Skip to main content

अनि पट्नाबाट रेल चढियो... [भाग-५]

आफ्नो ट्रेनको नाम थियो, दरभंगाबाट बेङ्लोर चल्ने ‘बाग्मती एक्सप्रेस’ ! ‘बाग्मती एक्सप्रेस’ हप्तामा एकपटक मात्र चल्ने रहेछ, बाँकी दिन पट्नाबाट ‘संघमित्र एक्सप्रेस’ चल्ने रहेछ । ‘स्लिपर क्लास’ मा जाने यात्रुहरु भएको ठाउँमा गएर बसेँ । त्यस प्रतिक्षालयमा बस्न नाम, ठेगाना, ट्रेन नम्बर सबै टिपाउनु पर्ने रहेछ, भित्रै बाथरुम पनि रहेछ ।

म सँगै एउटा केटा पनि थियो, उ पनि बारम्बार भित्तामा टाँगिएको मनिटरमा हेर्थ्यो । राती १२ बजेसम्म छुट्ने ट्रेनको नाम दिइसक्यो, आफ्नु ८:२० मा छुट्ने भनेको ट्रेन को कुनै अत्तोपत्तो छैन । सायद, उसको मुखबाट कुनै बेला ‘बाग्मती’ भन्ने शब्द सुनेको थिँए होला, धेरै बेर आफू चुपचाप एक्लै रहेको मैले उसलाई एक्कासी सोधेँ । “आपका भि बाग्मती एक्सप्रेस हे क्या” – मैले सोधेँ । “हाँ, बाग्मती एक्सप्रेस ही है” – उसले जवाफ दियो । उसलाई जवलपुर भन्ने ठाउँ जानुपर्ने रहेछ । पट्नाबाट उसको दिउँसोको ट्रेन रहेछ, तर १५ मिनेट ढिलो भएर ट्रेन छुट्यो भन्दै निन्याउरो अनुहार लाएर उ बसिरहेको थियो । गंगामाथि भएको पुलमा जाममा पर्दा, उसको ट्रेन छुटेको रहेछ । अनि उसले त्यो ट्रेनको टिकट ‘क्यान्सिल’ गरेर, अर्को ट्रेनको टिकटको लागि आवेदन दिएको रहेछ । त्यही भएर उसको टिकट ‘वेटिङ लिस्ट’ मा रहेछ, “बाग्मती एक्सप्रेस” को टिकट पाइन्छ भन्ने झिनो आशा लिएर उ बसेको थियो ।

कोठामा दर्जन भन्दा मान्छेहरु थिए, अनि एउटा मान्छेको घटिमा पनि दुइवटा ठूला ठूला सुटकेशहरु हुन्थे । उक्त केटा पनि ‘बाग्मती एक्सप्रेस’ मै जाने भएकोले, उ सँगै यस्तै, त्यस्तै गफ गर्दै बसियो । राम्री राम्री केटीहरु आउँदा, आँखा सन्काएर मलाई देखाउँथ्यो । मैले उसलाई टिकट कन्फर्म हो भनेर सोध्दा भने, अनुहार निन्याउरो बनाउँथ्यो, खै जान पाइएला जस्तो छैन भन्थ्यो । बेलुका ७ बज्दा सम्म पनि, ट्रेनको कुनै अत्तोपत्तो थिएन, विभिन्न ठाउँमा जाने ट्रेन ‘डिले’ भएको र ‘क्यान्सिल’ भएको कुरा, पट्ना स्टेशनले फुकेको फुकेकै थियो, अत: आफ्नो ट्रेन पनि त्यसै भयो कि जस्तो लाग्न थाल्यो । राती १ बजेसम्मको ट्रेन को ‘सेड्युल’ मोनिटरमा ‘डिस्प्ले’ गरिरहेको छ, तर आफू जाने ट्रेनको कुनै संकेत छैन ।

patna train station in the morning
दुविधा त तब भयो, जब संघमित्र नाम गरेको ट्रेन, हाम्रो ट्रेन छुट्ने समयमै पट्नाबाट छुट्यो । फेरि संघमित्र एक्सप्रेस, मंगलबारको दिन नछुट्ने कुरा थियो । मलाई लाग्यो, बाग्मती एक्सप्रेसको सट्टामा संघमित्र जाने भएछ । तर खै, कसैले केही भनेकै छैन, त्यस्तो त नहुनु पर्ने हो जस्तो लाग्यो । संघमित्र एक्सप्रेस नामक ट्रेन बेङ्लोरको लागि छुट्यो । मनमा दुविधा थियो, त्यही पनि बाग्मती एक्सप्रेस भन्या दरभंगाबाट आउने ट्रेन भनेर थाहा भएका कारण, बाटमा आउँदै होला भन्ने लाग्यो । मैले छेउकै होटलमा गएर खाना खाँए ।

