पत्रकारीता संस्करण जस्तो मात्र लाग्छ | मिडिया मा आफ्नो दादागिरी स्थापित गर्न को लागि ठुलो कोकोहोलो मच्चाउने उनीहरुको पुरानै बनि हो! यो साढे को जुदाई मा फोकट मा २ छाक को लागि काम गर्ने पत्रकार र सोझा-साझा जनता पिसिनु परेको चाही बास्तवमा यो प्रकरण को दु:खद पक्ष्य हो|

    ReplyDelete
  9. हाम्रो आकार सम्पादक हुन लायक भए ल अब चाहिँ। नारन वाग्लेको ठाउँ लिन्चन् कि क्या हो :) परशु कमरेडले पत्रिका निकाले :) :)

    ReplyDelete
  10. मैले त्यसो भन्न खोज्या हैन !  :)

    ReplyDelete
  11. "....पत्रपत्रिका मा गएर ठुला कुरा गर्छ भने त्यो पुलिस लाई के गर्नु पर्छ त्यो युवा संघ लाई थाहा छ त्यो पुलिश को कति छोरा छोरि छन्...."
    "...रह्यी पत्रपत्रिका संग को हाम्रो सम्बन्ध .....पत्रकार महासंघ जस्तो मर्यादित संस्था ले विक्रम निरौला जस्ता व्यक्ति लाई अध्यक्ष र नागरिक ली विक्रम निरौला जस्तो व्यक्ति लाई सम्बाददाता बनाउने हो भने...ध्वस्त हुदैछ..." पुरै त रहेनछ अडियो मा तर जति छ त्यो सुन्दा त त्यस्तो अतिसयोक्ति पूर्ण समाचार नागरिक ले लेख्यो जस्तो त लागेन मलाई त.....अझ फोटो खिच्न सकेनौ भने फोटो मेरो फेश बुक बाट लिनु भन्दा महेश बस्नेत को असली चरित्र उदांगो हुन्छ....हाम्रो संघ ले तिमि पत्रकार हरु लाइ कसरि डराउन सक्यौ भन्ने तुजुक देखाउन खोजे....तर अनिल ब्रो नागरिक माथि किन प्रहार गर्नु भै राको...अब लास्ट मा म कसै संग आबद्ध छैन भनेर सफाई त दिनु भाको छ तर ....संकास्पद लाग्यो रे के....हाहाहा.....जे होस् राम्रो जानकारी राख्नु भयो ...धन्यवाद

    ReplyDelete
  12. आ-आफ्नो धारणा हो ब्रो ! उनले यस्तो बोले राम्रो बोले भनेर मैले ताली पड्काको छैन क्या'रे! तर त्यस किसिम को कार्यक्रम मा बोलिने कुरा को खासै अर्थ छ जस्तो लाग्दैन, अझ पत्रिकामा जुन हिसाबले छापियो, त्यो नागरिक जस्तो पत्रिका को स्टान्डर्ड भएन । त्यस किसिम को समाचार सन्ध्याकालिन मा ठिक हुन्छ, नागरिक मा हैन । मैले अन्जानमै अहिले लगातार नागरिक को सम्बन्धि मा लेखिरहेको छु, यो संयोग मात्र हो । आज पनि यो अडियो कतैबाट मेरो इनबक्समा बज्रिन आइपुगेपछि लेखेको हो । सबैलाई आ-आफ्नो धारणा राख्ने हक छ, मैले लेख्या कुरा मा सबै सहमत हुनुपर्छ भन्ने छैन । मलाई नागरिक को स्तर त्यस किसिम को होइन जस्तो लाग्यो, मेरो शीर्षक ले नै नागरिकलाई आग्रह गरिरहेको छ, चेतावनी दिएको छैन ! :)

    ReplyDelete
  13. अनिल, मलाई तिम्रो तर्क अनि नागरिक को समाचार दुवै चित्त परेन !

    पत्रकार जुन सबै आफ्नो अनुकुल समाचार छाप्छन तिनलाई के भनु खोइ ? अजब देसका
    गजब पत्रकार निस्पछ्य हुनु को सट्टा सबै राजनीतिक पार्टी को छाता ओडेर
    बसेका छन् !

    पत्रिका निरन्तर सच्चा समाचार सट्टा कुनै एकिक घटना अनि व्यक्ति आधार बनेर समाचार छापी राखेका छन्

    अनि जनता , सच्चा नागरिक को सट्टा दलाले बनि आफ्नै देस बेच्ने धन्दामा लागि राखेका छन् !

    पुलिस , प्रसासन अनि कानुन त के कुरा गर्ने देसमा सबै जनताका सेबकका रुपमा बसेका ब्वासो को अनुसार मा चली रहेका छन् !

    अब आयो तिम्रो कुरा किन चित्त बुजेन :तिम्रो ब्लग येकाग्री भयो ! तिम्रो
    लेख पड्दा तिमि नागरिक को सत्रु को रुपमा प्रस्तुत भाका छौ - खासै नागरिक
    अनि महेस बस्नेत भन्दा फरक पाईन

    साएद तिम्रो आसय समाचार पत्र ले सहि कुरो बाहिर लिएर आउनु पर्छ भन्ने भए
    (तिम्रो इस्प्रस्तीकारण अनुसार ) पनि लेख पदने मान्छे लाई तेस्तो आभास
    हुदैन !

    अब खोइ एस बिसयमा आफ्नो विचार राखौ भने फेरी कुनै पार्टी या गुठ को मान्छे भनेर आरोप आउला

    निरिह बनि हेर्ने पर्ने जस्तो - जय राम राज्य !!

    ReplyDelete