हामी बसेको कोठा क्रमश खालि हुँदै थियो, सबैको ट्रेन आउँदै जाँदै थियो । त्यही अनुसार मान्छेहरु पनि क्रमश घट्दै थिए । अनि प्लेटफार्म मा चाँहि फेरि मानवसागर उर्लेको थियो । ट्रेनबाट झरेका यात्रुहरु, सबै भुइमा लम्पसार परिसकेका थिए । अघिसम्म म सँग बोलिरहेको र केही हदसम्म साथि बनिसकेको त्यो केटा पनि ट्रेन आएन भनेर सुतिसकेको थियो । बल्लबल्ल ट्रेन आउने समय मोनिटरमा देखियो तर त्यो पनि ३ पटक ‘डिले’ भयो । ८:२० मा भनेको ट्रेन बल्लतल्ल ११ बजेतिर, पट्ना आइपुग्न लाग्यो भनेर माइकिङ गर्यो । मन दंग र फुरुङ्ग भो । अब पुगिन्छ भन्ने भो, तर ८ वटा प्लेटफार्म मध्ये कुनमा जाने अझै माइकिङ भएको थिएन । ट्रेन आइपुग्नै लाग्दा, माइकिङ भयो ४ नम्बर प्लेटफार्म पर जाइए भनेर ।

१ नम्बर प्लेटफार्ममा भएको हामी, ४ नम्बरमा पुग्न २-३ मिनेट जति लाग्थ्यो, ओभरहेड ब्रिज चढेर जानुपर्थ्यो । मैले, त्यो मेरो साथिलाई ब्युँझाए, चलो ट्रेन आ’गया ! उ उठ्यो र मेरो पछि पछि लाग्यो । तर भिडमा म अगाडि भएँ, मलाई सकेसम्म चाँडो प्लेटफार्म नम्बर  ४ मा पुग्नुथियो । अनि त्यहाँ पनि आफ्नो ‘स्लिपर’ को ३ नम्बर डब्बा खोज्नु थियो । प्लेटफार्म नम्बर ४ मा पुगेको केही समयपछि ट्रेन आयो । आफ्नो डिब्बा, अगाडिबाट यस्तै ६-७ नम्बर मा रहेछ । ३ नम्बर डब्बा लेखेको देख्ने बित्तिकै त्यही डब्बाको पछि पछि दौडिँए, ट्रेन रोकियो ।

३ नम्बर डब्बा भित्र आफ्नो १७ नम्बर सिट खोज्दै अगाडिको ढोकाबाट छिरेँ । मैले पहिलोपटक ट्रेन छोएको थिँए । दिउँसो साथि बनाएको त्यो जवलपुर जाने साथि कता पुग्यो, थाहा भएन र मलाई वास्ता पनि भएन । मलाई बेङ्लोर पुग्नु थियो, मेरो ट्रेन आइसकेको थियो र म आफ्नो सिटमा बस्न जाँदै थिए । मेरो सिटमा एकजना बसिरहेको रै’छ । मैले यो मेरो सिट हो भनेँ । उसले भन्यो, ‘हामी अगाडिको स्टेशनमा झर्ने हो’ । मैले कन्फर्म गर्नलाई सोधेँ, अगाडि कै स्टेशनमा हो । उसले हो भन्यो । मैले सोचेँ, बसेर आएको मान्छेलाई के उठाउनु, आखिर मलाई पनि अहिले सुतिहाल्नुपर्ने थिएन । मैले भनेँ, ल ठिकै छ, बस्दा हुन्छ ।  आफ्नो झोलालाई आफूसँगै छेउमा राखेँ, झ्यालपट्टि ।

अर्को पट्टिको सिटमा एउटा अधवैँसे पुरुष सुतिरहेको रै’छ । अनि त्यो भन्दा पर्तिरको सिटमा एउटी महिला रै'छिन् । म आफ्नो सिटमा बसिसकेको थिँए । अरु ३ जना आइपुगे, सिट नम्बर १८,१९ र २० भएका । उनीहरुको २० नम्बरको सिटमा त्यो मान्छे सुतेको रै’छ । उनीहरुले ‘ये हमारा सिट है’ भने । उसले भन्यो, ‘मेरा सिट पिछे है’ उसले अर्को ‘सिट तिर देखाउँदै भन्यो, ‘ओ मेरी बिबी है, इसलिए मे यहाँ सोरहाहुँ’ । आप मेरे सिटमे जाइए’ । ३ जनाको समूहमा आएका उनीहरु के मान्थे । ‘हुँदैन हुँदैन’ भनेर उसलाई उठाए । ती ३ जना त आपसमा नेपालीमा गफ गरिरहेका थिए । उनीहरुले मलाई सोधे, ‘आपका  सिट कौन सा है”, मैले भनेँ ‘१७’ । त्यो अर्को मान्छेले मलाई ‘आप पिछे जाइए भन्यो’ ।

ती ३ जना नेपाली नै हुन् भन्ने कुरा मैले सुइँको पाइसकेको थिँए । अनि नेपाली साथी छोडेर म किन पछाडि सिटमा जान्थेँ र? अनि ती ३ जनाले पनि, म पनि नेपाली हो भन्ने थाहा पाउन भनेर, त्यो मान्छेलाई मैले नेपाली मै जवाफ दिए, “म पछाडी जान्न, यहिँ बस्छु” । फेरि भनेँ, ‘मे यहीँ पर रहुंगा’ । त्यो अघिको मान्छे उठ्यो, मेरो सिटमा बसेको मान्छे नि उठेर गयो । ती ३ जना मध्येको १ जनाले भन्नुभो, ‘ए लौ, भाइ पनि नेपाली नै पो परेछन्’ । कुरा बुझ्दा थाहा भयो, उनीहरु पनि बेङ्लोर नै जाँदै रहेछन् ।

सामान्य कुराकानी पछि, २ जना दाइहरुले दालमोठ निकालेर, ह्विस्कि निले । मैले दालमोठ मात्र खाँए । छोरालाई बेङलोरमा कलेजमा भर्ना गर्नको लागि उनीहरु बेङ्लोर जाँदै रहेछन् । ट्रेन अघि बढ्यो, म झ्यालबाट बाहिर हेर्दै ट्रेनको अनुभव बटुलिरहेको थिँए । ३ जना नेपाली साथीहरु सँगैको सिटमा भेटिएपछि र हाउभाउ र कुराकानीबाट उनीहरु नराम्रा मान्छे हैनन् भन्ने थाहा पाएपछि, बेङ्लोर पुगिने कुरामा ढुक्क भएँ । मलाई फेरि १ पटक घरमा, ट्रेन चढेँ, साथीहरु भेटेँ भनेर फोन गर्न मन लाग्यो । तर विडम्वना आफूसँग फोन थिएन । अघि दिउँसो बनाएको साथी पनि, मेरो सिट नम्बर खोज्दै खोज्दै बस्न पाइन्छ की भन्ने आशले आइपुगेछ ।

उसले भन्यो, ‘टिकट वेटिङ’ मै छ । अब ‘टिटि’लाई भनेर मिलाउनु पर्ला । उसलाई बस्ने इशारा गरेँ, उ पनि सिटमा बस्यो । अनि १९ नम्बर सिटमा डबल प्यासेन्जर परेछन् । ‘टिटी’ ले पैसो खाएर ‘वेटिङ’ मा भएकोलाई पनि टिकट दिएछ भनेर कुरा चल्यो । हामी ४ जनाले १७,१८,१९ र २० नम्बर को सिट नछोड्ने भयौँ, आत्मबल पनि बढेको थियो । केही छिनको भलाकुसारी पछि, अब सुत्नुपर्छ भन्ने कुराकानी भयो । तखता, तखता भएको सिटलाई झुन्ड्याइयो । अनि त्यही दिउँसो स्टेशनमा बनाइएको साथिले भन्यो, ‘आप भि सोजाइए’ । उसले फेरि सोध्यो, ‘आपके पास पेपर है’ । मैले झोलाको खल्तिमा घुसारेर राखेको, टाइम्स अफ इन्डिया दिएँ । उसले त्यो पत्रिका भुँइमा ओच्छ्याएर सुत्यो । एकछिन पछि ‘टिटि’ आएर टिकट ‘चेक’ गर्यो । ट्रेन कुदिरहेको थियो, सबैलाई गुडनाइट भनेर, १ बजे तिर सुतियो ।

क्रमश…

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. रमाइलो रहेछ यो पोस्ट पनि । तर जहाँ-जता गएपनि ठ्याक्कै कथामै जस्तो नेपाली दाजु-भाइ भेटिहालीने संयोग भने भाग्यले नै जुराएको होला । विदेशी भूमिमा पुगेपछि आफ्नो देशको मानिस र आफ्नो भाषा बोल्ने मानिस भेट्दा साँच्चै रमाइलो लाग्छ ।

    ReplyDelete
  2. राता मकै फर्केर नेपाल आइ सक्दा पनि यो भाग नसकिने भयो हैन त?

    ReplyDelete
  3. Dherai Dherai nai ramailo ani khusi lagyo timro posts haru and travelogue padera... all the best for the intern :) :) 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post